२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

होराइजन जिबिएसमा खेल सप्ताह; कविता वाचन,लङजम्प,दाैड ज्वावलिङ् थ्रो तथा फुटवल प्रतियोगिता सम्पन्न

होराइजन जिबिएसमा खेल सप्ताह; कविता वाचन,लङजम्प,दाैड ज्वावलिङ् थ्रो तथा फुटवल प्रतियोगिता सम्पन्न

होराइजन जिबिएसमा खेल सप्ताह; कविता वाचन,लङजम्प,दाैड ज्वावलिङ् थ्रो तथा फुटवल प्रतियोगिता सम्पन्न

होराइजन जिबिएसमा खेल सप्ताह; कविता वाचन,लङजम्प,दाैड ज्वावलिङ् थ्रो तथा फुटवल प्रतियोगिता सम्पन्न

होराइजन जिबिएसमा खेल सप्ताह; कविता वाचन,लङजम्प,दाैड ज्वावलिङ् थ्रो तथा फुटवल प्रतियोगिता सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, पौष २७ २०८२
आइतवार, पौष २७ २०८२
  • तिलोत्तमा । होराइजन गौतम बुद्ध मा.वि.तिलोत्तमा १ ड्राइभरटोल रुपन्देहीको ३२ औँ वार्षिकोत्सवका अवसरमा आयोजित सप्ताह व्यापी खेलकुद प्रतियोगिताको तेस्रो दिनमा विभिन्न खेलहरू सम्पन्न भएका छन् ।

    आज भएको कविता प्रतियोगितामा सृजित भण्डारीले प्रथम स्थान, आयुष न्यौपानेले द्वितीय स्थान र प्रिया गुप्ता बानियाँले तृतीय स्थान हासिल गरेका छन् ।

    यसैगरी १०० मि. छात्रा दौडतर्फ कक्षा १२ की छात्रा प्रगति ज्ञवालीले प्रथम स्थान, कक्षा १२ कि छात्रा जस्मिन थापाले द्वितीय र कक्षा १२ बि र की छात्रा ऋचा रानाभाटले तृतीय स्थान हासिल गरेका छन् । 

    यसैगरी छात्रातर्फकै लङ्जम्प प्रतियोगितामा कक्षा १२ की छात्रा प्रगति ज्ञवालीले ४.१० मि. फ्याँक्दै प्रथम स्थान, कक्षा १२ की छात्रा हिना ज्ञवालीले ३.३७ मि. फ्याँक्दै, द्वितीय स्थान र कक्षा १२ की छात्रा जस्मिन थापाले ३ मि. फ्याँक्दै तृतीय स्थान हासील गरेकी छन् । 

    यसैगरी ज्यावलिङ् थ्रो (छात्रा) कै खेलमा कक्षा ११ की छात्रा अविशा कार्कीले (१२.३० मि) फ्याँक्दै प्रथम स्थान, कक्षा १२ की छात्रा जस्मिन थापाले १०.६० मि फ्याँक्दै द्वितीय स्थान, कक्षा १२ बि की छात्रा प्रगति ज्ञवालीले १०.५५ मि. फ्याँक्दै तृतीय स्थान हासिल गरेका छन् । 

    यसैगरी छात्रतर्फ भएको ज्यावलिङ् थ्रो खेलमा कक्षा ११ का नरेश गुरुङ्ले ३२.७० मि. फयाँक्दै प्रथम स्थान, कक्षा ११ का कमल क्षेत्रीले २८.६० मि. फ्याँक्दै द्वितीय स्थान र कक्षा ११ छात्र सुशिल भण्डारीले २७.६० मि. फ्याँक्दै तृतीय स्थान हासिल गरेका छन् । 

    आजै भएको फुटबल प्रतियोगितामा कक्षा ११ विज्ञान समूह (सक्षम अर्याल, स्वरुप अर्याल, रोशन बारघरे, आयुश पेमी, गौतरव खनाल, अज्जु सारु, निश्चल थापा, अमन क्षेत्री, सिद्धार्थ पौड्याल र अजित मल्ल) ले प्रथम स्थान र कक्षा १२ विज्ञान (अविशेक काफ्ले, रुपक पाण्डे, सुरज उपाध्याय, रिजन गौतम, शिशिर भण्डारी, सुगम बस्याल, सन्जय पौडेल, अशोक भट्टराई, रिजन थापा, आशिष शर्मा) ले द्वितीय स्थान हासिल गरेका छन् । 

    आजै सम्पन्न क्रिकेट खेलमा कक्षा १२ व्यबस्थापन दिवा (प्रकाश बञ्जाडे, सुजन ढकाल, मन्दिप बस्नेत, विवेक केसी, शिखर पौडेल, निखिल पराजुली, आर्यन हमाल, आदर्श सापकोटा, अंकित अर्याल, सचिन न्यौपाने, रमेश लोध, प्रशान्त क्षेत्री, सन्देश खनाल, प्रकट गौतम, रितेश पाण्डे) समूहले प्रथम स्थान र कक्षा ११ विज्ञान तथा व्यबस्थापन मिक्स समूह – आदित्य रौनियार, दर्शन भट्टराई, आयुश पेमी, सिद्धार्थ पौडेल, अविशेक खनाल, जुमन मुसलमान, जिसन कुंवर, अमन क्षेत्री, मनीष यादव, करण यादव, निमित बन्सल, सृजित भण्डारी, कुन्जन के.सी. , सक्षम अर्याल, भिजन पाठक)को समूहले द्वितीय स्थान हासिल गरेका छन् । 

    भोलि बास्केटबल ,कबड्डी लगायतका थुप्रै खेलहरू सञ्चालन गरिने अतिरिक्त क्रियाकलाप प्रमुख डा. मुरारि पराजुलीले जानकारी गराउनुभएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij