२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

फर्निचर उद्योग संघ रुपन्देहीद्वारा बुटवलमा अनुगमन कडाइ, १७ सदस्यीय समिति गठन

फर्निचर उद्योग संघ रुपन्देहीद्वारा बुटवलमा अनुगमन कडाइ, १७ सदस्यीय समिति गठन

फर्निचर उद्योग संघ रुपन्देहीद्वारा बुटवलमा अनुगमन कडाइ, १७ सदस्यीय समिति गठन

फर्निचर उद्योग संघ रुपन्देहीद्वारा बुटवलमा अनुगमन कडाइ, १७ सदस्यीय समिति गठन

फर्निचर उद्योग संघ रुपन्देहीद्वारा बुटवलमा अनुगमन कडाइ, १७ सदस्यीय समिति गठन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, पौष २५ २०८२
शुक्रवार, पौष २५ २०८२
  • बुटवल । फर्निचर उद्योग संघ रुपन्देहीले बुटवल क्षेत्रमा फर्निचर व्यवसायको अनुगमन कडाइ गर्ने निर्णय गरेको छ।

    शुक्रबार संघको कार्यालय माझगाउँ, बुटवलमा बसेको बैठकले अनुगमनलाई प्रभावकारी बनाउने उद्देश्यसहित १७ सदस्यीय अनुगमन समिति गठन गरेको हो। समिति अशोक कुवरको संयोजकत्वमा गठन गरिएको छ।


    बैठकमा पूर्व अध्यक्ष एवं सल्लाहकार समिति सम्योजक नरेश कुमार श्रेष्ठले अनुगमन कडाइले व्यवसायिक अनुशासन कायम हुनुका साथै व्यवसायिक सफलतालाई थप उकास्ने बताए।

    दर्ता प्रमाणपत्रलगायत आवश्यक सम्पूर्ण कागजात तयार राखेमा संघका सदस्य तथा दर्तावाला व्यवसायीलाई कुनै घाटा नहुने उनको भनाइ थियो।


    संघका अध्यक्ष जिवकान्त काफ्लेले घुमन्ते टोलीले काम लिँदा व्यवसायीहरू समस्यामा पर्ने गरेको गुनासो आइरहने बताए।

    फर्निचर नै उद्देश्य नभएका प्रतिष्ठानले फर्निचरसम्बन्धी काम गर्नु गलत भएको उल्लेख गर्दै निरन्तर अनुगमन भए मात्र फर्निचर व्यवसाय सुरक्षित हुने उनको धारणा थियो।

    साथै, बुटवलका १ देखि १९ वडासम्म संघकै नेतृत्वमा अनुगमन गर्ने अनुमति नगरपालिकाबाट प्राप्त भएकोमा बुटवल उपमहानगरपालिकाका नगरप्रमुखप्रति धन्यवाद व्यक्त गरे। सीमापारीका झोले व्यापारीका कारण व्यवसायीलाई समस्या हुने गरेको उनले बताए।


    अनुगमन समितिका संयोजक अशोक कुवरले अवैध रूपमा सञ्चालन भइरहेका व्यवसायलाई कानुनी दायरामा ल्याउने उद्देश्यसहित आफ्नो नेतृत्वमा टिम गठन गरिएको बताए।

    नगर प्रहरी र नेपाल प्रहरीको समन्वयमा स्वतन्त्र रूपमा काम भइरहेका स्थानमा पुगेर वैध वा अवैध पहिचान गर्दै कानुनअनुसार कारबाही गरिने प्रतिबद्धता उनले व्यक्त गरे।


    अनुगमन समितिको सह–संयोजकमा सोनु गुप्ता रहेका छन्। सदस्यहरूमा रुद्र विक, आशिष गुरुङ, यज्ञ शर्मा, बज्रमोहन चौधरी, रामप्रसाद भट्टराई, बिनोद विक, मनोज थापा, पिताम्बर राना, भोजराज पाण्डे, टकबहादुर राफिल, गणेश राम, खगेन्द्र बुढामगर, चित्रबहादुर रानी, चन्द्रप्रसाद भण्डारी, गोविन्द सोमै, सोवित विक, अग्नि अग्रहरी र रोहित कुमार उमेर रहेका छन्।


    सो अवसरमा सल्लाहकार बुद्धबहादुर शारु, निवर्तमान अध्यक्ष तेजप्रसाद पराजुली लगायतले पनि आ–आफ्ना धारणा राखेका थिए।


    महासचिव खिमबहादुर खड्काका अनुसार २०५६ सालमा स्थापना भएको संघमा हाल १८३ जना व्यवसायी आबद्ध छन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij