२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पृथ्वीनारायण शाहको न्यायासंगत सान्दर्भिकता !

पृथ्वीनारायण शाहको न्यायासंगत सान्दर्भिकता !

पृथ्वीनारायण शाहको न्यायासंगत सान्दर्भिकता !

पृथ्वीनारायण शाहको न्यायासंगत सान्दर्भिकता !

पृथ्वीनारायण शाहको न्यायासंगत सान्दर्भिकता !
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, पौष २७ २०८२
आइतवार, पौष २७ २०८२
  • एच.के. श्रेष्ठ
        गोरखा राज्यका संस्थापक राजा द्रब्य शाहाको भावि सन्तति पृथ्वीनारायण शाहा राजा नरभूपाल शाहा र रानी कौशल्यवतीका जेष्ठ सुपुत्र थिए ।   वि.सं.१७७९ पौष २७ गते जन्मेका उनी शाहा बंशीय इतिहासमा कुलदीपकको रूपमा उदाए र वडामहाराजधिराजको हैसियत कायम गर्न सफल भए । यस्तो महान सफलता  हासिल गर्नमा अरू राजाभन्दा उनी निश्चित रूपमा युनिक र आश्चर्यजनक विशेषता र प्रतिभाले ओतप्रोत थिए ।   वि.सं. १७९९ चैत्र २५ गते नरभूपाल शाहको मृत्युपछि पृथ्वीनारायण शाह गोरखाको राजा भए । पृथ्वीनारायण शाहाको जजमेन्ट हलका ढंगले गर्न अन्याय हुन्छ । उनी क्षमावान राजा, कुसल शासक, नेतृत्वकारी गुणका नेता, वीर योद्धा, महत्वकांक्षी तथा दुरदर्शी र युद्धकलामा चतुर लडाकु थिए ।  


    सबै जात जाति, समुदाय र व्यक्तित्वहरूका अनि शत्रुको पनि सम्मान गर्ने गुणका हुन्, उनी । उनी समृद्घ, एकीकृत र अखण्ड नेपाल बनाउने महापुरुष हुन् । उनको योगदानले बाइस चौबीस राज्यमा विभक्त, फोहोर राज्यहरू एउटै नेपाल बन्यो । एकीकृत, समृद्घ र अखण्ड नेपालको एउटै अभीष्ट उनको पूरा भयो । नेपालमा पृथ्वीनारायण शाहको त्यति नै योगदान छ, जति अन्य देश एकीकरण गर्ने महारथीहरूका । ग्रिसका अलेकजान्डर महान्, रुसका पिटर, जर्मनीका बिस्मार्क, बेलायतका एगबर्ट, फ्रान्सका नेपोलियन, चीनका क्वीन सेन ह्वाङ, अमेरिकाका जर्ज वासिङटन, जापानका ओडा नोबुन्एजा, टोकुगावा र इएसु, इटलीका क्यामिलो क्याभोर जिसेप ग्यारिबाल्डी आदिको अग्र पंत्तिमा पर्दछन् ।


    भारतलाई एकीकृत पार्ने भारतीय होइनन्, बेलायती उपनिवेशवादी साहेबहरू हुन् भन्दा अन्यथा मान्नु नपर्ला । आजका भारत, पाकिस्तान र बंगलादेशलाई एउटै राज्य बनाउने बेलायती हुन्, भारतीय होइनन् । बेलायती साम्राज्य विस्तार गर्ने क्रममा इस्ट–इन्डिया कम्पनीले भारतलाई उपनिवेश बनायो । उपनिवेशवादीले आफ्नो स्वार्थ पूरा गर्न सयौँ राजा रजौटामा विभाजित भारतलाई एउटै उपनिवेश बनाएर शासन ग¥यो । त्यसैले भारत एकीकरणको जस भारतीयलाई होइन, बेलायतीलाई जान्छ । उनीहरूले नै इन्डिया नामाकरण गर्दै एउटै भू–भाग बनाएका हुन् । महात्मा गान्धीले त बेलायती उपनिवेशबाट भारतलाई मुक्त पारेका हुन् । भारत स्वतन्त्र हुँदा माहमद जिन्नाले पाकिस्तान बनाएका हुन् । यस अर्थमा भारतलाई एकीकृत गर्ने सात समुद्रपारिका बेलायती हुन्, भारतीय होइनन् । तर सन् १९४७ मा भारत स्वतन्त्र हुँदा एकीकृत भारत पछि बंगलादेश बनेर पाकिस्तानसहित तीन राज्यमा बिखण्डित हुन पुग्यो । तर, पृथ्वीनारायण शाहले बेलायती उपनिवेशविरुद्घ उभिएर अखण्ड नेपाल बनाए । तर भारतका पाँच सय ३६ राजाहरू आफ्नो देश जोगाउन नसकेर बेलायती उपनिवेशमा परिवर्तित भए । नेपाल विश्वका दुई सय बढी देशहरूमध्ये चौबीसौँ पुरानो मुलुक हो, जो भारतभन्दा दुई सय वर्ष जेठो छ । यसको जस पृथ्वीनारायण र उनका सहयोगीहरूलाई जान्छ । त्यसैले ती सबै महान् हुन्, जसले समृद्घ, एकीकृत र अखण्ड नेपाल बनाए ।


    तर नेपाली कांग्रेस २००७ सालको क्रान्तिको घोषणा कार्यान्वयन गर्न राजा त्रिभुवनको आनाकानी र पछि राजा महेन्द्रको प्रजातान्त्रविरोधी भएकाले राजा र उनका पुर्खाबारे कहिल्यै खुलेर बोल्न चाहेनन् । पृथ्वीनारायण शाहवंशको हुनुमा उनको दोष थिएन । कुरा उनी कुन वंशका थिए भन्ने भन्दा पनि  उनले के गरे र उनको योगदान के–कति थियो भन्ने अहम पक्ष हो ।
        पृथ्वीनारायणले जनतासँग मिलेर नेपाल एकीकरण गर्ने महाअभियानको नेतृत्व मात्र गरेनन्, त्यसलाई सफल पारेरै छोडे । उनी काठमाडौँ प्रवेश गर्दा उपत्यकामा क्रिस्चियनहरू बाइबल बोकेर आइसकेका थिए । भारतबाट पहिले मुसलमान र पछि क्रिस्चियनबाट लखेटिएका हिन्दुहरूलाई त्राण दिन पृथ्वीनारायण असली हिन्दुस्तान बनाउन लागेका थिए । नेपालबाट हट्नुपरेको बदला क्रिस्चियनहरूले कति धार्नी नाककान काटेको दुस्प्रचारसहितको प्रोपोगान्डा गरे । तर त्यति नाक काट्न कति जनसंख्या चाहिन्छ ?


    पृथ्वीनारायणको निधनपछि कान्छा छोरा बहादुर शाहले मात्र बाबुको अभियानलाई निरन्तरता दिए । नेपाललाई पूर्वमा टिष्टादेखि पश्चिममा किलला काँगडासम्म पु¥याए । तर दिब्योपदेशमा भनिएझैँ उनका सन्तानले गर्न सकेनन् । पृथ्वीनारायणले भनेका थिए–‘अंग्रेज बडा चतुरो जाति हो । लडाइँ, झगडा नगरी छलकपटहरू गरेर भए पनि हाम्रो देशमा आउन सक्तछ ।’
    नभन्दै नेपालसँग लडाइँमा नसकेपछि अंग्रेजले नेपाली दरबार, जो सत्ताको हालीमुहाली गरेर बसेको थियो, त्यसैमा झगडाको बिउ रोपेर मलजल गरेको नेपाली शासकले पत्तै पाउन सकेनन् । शाह राजाहरू मोजमस्ती, पारिवारिक कलहबाट कहिल्यै बाहिर निस्कन नसक्ने गरी फसे । भारतमा झन् झन् पकड जमाइरहेका बेलायतीहरूले मजासँग खेले । यो अर्कै पाटो हो, पृथ्वीनारायण शाहलाई चार आयामबाट हे¥यो भने छर्लङ्ग हुनसक्छ । पछिल्लो, नेपाल एकीकरणकालका पृथ्वीनारायण । दोस्रो, जहानियाँ राणाकालका पृथ्वीनारायण । तेस्रो, पञ्चायतकालका पृथ्वीनारायण र चौथो, लोक गणतन्त्रका पृथ्वीनारायण । एकीकरणकालका पृथ्वीनारायणले सिंगो मुलुकको परिचय दिए । नेपालीलाई नेपाली पहिचान दिने उनै हुन् । उनले नेपाल एकीकरण गरे । नेपाली राष्ट्रियताको जगेर्ना गरे । नेपाल राष्ट्र निर्माण गरे ।


    राणाकालीन नेपाली शासकले विदेशीसँग सम्झौता गरेर  निमुखा नेपाली जनतालाई शासन गरेर बसे । राणाहरूले पृथ्वीनारायणको संकेतका रूपमा उनका सन्तानहरूलाई खोपीमा राखेर आफूले शासन गरे । उनीहरूले के भ्रम दिन खोजे भने अगाडिको पुस्ताको गुण पछिल्लो सन्तानले बोको हुन्छ, तर सत्यसावित के भएको छ भने पहिलो पुस्ताको गुण दोस्रो पुस्तामै आउँदैन । सन्तानमा गुण आउने होइन, संस्कार आउने हो । राजसंस्कारविहीन राजाहरूमा के गुण हुन्थ्यो र आउनु ? फलस्वरूप, राजाहरू मोजमस्तीमै झुलिरहे । राणाहरूले जहानियाँ शासनलाई टिकाइरहे । पृथ्वीनारायणको पुस्तालाई वैदिक विधिअनुकूल हुने गरी बिरालो बाँधेर एकसय चार वर्षसम्म शासन गरे ।


    तेस्रो खण्डमा पृथ्वीनारायणको विरासतलाई राजा महेन्द्रले पारिवारिक सम्पत्ति र शासनको उत्तराधिकार प्राप्तिका लागि दुरूपयोग गरे । नेपाल एकीकरण गर्ने सुधारको रूपमा पृथ्वीनारायणले आर्जन गरेको ख्यातिलाई पञ्चायती शाहहरूले महादुरूपयोग गरेर जनताको विरासतमा होइन्, पृथ्वीनारायण जस्ता महापुरुषलाई शाहमा खुम्च्याएर ब्रह्मलुट गरे । निहित स्वार्थपूर्ति गर्न चरम दुरूपयोग गरे । हाम्रा पुर्खा पृथ्वीनारायण शाहले बनाएको मुलुक हो भनेर नेपाललाई नै पैत्रिक अंशको रूपमा लिए । जनताका नायकलाई जनताको दुस्मनको कित्रामा उभ्याएकाले शाहवंश नै सकियो । तर पृथ्वी महिमा उजागर हँुदैछ ।


    चौथो चरणको बहुदलीय प्रजातन्त्रकालका शासकहरू झुण्ड झुण्डमा विभक्त भए । पृथवीनारायणप्रति भिन्न दृष्टिकोण राखे । भिन्न विचार, सिद्घान्त र दर्शनले आ–आफ्नै कोणले सामन्त, महासामन्त र अधिनायकवादी भनेर हेरे, तर लोक गणतान्त्रिककालमा त्यो पटाक्षेप भएको छ । पृथ्वीनारायणका सालिक ढाल्नेहरू पनि झस्किएका छन् । सामन्त, महासमान्त र अधिनायकवादी भन्नेहरू पनि चकमन्न हुन पुगे । राष्ट्रिय एकता त चाहिने रहेछ । ? बाइस चौबीसे राज्यहरू रहेका भए के सिँगो नेपाल रहन्थ्यो ? काँग्रेस कम्युनिस्टहरू विभिन्न विचार सिद्घान्तबाट अभिप्रेरित छन् । उनीहरूले आ–आफ्नै कोण र स्कुल अफ थटबाट राजतन्त्रलाई सामन्त, अधिनायकवादी, पछौटे, अप्रजातान्त्रिक शक्ति केन्द्रको रूपमा हेरेका र बेहोरेका थिए । राजा वीरेन्द्रको वंश विनास र राजतन्त्रको अन्त्य भएर गणतन्त्रको पटाक्षेपपछि झस्किने पालो पृथ्वीनारायणको सालिक ढाल्नेहरूको आयो ।


    साना–साना राज्य रजौटमा विभाजित बाईसे चौबीसे राज्यका देशलाई एउटै  राष्ट्रिय एकताका अभियानका नायक  पृथ्वीनारायण हुन् । पञ्चायतकालभरि राजाले प्रजातन्त्रको हत्या, निर्वाचित सरकार अपदस्थ र सैनिक कू का बलमा एकदलीय शासन लादेर ब्रह्मलुट गरे । पृथ्वीसनारायणको इतिहास साक्षी छ, उनमा एक्लो निरंकुश राजाभन्दा जनताको राजा हुने इच्छा रहेको देखिन्छ, म विराज बखतीलाई काजी बनाउन चाहन्थेँ, तर जनताको चाहना कालु पाँडेलाई बनाउनुपर्छ भन्ने रहेछ । मैले आफ्नो इच्छालाई तिलाञ्जली दिएर जनताकै इच्छाअनुसार गरेँ, किनभने जनता बलिया भएमात्र, दरबार बलियो हुन्छ । तर मण्डले राष्ट्रवादको र निरंकुश र सामन्त राजाका जिजुबराजु भएकाले छायाँमा पर्नुपरेको छ । तर पनि पृथ्वीनारायण देशका वास्तविक नायक हुन् । सबै नेपालीको पहिचान यिनैले दिएकाले यिनले सम्पूर्ण नेपालीको आदर सम्मान पाउनुपर्छ ।


    पृथ्वीनारायणको इतिहास खोतल्दा थाहा हुन्छ, स्वाभिमानका नायकलाई समेत दासता र गुलामीका पक्षपातीहरूले बोकेर स्वार्थसिद्घ गर्न लागे भने परिवर्तनकारी शक्तिसमेत तर्सिएर पछाडि हट्ने रहेछन्  । राष्ट्रिय एकता दिवस, संविधान र गणतन्त्र दिवसजस्तै महत्वपूर्ण छ । किनभने नेपाल स्वतन्त्र, सार्वभौम र अखण्ड राष्ट्र भएपछि मात्र राष्ट्रिय एकता सम्भव भएको हो । त्यसैले पृथ्वीनारायण र उनीसँग राष्ट्रिय एकता अभियानमा लागेका व्यक्तिहरूका जीवनी, तिनका उपदेश देशको पाठ्यक्रममा राख्दा हुन्छ । पछिका  राजा आततायी र निरंकुश  भए भन्दैमा जीजुबाजेको प्रतिष्ठा नासिने र मासिने हुँदैन । पृथ्वीनारायणले हामीलाई दिएको पहिचानका आधारमा सार्वभौम अखण्ड स्वतन्त्र एकीकृत राष्ट्र नेपाल बनाएवापत त्यसका अभियन्ता र महानायकलाई स्वीकार मात्र गरिएको हो । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij