२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गाउँपालिकाको निर्णय टिप्परले टेरर्दैनन

गाउँपालिकाको निर्णय टिप्परले टेरर्दैनन

गाउँपालिकाको निर्णय टिप्परले टेरर्दैनन

गाउँपालिकाको निर्णय टिप्परले टेरर्दैनन

गाउँपालिकाको निर्णय टिप्परले टेरर्दैनन
अधिकारीले प्युठानमा रहेर समसामयिक विषयमा कलम चलाउछन।।
शुक्रवार, पौष २५ २०८२
शुक्रवार, पौष २५ २०८२
  • प्यूठान। ऐरावती गाउँपालिकाले गरेको निर्णय टिप्परले कार्यन्वयन गरेको छैन।टिप्परको चापले दुर्घटनाको जोखिम बढाएको भन्दै ऐरावती गाउँपालिकाले समय निर्धारण गरेको थियो।  


    मंसिर २३ गतेको कार्यपालिकाको बैठकको निर्णय अनुसार टिप्पर संचालनको समय निर्धारण गरेको थियो।पालिकाका अनुसार बेलुका ५ बजेदेखि बिहान ८ बजेसम्म मात्र टिप्पर चलाउन पाइनेछ। 


    मानवीय सुरक्षा संबेदनशीललाई ध्यानमा राखी निर्धारित समयभित्र टिप्पर संचालन गर्न पालिकाले निर्णय गरेतापनि निर्णय गरेको समयबाट हालसम्म टिप्पर संचालनमा रोक लागेको छैन। 


    उता ऐरावती गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरद गौतमले भोलि नै प्रमुख जिल्ला अधिकारी समक्ष यस बिषयमा छलफल गरि किन टिप्पर पालिकाको समय निर्धारण अनुसार रोकिएन भन्ने बिसयमा टुंगो लाग्ने बताएका छन्। 


    व्यापक जनगुनासो आएपछि पालिकाले टिप्पर संचालनको समय निर्धारण गरेको समेत अधिकृत गौतमले जानकारी दिए।      

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij