परासी । पश्चिम नवलपरासीको रामग्राम बचत तथा ऋण सहकारी सहकारी संस्था लि.को २३ओैं वार्षिक साधारणसभा कार्यक्रम सम्पन्न भएको छ । सदरमुकाम परासी रामग्राम ३ मा अवस्थित रामग्राम बचत तथा ऋण सहकारी सहकारी संस्था लि.को २३ओैं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
२२ ओैं वार्षिक साधारणसभा अध्यक्ष अनिल कुमार शर्माको अध्यक्षता तथा लुम्बिनी प्रदेश सासद बैजनाथ कलवारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम बोल्दै सासद कलवारले रामग्राम बचतले रामग्राम नगरिमा उत्कृष्ट काम गरेको प्रसास गरेका थिए ।उनले जिल्लामा धेरै सहकारीहरू रहेकोले केही सहकारीहरू बचतकर्ताहरूको पैसा डुबेको भन्दै तर रामग्राम बचतले नगरिमा नाफा बचत मात्र ग नगरिमा शेयर सदस्यहरू उत्पादन र ऋणात्मक प्रवाह गरि शेयरसदस्य व्यापार व्यवसाय प्रबर्द्धन गरेको बताए ।
वि.सं २०५९ सालमा स्थापनाको यस संस्थामा हाल सम्म ३५५ जना सेयर सदस्यहरु रहेको जसमा २०४ जना पुरुष ,१४४ जना महिला र अन्य २ जना जसमा ५० जना बाल बचतकर्ता । रहेको छ भने ५८ लाख ८२ हजार ३ सय सेयर पुजी रहेको संस्थाका सचिव मुक्ति पौडेलले जानकारी दिए ।
आ.व २०८०१।०८२मा संस्थाले ३ करोड ४० लाख ५१ हजार ८ सय १६ रुपैया बराबरको कारोवार गरेको छ । संस्थाले १० लाख ८७हजार ३ सय ४० रुपैयाँ शुद्ध नाफा गर्न सफल भएको कोषाध्यक्ष सूर्यनाथ दास पटेलले जानकारी दिए । संस्थाले बचत गर्ने बाल बचतकर्ता ३ जना र असल ऋणि १ जनालाई नगद सहित सम्मान समेत गरेको हो
आ.व २०८१।०८२को वार्षिक प्रगति प्रतिवेदन एवम् आ.व २०८।१०८२ को प्रस्तावित नीति तथा कार्यक्रम संस्थाका सचिव मुक्ति प्रसाद पौडेलले प्रस्तुत भने आ.व २०८१।०८०२ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेको प्रतिबेदन संस्थाका कोषाध्यक्ष सुर्यनाथ पटेल संस्थाका लेखा समिति संयोजक अमरदिप गुप्ता प्रस्तुत गरेको प्रतिबेदन सभाले पारित गरेको थियो ।
साधारणसभामा रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरी रामग्रामकी,पूर्व उपप्रमुख रम्भा कुवँर संस्थाका सदस्य सन्दिप अग्रहरी पूर्व अध्यक्ष जनार्दन ठाकुर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।




