२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

धौलागिरी बहुउद्देश्यीय सहकारीको २६औँ वार्षिक साधारण सभा सम्पन्न

धौलागिरी बहुउद्देश्यीय सहकारीको २६औँ वार्षिक साधारण सभा सम्पन्न

धौलागिरी बहुउद्देश्यीय सहकारीको २६औँ वार्षिक साधारण सभा सम्पन्न

धौलागिरी बहुउद्देश्यीय सहकारीको २६औँ वार्षिक साधारण सभा सम्पन्न

धौलागिरी बहुउद्देश्यीय सहकारीको २६औँ वार्षिक साधारण सभा सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, पौष २५ २०८२
शुक्रवार, पौष २५ २०८२
  • बुटवल । धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बुटवल–८, रुपन्देहीको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

    साधारणसभाकाे उद्घाटन गर्दै तिलाेत्तमा नगरपालिका नगरप्रमुख एवं सहकारीका संस्थापक अध्यक्ष तथा संरक्षक रामकृष्ण खाँणले सहकारीहरु भाग्ने भन्ने भ्रम चिर्न जरुरी रहेकाे बताए । उनले स्थानीय शेयरसदस्यहरु तथा सञ्चालकहरु भएका सहकारीमा समस्या नभएकाे दाबी गर्दै उनले नियमनकाे अभावले सहकारी कमजाेर हुँदै गएकाे तर्क गरे । 

    बचत संघ रुपन्देही अध्यक्ष भिम तुलाचनले सहकारीहरुले आफ्ना उदेश्य अनुसारका कामहरु नगरी सबै कार्य गर्न खाेज्दा सहकारी बिग्रेकाे बताए । उनले बचत र सहकारी बलियाे हुनेगरि काम गरेमा कुनैपनि सहकारीमा समस्या नआउने दाबी गरे ।

    साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष गोविन्द खनालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय गतिविधिबारे जानकारी गराए ।उनले सभामा शेयर सदस्यहरूको क्षमता अभिवृद्धि, उद्यमशीलता विकास, बचत तथा कर्जाका कार्यक्रम, सीपमूलक तालिम, नेतृत्व विकास, वित्तीय साक्षरता लगायतका गतिविधि निरन्तर सञ्चालन भएको उल्लेख गरे ।

    612374287_25463757476566288_3421476127960538456_n.jpg

    साधारण सभाले काेषाध्यक्ष शान्ति सिंह मल्लकाे काेषाध्यक्षकाे प्रतिवेदन, ऋण उपसमिति संयाेजक राजेन्द्र प्रसाद न्याैपानेकाे  प्रतिवेदन , लेखा समिति संयाेजक मनाेज आचार्यकाे लेखा समितिकाे प्रतिवेदन लगायत पास भएकाे सचिव टाकुर घिमिरेले बताए । 

    साे अवसरमा आम्दा अस्पताल बुटवलका मेसु डा.बिनाेद पराजूली, उपाध्यक्ष देव प्रसाद खनाल लगायतले बाेलेका थिए । 

    साे अवसरमा असल ऋणि, उत्कृष्ठ नतिजा ल्याउने शेयर सदस्यहरुका सन्तान, जेष्ठ नागरिक सम्मान लगायत गरिएकाे थियाे । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij