२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गुन्द्री बुन्ने कला

गुन्द्री बुन्ने कला

गुन्द्री बुन्ने कला

गुन्द्री बुन्ने कला

गुन्द्री बुन्ने कला
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, पौष २४ २०८२
बिहिवार, पौष २४ २०८२
  • तुल्सीराम पाण्डे
    चटार्ई र न्यानो कार्पेटको चलन नआउँदासम्म गाउँ होस या सहर सबैले घरमा गुन्द्री बिछ्याउँथे । गुन्द्रीहरु सबै यहींका स्रोत र सीपबाट बनेका हुन्थे । लेकमा मकैको पात र पोस्करका गुन्द्री बुन्थे । औलमा परालका गुन्द्री बुन्थे । तराईमा गुँदको पनि गुन्द्री बुन्थे । गुन्द्री बुन्ने काम सबै ठाउँमा महिलाले नै गर्दथे । आजभोलिका  छोरी बुहारीहरुले गुन्द्री देखेको भए पनि अधिकांशले बुन्न जान्दैनन् होला  ।


    गुन्द्री बुन्नको लागि खरको-बाबियोको रसी बाट्नु पर्दछ । सुकाएको खरलाई भिजाएर वा पकाएर नरम पारेपछि २ वटा हत्केलाले बटारेर लामै रसी बाट्दछन् । रसीलाई हतेउरो भन्दछन् । खाना पकाउने काम गनुपर्नेले चुलोको काम उम्काएपछि हतेउरो बाट्न बस्छन् । बुहारीहरुले मेलाको कामबाट फर्केपछि छिटै हतेउरो बाट्न बस्छन् । छिटो बाट्नेले एकै दिनमा ठुला गुन्द्रीको हतेउरो पु¥याउँछन् । ढिलो र फुसर्दमा बाट्नेले २ दिनमा पु¥याउँछन् । चाकलमाडे बसेर घुँडामा रसी बेर्दा साठी फन्का भएमा सत्रघरे गुन्द्रीलाई पुग्दछ । साना गुन्द्री बुन्नु परेमा पुरानो मानिसको अनुभवको आधारमा काम गर्दछन् । 


    गुन्द्रीहरु ५ घरे, ७ घरे १० घरे, ११ घरे, १३ घरे र १७ घरे बुन्छन । लिपिटा वा चकटीहरु ५ घरे, ७ घरे र ९ घरे बुन्छन् । ९ घरे बुन्न अप्ठेरो हुन्छ । ८ र १२ अंक परेमा पिर्ने र राजा रानी ज्यम गन्दै जाँदा ज्यम पार्नु हुँदैन । चकटी भने बुन्दा रहेछन् । ५ हात लामा गुन्द्री बुन्दछन् । लामा र फराकिलो गुन्द्री भएमा कोदो मकै, गहँु, धान सुकाउन, खाटमा डस्याउन, दलानमा डस्याउन सजिलो हुन्छ । धेरै जसो गुन्द्रीहरु ११ घरे र १३ घरे हुन्छन् । ८ घरे र १२ घरे बुन्नु पर्ने भएमा बिचमा एउटा घर छोडेर ७ र ११ पार्दछन् । धेरै अग्लो पराल भेटीएमा मात्र १५ घरे र १७ घरे गुन्द्री आँटदछन् । आँपझाेंते, झिनुवा, अनदी, बाँसधान, मार्सी र गुडुरो लामो पराल हुने धान हुन् । झिनुवा र अनदीलाई जुठो मानिने हुनाले प्रायः बुन्दैनन् । बुनेमा पनि पूजा आजामा डस्याउँदैनन् । झिनुवा र अनदीमा औषधीय गुण हुने हुनाले जुठो माने होलान् । श्राद्ध र पूजामा डस्याउन कुंश मिसाएर बुन्छन् । फूल भरेजस्तो बनाउँन खर मिसाएर बुन्छन । 


    गुन्द्रीको तान लाउन सबैभन्दा कठिन काम मानिन्छ । सिपालु महिलाले एउटा गुन्द्रीले नापेर ४ वटा किला ठोक्ने । तल किला भित्र सोझो काठ तेस्र्याएर बाँध्ने । माथि किला बाहिर काठ तेस्र्याएर बाँध्ने, त्यसपछी हतासो राखेर तान लाउने । छेउमा ३-३ सरा र बिचमा २÷२ सरा बनाउँने  । तान लाउँदा रसी बाङ्गीएमा घो¥याहा बन्दछ । घो¥याहा परेमा बिराएर बुनेमा सोझिन्छ । शुरुमा हतेउरो बुन्ने त्यसपछि मात्र पराल बुन्ने । सिध्याउने बेलामा फेरि हतेउरो बुन्ने । हतेउरो बुनेपछि कम्तीमा १ बित्ता र बढीमा मुडिहातसम्म बुन्ने । गुन्द्रीको बिट मार्नु पनि एउटा कला मानिन्छ । बिटहरू १ सरे, ३ सरे, ४ सरे, ५ सरे र ७ सरे हुन्छन् । १ सरे बिट कच्चो हुन्छ । नयाँ मानिसले एकैछिनमा वा एकै दिनमा हेरेपछि बिट मार्न सिक्छन् । पराल छोटो भएमा बुनेर सकेपछि एउटा सरो तन्काएर बिट मार्छन् । सानो गुन्द्री १ दिनमा एउटा बुनिन्छ । ठुलो गुन्द्री भएमा बिहानै बुन्न बस्नु पर्दछ । फुर्सदमा मात्र बुन्नेले ३-४ दिन पनि लाउँछन् । औंशि वा पूर्णिमामा नसिध्यायमा दोमासे पर्दछ । दोमासेलाई अलच्छिन मानिन्छ । बुनेर नसकिने भएमा तान नै लाउँदैनन् । लिपिटाहरु दिनमा २ वटा सजिलै बुन्छन् । बिहानैवाट बस्ने र छिटो बुन्नेले ४ वटासम्म बुन्छन् । 


    बुनेर सकिएपछि पहिले सोझो पारेर छेउ काट्ने । त्यसपछि तान काट्ने । त्यसपछी नाकेरसी फुकाएर गुन्द्री निकाल्ने । त्यसपछि तानका रसीलाई पनि कलात्मक तरिकाले बुन्ने । रसी नबुनेमा गाँठा पार्ने र लामो भएको काट्ने । गुन्द्री तयार भयो । गुन्द्री बुन्ने हतासो चाम्रो काठको बनाउँछन् ।  कर्मीलाइ भनेमा पुरानो हतासोसँग नाप मिलाएर बनाइदिन्छन् । बुन्ने मानिसले कुनै हतासो सजिलो र कुनै अप्ठेरो भन्दछन् । लेकमा घर हुनेहरुले बेशीबाट पराल लगेर बुन्छन् । आफन्तले पराल राखिदिन्छन् । केही बुहारीहरुले हिउँदमा माइत बस्न जाँदा गुन्द्री बुनेर भरियालाई बोकाएर ल्याउँछन् । आफन्त नहुनेहरुले साहुलाई दाईंमा सघाएर पराल ल्याउँछन । साना गुन्द्रीहरु १ हात चौडा र ठुला गुन्द्रीहरु २ हात र वित्ता सम्मका हुन्छन् । ५०-५२ सालपछी जुटको रसीले तान लाउन थाले । ७० सालपछी गुन्द्री न तान, आफ आफैँ जान भएको छ ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij