भैरहवा
उद्योगी व्यवसायीहरूको लगानीकर्ताले सुरक्षित महसुस नगर्दा निजी क्षेत्र उकास्न नसकिने बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रूपन्देहीको ६७औं वार्षिक साधारणसभामा बोल्दै उद्योगी व्यवसायीहरूका अगुवाहरूले सरकारी पक्षबाट सुरक्षाको प्रत्याभूत नभएसम्म निजी क्षेत्र नफस्टाउने बताए । उनीहरूले लगानी सुरक्षित गर्दै निजी क्षेत्रको मनोबल बढाउनु पर्ने बताए ।
निजी क्षेत्रलाई निरास बनाइ मनोबल गिराएर वा बाहिर राखेर मुलुकको समृद्धि हुन नसक्ने बताए । सिद्धार्थ उद्योग वाणिज्य संघ, उद्योगी व्यवसायीको निरन्तर मागले यहाँको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए पनि निरन्तर उडान हुन नसक्नु दुःखद रहेको उनीहरूले जनाए ।
सिद्धार्र्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले उद्योगी व्यवसायीको समस्यामा निरन्तर समाधान गर्दै आएको बताउँदै कोभिडपछिको आर्थिक मन्दी अझै नउकासिदैमा भदौ २३ र २४ गतेको आन्दोलनले समग्र निजी क्षेत्र प्रभावित भएको बताए । निजी क्षेत्रलाई उकास्न जिल्ला तहबाट केन्द्रसम्म प्रयासरत रहेको बताउँदै उनले राजनैतिक स्थायित्व आर्थिक समृद्धि र विकासमैत्री नीतिलाई सबै सरकार र राजनैतिक दलको मुख्य एजेण्डा बनाउने माग गर्दै आएको बताउँदै उनले स्पष्ट र दीर्घकालिन नीति अभाव र भएको निति कार्यान्वयन नहँुदा समस्या जटिल बन्दै गएको, उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा राज्यले हितमा सम्बोधन गर्नुपर्ने धेरै विषय रहेको बताए । उद्योग बन्द हुनु र पूर्ण रूपले चलायमान हुन नसक्नु, साना व्यव साय पलायन हुने अवस्थामा राज्यले आर्थिक चलायमानको अनुकुल मिलाउनु उनले जनाए । बैंक र वित्तीय संस्था लचिलो हुनुपर्ने, सम्भावान बोकेको क्षेत्रमा राज्यको लगानी हुन नसक्नु, कृषि प्रदान देशमा कृषिमा आत्मनिर्भरता नहुनु, पर्यटनमा सम्भावना भए पनि पहिचान गर्न नसक्दा बेरोजगार र श्रम बाहिर गइरहेको उनले औंल्याए । उनले कृषि, उद्योग, पर्यटन, उर्जा मुलुकका समृद्धिका आधार भएको जनाउँदै यसका लागि सरकारले विशेष ध्यान दिएर काम गर्नु आवश्यक रहेको उल्लेख गरे ।
प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ नेपालका अध्यक्ष चन्द्रप्रसाद ढकालले उच्चस्तरीय आर्थिक सुधार आयोग गठन भई निजी क्षेत्रमैत्री कानुन परिवर्तन, मौद्रिक नीति र बजेटमा पनि धेरै संशोधन र सुधार भएको छ । केही सुधार र सशोधनको क्रममा रहेको जनाए ।
उनले निजी क्षेत्रको लगानीका लागि १० अर्बको नेपाल विकास कम्पनी सञ्चालन गरेको, जसले नेपालमै लगानीको वातावरण बनाई सम्भावना भएको क्षेत्रमा लगानी सुरुवात गरेको बताए । विधान संशोधन, महिला सहभागिता, प्रत्यक्ष निर्वाचनबाट अधिवेशन, सबै प्रदेशमा प्रतिनिधित्व हुने गरी संस्थागत रूपमा बलियो बनाउन विधान र नियमावली संशोधन महासंघले गरेको उनले जनाए ।
निजी क्षेत्र जस्तो अवस्थामा पनि संघर्ष गर्नुको कारण ऋणको भारले हजारांैलाई रोजगारी दिएकोले बन्द गर्न नसक्ने हँुदा धुलो टकटकाएर उठ्नु पर्ने बाध्यात्मक अवस्था हुने बताए । निजी क्षेत्रले रोजगारी सृजना, राज्य सञ्चालनको सहयोगी, पूर्वाधार विकास र सेवा प्रभावमा सहजता गरेपनि जजुनसुकै आन्दोलनमा निजी क्षेत्रलाई लक्षित गरिनु दुःखद रहेको जनाए
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, बागमति प्रदेश अध्यक्ष दिल सुन्दर श्रेष्ठ, केन्द्रीय उपाध्यक्ष हेमराज ढकालले सम्भावना नै सम्भावना भएको देशमा अपेक्षाअनुसारको उपलब्धि भएको छैन । यहाँ सेज, विमानस्थल, बुद्ध जन्मस्थललगायतको ठूलो सम्भावना निजी क्षेत्र सन्तुष्ट नहुनु दुःखद रहेको बताएका थिए । २४ घण्टामा जीएनजीले ऐना देखाएकोले सबै सच्चिएर युवालाई विदेश जानबाट रोक्नु पर्ने, युवा मैत्री, व्यवसायमैत्री, लगानीमैत्री नीतिलाई निजी क्षेत्रको सम्मान र मनोबल बढाउने कार्यक्रम ल्याउनुपर्ने आवश्यकता रहेको उनीहरूले उल्लेख गरेका थिए । साझा समस्या एकीकृत गरेर समाधान दिनेमा संघ लागेकोले यहाँ आउने पर्यटकले नयाँ मोडेल खोजेकोले त्यसतर्फ निजी क्षेत्रले विकास गर्नुपर्ने आवश्यकता छ । लगानी गर्ने क्षेत्रबारे बारे उद्योगी व्यवसायीमा अन्योलता भएकोमा सबै निरास छन् । मुलुकमा आर्थिक संकट देखिए पनि सरकारले ध्यान दिए जस्तो छैन । मुलुक संकटमा, राजनैतिक अवस्था स्थिर नहुँदा मनोबल घटेको छ, यसलाई बढाउन निजी क्षेत्र एकत्रित र एकबद्ध भएर अगाडि बढ्नु पर्ने उनीहरूले बताए । राजनैतिक द्वन्द्वले धेरै निजी क्षेत्र तहसनहस भई लगानी सुरक्षित नभएकोले महसंघले चलायमानका लागि लगानी मैत्री वातावरण बनाउनका लागि सरकार र निकायतर्फ अझै कार्यक्रमको निरन्तरता दिनुपर्ने उनीहरूको भनाइ रहेको थियो ।
विशिष्ट अतिथि सिद्धार्थनगर नगरपालिका उप–प्रमुख उमा अधिकारीले जीएनजीको घटना हुनुको कारण गणतन्त्र अनुभूति नभएर यो घटना हुन पुगेको बताइन् । उनले उद्योगी व्यवसयाीलाई मध्यनजर गरी संघको समन्वय र सहकार्यमा सिद्धार्थनगर अघि बढेको जनाइन् । खुला सीमा चुनौती भए पनि पर्यटक तान्ने अवसर लिन नसकेकोमा निजी क्षेत्रले ध्यान दिँदै यहाँको उत्पादन, घरेलु तथा स्वदेशी उत्पादनको प्रचारप्रसारमा जोड दिनुपर्ने उनले बताइन् । उनले उद्योग–व्यवसायलाई चलायमान बनाउनुपर्नेमा जोड दिँदै लुम्बिनीलाई पर्यटनको केन्द्रको रूपमा मात्रै विकास गरी प्रचारप्रसार गर्न सके मुलुकलाई समृद्ध बनाउन सकिने उल्लेख गरिन् ।
संघका वरिष्ठ उपाध्यक्ष दिलीप कान्दुको धन्यवाद, संघका महासचिव कृष्णप्रसाद घिमिरेको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न अक्षयकोषबाट सञ्चार, शिक्षा, साहित्य, खेलकुद र उद्योगी व्यवसायीलाई सम्मान गरिएको थियो ।




