२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

राष्ट्रपति रनिङ शिल्डको सन्देश

राष्ट्रपति रनिङ शिल्डको सन्देश

राष्ट्रपति रनिङ शिल्डको सन्देश

राष्ट्रपति रनिङ शिल्डको सन्देश

राष्ट्रपति रनिङ शिल्डको सन्देश
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, पौष २७ २०८२
आइतवार, पौष २७ २०८२
  • बालबालिकाको प्रतिभा पहिचान र स्वस्थ जीवनशैली प्रवर्धन गर्ने उद्देश्यले सरकारले वर्षेनी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिरहेको छ । विद्यालय तहमा खेलकुदका गतिविधि सञ्चालन हुँदा त्यसले उनीहरूको पठनपाठनमा पनि सकारात्मक प्रभाव पार्छ । हरेक पालिकाभित्र विद्यालय तहस्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गर्न संघीय सरकारले जुन प्रयास गरेको छ, यसले खेलकुद स्वस्थ जीवनका लागि अनिवार्य भन्ने सन्देशलाई व्यवहारिक कार्यान्वयनमा बल पुगेको छ । खेल क्षेत्रमा न्यून लगानी र पूर्वाधार विकास भएका बेला यो प्रतियोगिताले सकारात्मक सन्देश दिएको छ । 


    हुने बिरूवाको चिल्लो पात भनेझैँ कुनै विषयमा अब्बल हुनेहरू सानैदेखि त्यस्तो लक्षण देखाएका हुन्छन् । कुनै व्यक्तिभित्र रहेको प्रतिभा बाहिर निकाल्न अनुकुल वातावरण आवश्यक हुन्छ । अझ बालबालिकामा सिक्ने, जान्ने र आफ्नो क्षमता बाहिर ल्याउने हुटहुटी तीब्र हुन्छ । घरपरिवार, समाज र विद्यालयले उनीहरूको क्षमता बाहिर ल्याउन अनुकुल वातावरण बनाइदिने हो भने उनीहरूभित्र रहेको क्षमता बाहिर आउँछ । बालबालिका प्रवल  सम्भावनाका खानी हुन् । त्यो सम्भावनालाई चिन्ने र चिनाउने अवसर दिने वातावरण तयार गर्न सक्दा अब्बल देखिन सक्छन्, त्यसले समाज र मुलुकलाई सकारात्मक प्रभाव पार्न सक्छ । उनीहरू अरूका लागि पनि प्रेरणापुञ्ज बन्न सक्छन् । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता त्यस्तै प्रेरणापुञ्ज बन्न सक्छ । खेल व्यक्तिको जीवनमा अनिवार्य आवश्यक छ, अझ बालबालिकाको शारीरिक र मानसिक विकासका लागि अपरिहार्य छ ।


    बुटवल उप–महानगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुष २६ गतेदेखि २८ गतेसम्म आयोजना गरेको छ । प्रतियोगितामा बुटवल उप–महानगरपालिकाभित्रका ४२ विद्यालयबाट छात्र ९ सय ८१, छात्रा ६ सय ७ गरी १ हजार ५ सय ८८ विद्यार्थीले भाग लिएका छन् । एथलेटिक्सतर्फ(दौड, ज्याभ्लिङ थ्रो, सटपुट,लङ्ग जम्प, त्रिपल जम्प) कराँतेतर्फ ६ र तेक्वादोतर्फ ६ वटा तथा भलिबल र कबड्डी खेल विधाहरूमा ३ सय ५० जना खेलाडीहरू पुरस्कृत हुनेछन् । बुटवलमा आयोजना हुने यो खेलकुद मेलामा बुटवलका विद्यार्थीहरूको उत्कृष्ट प्रतिभा हेर्ने अवसर हो । यो प्रतियोगितामा सहभागी हुने विद्यालयको संख्या वर्षेनी बढिरहेको छ । प्रतियोगितामा सहभागी विद्यालय र विद्यार्थीको उत्साहले प्रतियोगिता आयोजना गर्नुको औचित्य पुष्टि भएको छ । बालबालिकामा पठनपाठनमा मात्रै नभई अरू विषयमा पनि प्रतिस्पर्धी बन्न प्रेरणा मिलेको छ ।


    प्रतियोगितालाई विवादमुक्त बनाउन आयोजकले ध्यान दिनुपर्छ । प्रतिस्पर्धी वातावरण तयार गरी जीत हासिल गर्नु स्वभाविक हो । तर जित्दा ठिकै तर जित्न नसक्दा अराजक अवस्था निम्तिने जोखिम बढ्दै गएको छ । समाजमा बढ्दो यस्तो अराजकता यहाँ पनि सल्किन सक्छ । स्वच्छ प्रतिस्पर्धा नै खेलको सर्वोत्तम नियम भएकाले यो नियमको पालना नै महत्वपूर्ण हुन्छ । नयाँ पुस्तालाई राम्रो संस्कार दिन सक्नु नै राम्रो उपलब्धि हो । अझ यो प्रतियोगिता सञ्चालन भएको केही वर्ष बितेकाले प्रतियोगिताका कमिकमजोरीलाई सुधार गर्दै अब्बल बनाउन पहलकदमी लिनुपर्छ । राष्ट्रपति संस्था जोडिएको प्रतियोगिता भएकाले पनि संस्थाको गरिमा र प्रतिष्ठाको पनि ख्याल गर्नुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij