रामकुमार श्रेष्ठ / नवलपरासी । पश्चिम नवलपरासीमा सर्पले डसेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार बर्दघाट नगरपालिका १४ बसोबास बस्ने २० बर्षीया युवर्ती सोनिया खनालको मृत्यु भएको हो ।
शुक्रबार विहान ३ बजेतिर पिसाब फेर्न घर बाहिर निस्केको अवस्थामा सर्पले बायाँ खुट्टामा डसेको हो । उनको स्थानीय सरोज मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारका लागि जिल्ला अस्पताल परासी लगिएकोमा उपचारको क्रममा विहान नौ बजेतिर उनको निधन भएको हो ।




