२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

‘त्रासमय अवस्थामा निर्माण व्यवसायी’

‘त्रासमय अवस्थामा निर्माण व्यवसायी’

‘त्रासमय अवस्थामा निर्माण व्यवसायी’

‘त्रासमय अवस्थामा निर्माण व्यवसायी’

‘त्रासमय अवस्थामा निर्माण व्यवसायी’
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शुक्रवार, पौष २५ २०८२
शुक्रवार, पौष २५ २०८२
  • भैरहवा । 
    त्रासमय अवस्थामा निर्माण व्यवसायीहरु रहेको एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन । 
    लुम्बिनी निर्माण व्यवसायी संघ रूपन्देहीको १९औँ वार्षिक साधारणसभामा बोल्दै प्रमुख अतिथि नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले सरकारले निर्माण व्यवसायीका समस्या र मागलाई प्राथमिकतामा नराख्दा निर्माण क्षेत्र गम्भीर संकटमा परेको बताए । 


    स्थानीय तहबाट गैरजिम्मेवारी हिसाबले अत्याधिक रुपमा लाइसेन्स वितरण दिने काम भएको छ, संघीयतामा जानु अगाडि १० हजार रहेकोमा अहिले ३५ हजार पु¥याइएको छ । यसले विकास निर्माणको काम घट्नु र व्यवसायी बढेको हँुदा विकास निर्माणको काम एक चौथाई पनि कार्यान्वयन नभएको उनले जनाए । 


    उनले निर्माण क्षेत्र त्रासमय अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै ठेक्का बन्द हुनु भनेको निर्माण कम्पनीदेखि त्यससँग आबद्ध श्रमिक र परिवारसम्मको रोजगारी र जीविकोपार्जन संकटमा पर्नु रहेको बताए । 


    अध्यक्ष सिंहले सरकारले कानुनको नाममा चालेका केही कदम गलत रहेको जनाउँदै त्यसलाई तत्काल सच्याउनु पर्ने बताए । उनले ‘लो–बिड’ प्रणालीका कारण निर्माण व्यवसाय मात्र होइन, समग्र विकास प्रक्रिया नै प्रभावित भएको बताउँदै यसैको कारण समयमा विकास निर्माणको काम समयमा नहुने, गुणस्तरीय नहुने हँुदा निराकरणका लागि पूर्ववति सरकारसँग सहमति भएको बताए । 


    सार्वजनिक खरिद ऐनको संशोधनका लागि पटक पटक प्रस्ताव गए पनि राजनैतिक नेतृत्वले पूर्वाधार विकासलाई प्राथमिकतामा नराखेको कारण विधेयकहरु फिर्ता आएको जनाए । ‘अहिलेको नागरिक सरकारले अनुगमन कार्यालयबाट अनुमोदित भएर गएको छ, नयाँ सरकारले यसलाई प्राथमिकतामा राखेर ऐनलाई संशोधन गरी पूर्वाधारको काम चलायमान गर्नुपर्ने छ ।’–उनले भने । 


    सबै किसिमको खरिदलाई एउटै ऐनले सम्बोधन गर्दा प्रावधानले व्यवधान उठाएकोले सबै ऐन समायोजन गरी छाता ऐन बनाउनु पर्ने आवश्यकता रहेको उनले बताए । 


    कार्यक्रममा लुम्बिनी निर्माण व्यवसायी संघ रूपन्देहीकी अध्यक्ष मञ्जु भुसालले निर्माण व्यवसाय राष्ट्र निर्माणको आधारशिला भएको बताइन् । सडक, पुल, विद्यालय, अस्पताललगायत पूर्वाधार निर्माणमा व्यवसायीहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उनले निर्माण व्यवसायको सम्मान गर्नुपर्ने आवश्यकता रहेको जनाइन् ।


    महिला नेतृत्वको हैसियतले बोल्दै अध्यक्ष भुसालले निर्माण व्यवसाय अब पुरुषहरूमा मात्र सीमित नरहेको र महिला सहभागिताले यस क्षेत्रमा सकारात्मक परिवर्तन ल्याएको उल्लेख गरिन् । चुनौतीपूर्ण नीति र आर्थिक अवस्थाबिच पनि गुणस्तर, समयपालन र व्यवसायिक मर्यादालाई प्राथमिकतामा राख्दै अघि बढ्नुपर्ने उनको धारणा थियो ।


    कार्यक्रममा बोल्दै पूर्व जिल्ला अध्यक्ष विश्वेशवर बस्याल, सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल ज्ञवाली, चेम्बर अफ कमर्श रुपन्देहीका अध्यक्ष सचिन रोक्का, सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिलीप कान्दु, निर्माण व्यवसायी महासंघका केन्द्रीय महासचिव रोशन दाहाल, लुम्बिनी प्रदेश अध्यक्ष बलिभद्र राना, केन्द्रीय उपाध्यष टोपबहादुर रायमाझी, पूर्व वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, केन्द्रीय वरिष्ठ उपाध्यक्ष आङ दोर्जे लामाले पेशाप्रति इमान्दार भएर दक्षताअनुसार काम गर्नुपर्नेमा जोड दिएका थिए । टेण्डर आफूलाई पार्न न्यूनतम मूल्य कायम गर्ने, गुणस्तरीय काम नगर्ने,  अवस्था नबुझी टेण्डर लिने, आफ्नो क्षमताभन्दा बढी काममा हात हाल्नेलगायतका कारणले निर्माण व्यवसायी मारमा परेको बताउँदै उनीहरुले निर्माण व्यावसायीहरुले आफँैबाट सुधार गर्नु पर्ने बताए । उनीहरुले निर्माण व्यवसायीको लापरबाहीले पनि कतिपय सानाठूला योजना अलपत्र परेकाले ध्यान दिनु पर्ने, संस्थागत भ्रष्टाचार हटाउने तर्फ सबै लाग्नु पर्ने जनाए ।


    सिद्धार्थनगर नगरपालिकाकी उप–प्रमुख उमा अधिकारीले अधिकारसँगै कर्तव्यप्रति पनि सबै सचेत हुनुपर्ने बताइन् । लुम्बिनी निर्माण व्यवसायी शाखा अध्यक्ष बुद्धिराज थापाको स्वागत, महासचिव प्रितम रौनियारको सञ्चालनमा भएको कार्यक्रमा संघलाई योगदान गर्ने महानुभावहरुलाई सम्मान गरिएको थियो । 
    २०३५ सालमा स्थापित संघमा हाल ४ सय ५० बढी निर्माण व्यवसायी सदस्य रहेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij