२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नेपाल जुलोजिकल सोसाइटीको केन्द्रीय अध्यक्षमा डा. शर्मा,सचिवमा बुटवलका बन्जाडे

नेपाल जुलोजिकल सोसाइटीको केन्द्रीय अध्यक्षमा डा. शर्मा,सचिवमा बुटवलका बन्जाडे

नेपाल जुलोजिकल सोसाइटीको केन्द्रीय अध्यक्षमा डा. शर्मा,सचिवमा बुटवलका बन्जाडे

नेपाल जुलोजिकल सोसाइटीको केन्द्रीय अध्यक्षमा डा. शर्मा,सचिवमा बुटवलका बन्जाडे

नेपाल जुलोजिकल सोसाइटीको  केन्द्रीय  अध्यक्षमा डा. शर्मा,सचिवमा बुटवलका बन्जाडे
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष २८ २०८२
सोमवार, पौष २८ २०८२
  • बुटवल । नेपाल जोलोजिकल सोसाइटीको केन्द्रीय अध्यक्षमा डा. हरिप्रसाद शर्मा निर्वाचित भएका छन् । जोलोजीको दोस्रो राष्ट्रिय सम्मेलनका सन्दर्भमा बुटवलमा सम्पन्न १३औं साधारणसभाले शर्माको नेतृत्वमा नयां कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जोलोजिकल सोसाइटी प्राणी शाष्त्रमा स्नातकोत्तरदेखि विद्यावारिधी गरेका प्राज्ञिकहरुको साझा संस्था हो । 
    सोसाइटीको उपाध्यक्षमा राजेन्द्र सुवाल,महासचिवमा डा. विष्णुप्रसाद भट्टराई,सचिवमा बाबुराम बन्जाडे र कोषाध्यक्षमा डा. पूजा जैसवाल निर्वाचित भएकी छन् । 
    यस्तै कार्यसमति सदस्यहरुमा डा. रमा मिश्र,डा. दीपक गुप्ता,माया उपाध्याय,शालिकराम अधिकारी,डा.जगन्नाथ अधिकारी,डा. राजेन्द्र बस्यौला,गंगा शाह,चेतराज भट्ट र कमलकुमार शर्मा निर्वाचित भएका सचिव बाबुराम बन्जाडेले जानकारी दिए । नयां नेतृत्वको कार्यकाल दुई वर्ष रहेको छ । 
    सोसाइटीका नव निर्वाचित अध्यक्ष डा. शर्माले सरकारी निकायहरुमा जोलोजिष्टहरुको नियुक्ति र सहभागिता न्यून रहेकाले बढाउन नीतिगत पहल गर्ने,प्रदेश स्तरमा जैविक विविधता, माछा देखि हात्तीसम्मका प्रजातिका प्राणीको तथ्यांक संकलन र अनुसन्धान, बांदर लगायत कतिपय वन्यजन्तुका कारण बालीनालीमा वर्षेनी करोडौं क्षति भएकाले बांदरको संख्या नियन्त्रण लगायत विषयमा सरकारलाई सुझाव दिने बताए । 
    दुईदिने राष्ट्रिय सम्मेलनकै अवसरमा नेपाल जोलोजिकल सोसाइटी लुम्बिनी प्रदेशको पनि साधारणसभा भएको छ । साधारणसभाले कमलकुमार शर्मा अध्यक्ष रहेको नयां कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा अमर केसी,महासचिवमा श्रीराम न्यौपाने,कोषाध्यक्षमा कमला खत्री,सचिव अब्दुल हाकिम खान निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरुमा नारायण बराल,बुद्धिराम ओली,आदेश ओली,शिवराज न्यौपाने,दीपा शर्मा र विशाल आचार्य निर्वाचित भएका अध्यक्ष शर्माले जानकारी दिए । 
    देशभर तीनसय जोलोजिस्टहरु रहेका सोसाइटीले जनाएको छ । 
    राष्ट्रिय सम्मेलनमा डा. कुमार सापकोटा, डा. छत्रमणि शर्मा,डा. पुष्पराज आचार्य,लुम्बिनी प्रदेश पर्यटन विकास परिषदका कार्यकारी प्रमुख रामु जोशी लगायतले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । 
     
    ((((((((((

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij