बुटवल । प्राविधिक धार सञ्चालनमा रहेका लुम्बिनी प्रदेशका रूपन्देही, कपिलवस्तु र नवलपरासी (वर्दघाट–सुस्ता पश्चिम) का विद्यालयका प्रधानाध्यापकहरूका लागि आयोजना गरिएको दुई दिने अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुरको आयोजनामा सञ्चालन भएको कार्यक्रममा प्रधानाध्यापक सक्षमता प्रारूप २०८१ बारे तिमीहरूलाई अभिमुखीकरण गराइएको हो। सो प्रारूपमा प्रधानाध्यापकको सक्षमतालाई ४६ वटा सूचक र सातवटा क्षेत्रमा समेटिएको छ।
यी क्षेत्रहरूमा विद्यालयको रणनीतिक दिशा निर्माण, शिक्षण तथा सिकाइको नेतृत्व, विद्यालयको व्यवस्थापकीय नेतृत्व, आफ्नै तथा सहकर्मी शिक्षकको पेशागत विकास, सरोकारवालासँगको सहकार्य, परिवर्तन तथा नवप्रवर्तनको नेतृत्व र व्यक्तिगत गुण तथा सामाजिक एवं अन्तरवैयक्ति सीप विकास समावेश छन्।
कार्यक्रममा पाँच वटा समूह बनाई प्रस्तुतिकरण गरिएको थियो। पहिलो समूहबाट कौशिला गैरे, दोस्रो समूहबाट शिशिर प्रसाद अर्याल, तेस्रो समूहबाट प्रेमबहादुर बस्नेत, चौथो समूहबाट दिनेश थापा र पाँचौँ समूहबाट फानप्रसाद श्रेष्ठले तिमीहरूका तर्फबाट प्रस्तुतिकरण गर्नुभएको थियो। कार्यक्रमको संयोजकमा शिशिर प्रसाद अर्याल र मनोरञ्जन संयोजकमा हेमराज आचार्य रहेका थिए।
अभिमुखीकरण कार्यक्रममा मानव स्रोत विकास केन्द्रका निर्देशक नीम प्रकाश सिंह राठौर, शाखा अधिकृत गीता शर्मा तथा शिक्षा विकास तथा समन्वय एकाइ रूपन्देहीका शाखा अधिकृत जीवन खनाललगायतले तिमीहरूलाई सहजीकरण गरेका थिए।
कार्यक्रमका क्रममा सिभिल, कम्प्युटर र इलेक्ट्रिकल इन्जिनियरिङसहित पशु विज्ञान र बाली विज्ञान धार अध्यापन हुने विद्यालयका प्रधानाध्यापकहरूको समूहले प्राविधिक तथा व्यवसायिक धारसँग सम्बन्धित नीतिगत तथा कानुनी पक्ष, जनशक्ति उपलब्धता, भौतिक पूर्वाधार, विद्यार्थी भर्ना तथा निरन्तरता, शैक्षिक गुणस्तर र सान्दर्भिकता, प्रयोगात्मक अभ्यासका साधन–स्रोतको उपलब्धता तथा स्थानीय तह र समुदायको सहयोगलगायत विषयमा देखिएका समस्या र चुनौतीहरू धारअनुसार तिमीहरूकै तर्फबाट प्रस्तुत गरेको बुटवल ११ नवीन औद्योगिक कदरबहादुर रिता माविका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले जानकारी दिए।




