२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रामग्राम बहुउद्देश्यीय सहकारी संस्थाको चौथौ औं साधारणसभा

रामग्राम बहुउद्देश्यीय सहकारी संस्थाको चौथौ औं साधारणसभा

रामग्राम बहुउद्देश्यीय सहकारी संस्थाको चौथौ औं साधारणसभा

रामग्राम बहुउद्देश्यीय सहकारी संस्थाको चौथौ औं साधारणसभा

रामग्राम बहुउद्देश्यीय सहकारी संस्थाको चौथौ औं साधारणसभा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
आइतवार, पौष २७ २०८२
आइतवार, पौष २७ २०८२
  • पश्चिम नवलपरासीको रामग्राम बहुउद्देश्यीय  सहकारी संस्था लि.को चौथौ औं वार्षिक साधारणसभा  कार्यक्रम सम्पन्न भएको छ । सदरमुकाम परासी रामग्राम ५  मा अवस्थित रामग्राम बहुउद्देश्यीय  संस्था लि.को चौथौ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । 

    रामग्राम बहुउद्देश्यीय संस्थाका अध्यक्ष शिबेन्द्र शाह तथा रामग्राम नगरपालिकाका मेयर धनपत यादवको प्रमुख आतिथ्यता भएको कार्यक्रम यादवले सहकारीले शेयर सदस्यलाई उत्पादन मुलकमा जोड्न अग्रसरता देखाउनु पर्ने जोड दिए ।उनले बचत तथा ऋण प्रवाह मात्र नभई शेयरसदस्यलाई उत्पादन संग जोडेर व्यवसयिक रूपमा अगाडि बढ्नु पर्ने अवस्था आएको बताए ।

    नगरपालिकाले सहकारीहरूलाई नगर सहकारीलाई व्यवस्थित बनाउनको लागि अब छानविन गर्ने बताए ।

    वि.सं २०७८ सालमा स्थापनाको यस संस्थामा हाल सम्म ४४ जना सेयर सदस्यहरु रहेका छन भने महिला १९२ जना र पुरूष ६९५ जना गरी कुल ८८७ जना बचतकर्ता रहेको संस्था सदस्य अमन गुप्ताले जानकारी दिए  ।

    ११लाख ४७हजार ५ सय सेयर पुँजी रहेको संस्थाका अध्यक्ष शिबेन्द्र शाहले जानकारी दिए ।

    आ.व. २०८१।०८२मा संस्थाले १ करोड ८७ लाख ७० हजार ९सय २० रुपैया बराबरको कारोवार गरेको छ । संस्थाले  ८३हजार ४ सय ६५ रुपैयाँ शुद्ध नाफा गर्न सफल भएको कोषाध्यक्ष विनय यादवले जानकारी दिए । 


    आ.व २०८१।०८२को वार्षिक प्रगति प्रतिवेदन एवम् आ.व २०८१।०८२ को प्रस्तावित नीति तथा कार्यक्रम संस्थाका अध्यक्ष शिवेन्द्र शाहले प्रस्तुत  भने आ.व २०८१।०८०२ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेको प्रतिबेदन संस्थाका कोषाध्यक्ष विनय यादवले संस्थाका लेखा प्रस्तुत गरेको  प्रतिबेदन सभाले पारित गरेको थियो । 


    सहकारीको कार्यक्षेत्र रामग्राम नगरपालिकाको वडान १६ ,४,र १२ रहेकोमा यसबर्षदेखी थप कार्यक्षेत्र बिस्तार गर्ने संस्थाले जनाएको छ । साधारणसभामा संस्थाका उपाध्यक्ष बदरे आलम अन्सारी ,संस्थाकी व्यवस्थापक सिमा कुमारी चौधरी, शेयर सदस्यद्वय ओमनारायण चौधरी, रामसुभग गुप्ताले  शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij