२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भोलिदेखी बुटवलमा राष्ट्रपति रनिगंशिल्ड;  १५ सय विद्यार्थीले प्रतिस्पर्धा गर्ने

भोलिदेखी बुटवलमा राष्ट्रपति रनिगंशिल्ड;  १५ सय विद्यार्थीले प्रतिस्पर्धा गर्ने

भोलिदेखी बुटवलमा राष्ट्रपति रनिगंशिल्ड;  १५ सय विद्यार्थीले प्रतिस्पर्धा गर्ने

भोलिदेखी बुटवलमा राष्ट्रपति रनिगंशिल्ड;  १५ सय विद्यार्थीले प्रतिस्पर्धा गर्ने

भोलिदेखी बुटवलमा राष्ट्रपति रनिगंशिल्ड;  १५ सय विद्यार्थीले प्रतिस्पर्धा गर्ने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, पौष २५ २०८२
शुक्रवार, पौष २५ २०८२

  • बुटवल ।  बुटवल उपमहानगरपालिकाले शनिवार देखि आयोजना गर्ने सातौं राष्ट्रपति रनिगंशिल्ड प्रतियोगिता २०८२ मा १ हजार ५ सय ८ जना खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन । प्रतियोगितामा एथ्लेटिक्स, करांते, तेक्वान्दो, भलिवल र कबवडी विधामा प्रतिष्पर्धा गराईने नगर खेलकुद समिति संयोजक बोनिन पियाले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा बताए ।

    प्रतियोगितामा सहभागिहरु मध्येवाट ३५० जना खेलाडीले पुरस्कार पाउने छन् । नगरका ४२ वटा विद्यालयबाट छात्र ९८१ जना र छात्रा ६०७ जनाले प्रतियोगितामा भाग लिएका छन् ।

    पत्रकार सम्मेलनमा नगर प्रमुख खेलराज पाण्डेयले नगरपालिकाले खेलकुदको विकासका लागि दिल खोलेर वजेट विनियोजन गरेको बताए ।

    प्रतियोगितामा एथ्लेटिक्स, करांते, तेक्वान्दोतर्फ प्रथम द्धितीय र तृतिय हुने छात्रछात्रा खेलाडीलाई क्रमश २ हजार ,१५ सय र १ हजारका दरले नगद पुरस्कार प्रमाणपत्र र मेडल प्रदान गरिने छ ।

    भलिवल तर्फ प्रथमलाई १५ हजार , द्धितीयलाई ७ हजार ५ सय, तृतीयलाई ५ हजार र कबडीतर्फ प्रथमलाई १५ हजार ,द्धितीयलाई ७ हजार ५ सय तृतियलाई ३५ सय दरले नगद पुरस्कार प्रमाणपत्र र मेडल प्रदान गरिने छ ।

    मार्चपास र्याली प्रर्दशनमा प्रथम द्धितीय र तृतिय हुनेलाई क्रमश १० हजार , ६ हजार , ३ हजार र समग्रमा प्रथम ,द्धितीय र तृतिय हुनेलाई क्रमश २५ हजार १५ हजार र १० हजार पुरस्कार प्रदान गर्ने संयोजक पियाले बताए ।

    शनिवार देखि संचालन हुने प्रतियोगिता एन्फा टेक्निकल सेन्टर बुटवल ११ देवीनगरमा पुस २८ गते सम्म हुने छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij