२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

माघीले नछोएका कमैया बस्ती

माघीले नछोएका कमैया बस्ती

माघीले नछोएका कमैया बस्ती

माघीले नछोएका कमैया बस्ती

माघीले नछोएका कमैया बस्ती
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, पौष २५ २०८२
शुक्रवार, पौष २५ २०८२
  • दाङ।  माघी थारू समुदायको महान् पर्व र नयाँ वर्ष पनि हो । माघी नजिकिँदै गर्दा पश्चिम तराईका थारू बस्तीमा गत सातादेखि माघी पर्वको रौनक छाएको छ । गाउँ गाउँमा माघीको तयारीदेखि विभिन्न थारू सङ्घ संस्थाद्वारा गाउँदेखि सहरसम्म माघी विशेष कार्यक्रम गरेर धुमधामसंग मनाइरहेका छन् । 

    विशेष गरेर दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका थारू बस्ती अहिले माघीमय बनेका छन् तर त्यही समुदायभित्रका मुक्त कमैयाको बस्तीमा भने माघी पर्वको रौनक छाएको छैन । उनीहरूका लागि माघी पनि अरू दिन झैँ मजदुरीमै बित्ने बाध्यता बनेको छ ।

    मुक्त कमैया समाजका अनुसार दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा मात्रै २४१ वटा मुक्त कमैयाका बस्ती छन् । तीमध्ये अधिकांश खोलाका किनार र जङ्गल आसपास रहेका छन् । बिहानै मजदुरीका लागि बाहिरिनुपर्ने बाध्यताका कारण यी बस्ती दिनभर सुनसान देखिन्छन् ।

    दाङको लमही नगरपालिका–३, टिक्लीगरस्थित कमैया मुक्तिनगर बस्तीमा माघीको कुनै चहलपहल छैन । ७० वर्षीय पूर्वकमैया कगालु चौधरीले भनिन, “माघी हाम्रो समुदायको महान् पर्व हो तर यो बस्तीका मुक्त कमैयालाई माघीले छुन सकेको छैन ।” बाल्यकालदेखि कमैयाको जीवन बिताएकी उनी ४५ वर्षको उमेरमा कमैयाबाट मुक्त भइन तर मुक्त भएपछि पनि झन्डै २२ वर्ष मजदुरीमै जीवन बितेको उनले बताइन ।

    उमेर र अशक्तताका कारण अहिले मजदुरी गर्न नसक्ने भए पनि उहाँले पाँच वटा बाख्रा पालेर जीविकोपार्जन गर्दै आएकी छन तर उनका छोराहरू भने बिहानै मजदुरी गर्न बाहिरिन्छन् । 

    सोही ठाउँकै गीता चौधरीको पीडा पनि उस्तै छ । उनले भनिन्, “माघी मनाउन लागे हाम्रो बालबच्चालाई कसले पाल्छ ? मजदुरी नगरे हाम्रो चुलो बल्दैन, हामीलाई माघीभन्दा मजदुरी ठुलो छ ।”

    त्यसै गरी चिड्दी चौधरीले १३ वर्ष कमलरी बसेको अनुभव सुनाइन । उनले भननि, “अहिले पनि गाउँनजिकै मजदुरीको काम पाएपछि काममा जाने गरेकी छु । श्रीमान्  मजदुरी गर्न जानुहुन्छ, म घर हेर्छु, ।” 

    मुक्तिनगर बस्तीमा १४२ मुक्त कमैया परिवारको घरधुरी छन् । महेन्द्र बहुमुखी क्याम्पस दाङको जग्गामा गरी दुई/दुई कट्ठाका दरले बाँडफाँट गरेर २०६४ सालदेखि मुक्त कमैया त्यहाँ बस्दै आएको मुक्त कमैया सीता चौधरीले बताइन । उनका अनुसार उक्त बस्तीमा बस्ने सबै छुट कमैया हुन् । 

    मुक्त कमैया समाज दाङका अध्यक्ष हरिषचन्द्र चौधरीका अनुसार देशभर अझै १० हजारभन्दा बढी मुक्त कमैयाले परिचयपत्र पाएका छैनन् । तीमध्ये दाङमा मात्रै तीन हजार ३८५ छुट कमैया छन् । 

    पश्चिम नेपालको तराईका पाँच जिल्लामा ३२ हजार ५०९ जना मुक्त कमैयाले परिचयपत्र पाएका छन् । यीमध्ये २७ हजार २१ मुक्त कमैया पुनस्र्थापना गरिएको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij