२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

‘राष्ट्रपति रनिङ शिल्डले लुकेका प्रतिभा उजागर गरेको छ’

‘राष्ट्रपति रनिङ शिल्डले लुकेका प्रतिभा उजागर गरेको छ’

‘राष्ट्रपति रनिङ शिल्डले लुकेका प्रतिभा उजागर गरेको छ’

‘राष्ट्रपति रनिङ शिल्डले लुकेका प्रतिभा उजागर गरेको छ’

‘राष्ट्रपति रनिङ शिल्डले लुकेका प्रतिभा उजागर गरेको छ’
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, पौष २६ २०८२
शनिवार, पौष २६ २०८२
  • बोनिन पिया 
    संयोजक 
    बुटवल उप–महानगर खेलकुद विकास समिति

    युवा उद्यमी बोनिन पिया अहिले बुटवल उप–महानगर खेलकुद विकास समितिका संयोजक छन् । पिया ब्याडमिन्टनका राम्रो खेलाडी समेत हुन् ।  काम गर्ने हुटहुटी भएका र जिम्मेवारी प्राप्त काम कुशलतापूर्वक पूरा गर्ने छवि बनाएका व्यक्ति हुन्, उनी । पिया नेतृत्वको बुटवल उप–महानगरपालिका खेलकुद विकास समितिले नियमित राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्दैछ । नगरस्तरीय यो प्रतियोगिताको व्यवस्थापन चुस्त बनाउन पियाकै नेतृत्वलाई श्रेय जान्छ । यही पुष २७ गतेदेखि यहाँ हुन लागेको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता र बुटवलको खेल पूर्वाधारका बारेमा पियासँग लुम्बिनीकर्मीले गरेको कुराकानीः


    राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्नुको उद्देश्य के हो ?
    राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विद्यालय तहका विद्यार्थीहरूमा खेलकुदको विकास, प्रतिभा पहिचान र स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले सुरु गरिएको राष्ट्रियस्तरको प्रतियोगिता हो । यो प्रतियोगिता राष्ट्रपति संस्थाको संरक्षकत्व र शिक्षा तथा खेलकुद क्षेत्रको सहकार्यमा विद्यालय तहका खेलाडीको क्षमता विकास र प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले निरन्तर सञ्चालन हुँदै आएको छ ।


    बुटवल उप–महानगरपालिकाले कसरी आयोजना गर्दैछ ?
    बुटवल उप–महानगरपालिकाले यो प्रतियोगितालाई यस क्षेत्रकै उत्कृष्ट र भव्य खेलकुद प्रतियोगिताका रूपमा सञ्चालन गर्दै आएको छ । पूर्व तयारी, सक्रियता र उत्साहको प्रतिफल बुटवल उप–महानगरपालिकाले जिल्लामै उत्कृष्ट  स्थान हासिल गर्दै आएको छ । अहिले हामीले सातांै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता—२०८२ आयोजना गर्न लागिरहेका छौँ । यस वर्षको प्रतियोगिता एन्फा टेक्निकल सेन्टर, बुटवल–११ देवीनगरमा यही पुष २६ गतेदेखि २८ गतेसम्म सञ्चालन हुँदैछ ।

    प्रतियोगितामा बुटवल उप–महानगरपालिकाभित्रका ४२ विद्यालयबाट छात्र ९ सय १, छात्रा ६ सय ७ गरी १ हजार ५ सय ८ विद्यार्थीले भाग लिएका छन् । एथलेटिक्सतर्फ(दौड, ज्याभ्लिङ थ्रो, सटपुट, लङ्ग जम्प, त्रिपल जम्प) कराँतेतर्फ ६ र तेक्वादोतर्फ ६ वटा तथा भलिबल र कबड्डी खेल विधाहरूमा ३ सय ५० जना खेलाडीहरू पुरस्कृत हुने छन् । बुटवलमा आयोजना हुने यो खेलकुद मेलामा बुटवलका विद्यार्थीहरूको उत्कृष्ट प्रतिभा हेर्न सकिन्छ । यसलाई हामीले बुटवलकै उत्कृष्ट खेलकुद प्रतियोगिताको रूपमा आयोजना गर्दै आएका छौँ ।

    प्रतियोगितामा उत्कृष्टलाई के–कस्तो पुरस्कारको व्यवस्था छ ?
    बुटवल उप–महानगरपालिकाले प्रतियोगितामा एथलेटिक्स, कराँते र तेक्वान्दोतर्फ प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्रा खेलाडीलाई जनही क्रमशः २ हजार, १ हजार ५ सय र १ हजार रुपैयाँका दरले नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरिनेछ ।

    भलिबलतर्फ प्रथम हुनेलाई १५ हजार रुपैयाँ, द्वितीय हुनेलाई ७ हजार ५ सय र तृतीय हुनेलाई ५ हजार रुपैयाँ र कबड्डीतर्फ प्रथम हुनेलाई १५ हजार रुपैयाँ, द्वितीय हुनेलाई ७ हजार ५ सय रुपैयाँ र तृतीय हुनेलाई ३ हजार ५ सय रुपैयाँका दरले दुई वटा टिमलाई नगर पुरस्कार, शिल्ड र मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

    साथै मार्चपास र्‍याली प्रदर्शनमा प्रथम पुरस्कार २५ हजार रुपैयाँ, द्वितीय पुरस्कार १५ हजार रुपैयाँ र तृतीय पुरस्कार १० हजार रुपैयाँ प्रदान गरिनेछ । समूह नाच र पि.टी. ड्रील प्रदर्शनको लागि नगद तथा प्रमाणपत्रको व्यवस्था गरिएको छ । खेलाडीको सुरक्षार्थ खेल अवधिभरको लागि सामुहिक बीमाको व्यवस्था गरिएको छ ।


    यो प्रतियोगिताको उपलब्धि केलाई मान्नुपर्छ ?
    यो प्रतियोगिताले विद्यालयस्तरमै लुकेका खेल प्रतिभा उजागर गर्न, अनुशासन, टिम भावना र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ । नयाँ प्रतिभाको खोजी गर्न सकिने यो प्रतियोगिताले थुप्रै खेलाडी जन्माउँदै आएको छ । खेलकुदमार्फत् विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा योगदान पुर्‍याउने लक्ष्य र उद्देश्यसहित विद्यालय तहबाट प्रतिस्पर्धामा सहभागी हुने विद्यार्थीलाई स्थानीय तह, प्रदेश र राष्ट्रियस्तरमा उत्कृष्ट हुनका लागि मद्दत पुर्‍याउने कुरामा विश्वस्त छौँ ।

    खेलकुदमा बुटवल उप–महानगरपालिकाको लगानी के–कस्तो छ ?
    बुटवललाई खेलकुदको हव बनाउन उप–महानगरपालिकाले खेलकुदको क्षेत्रमा योजनाबद्ध ढंगले लगानी गरिरहेको छ । बुटवल उप–महानगरपालिका प्रमुख खेलराज पाण्डेको खेलको विकास गर्न प्रष्ट भिजन छ ।

    यो वर्ष ४ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । प्रत्येक वर्ष खेलकुदमा पर्याप्त लगानी हुँदै आएको छ । यो लगानी पूर्वाधार र विभिन्न प्रतियोगिता आयोजना गर्न खर्च भइरहेको छ । विद्यालयमा शिक्षासँगै खेलकुद गतिविधि अघि बढाउन खेलकुद शिक्षकको नियुक्तिलाई जोड दिइएको छ । विद्यालय तहमा कराँते, कपर्दी, तेक्वाक्दोलगायतका प्रतियोगिता निरन्तर भइरहेका छन् ।

    बुटवलमा खेल पूर्वाधारको अहिलेको अवस्थालाई कसरी हेर्नुहुन्छ ?
    बुटवलमा खेल पूर्वाधारको विकास गर्न सके यो क्षेत्रको विकासमा ठूलो टेवा पुग्छ भन्ने विश्वास लिएका छौँ । बुटवललाई खेलकुदको हब बनाउन पूर्वाधार विकास अनिवार्य छ । सेमलारमा क्रिकेट मैदान बनाउन डीपीआरको लागि नक्शाङ्कन हुने गरी काम भएको छ । जबई खेल मैदानलाई व्यवस्थित गर्ने काम अघि बढेको छ ।

    त्यसका लागि उप–महानगरपालिकाले १ करोड २० लाख विनियोजन गरेको छ । भलिबलको लागि इनडोर कर्भडहलको लागि जग्गा खोजी गरिरहेका छौँ । यी काम पूरा गर्न सक्दा बुटवलमा खेल पूर्वाधारको जग तयार हुन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij