२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च, किन बढिरहेको छ ?

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च, किन बढिरहेको छ ?

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च, किन बढिरहेको छ ?

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च, किन बढिरहेको छ ?

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च, किन बढिरहेको छ ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष २८ २०८२
सोमवार, पौष २८ २०८२
  • काठमाडौं । सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ तय गरेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४ हजार १ सय रुपैयाँ बढी हो । अघिल्लो दिन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

     


    अन्तर्राष्ट्रिय बजारमै सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएपछि नेपाली बजारमा प्रभाव देखिएको हो ।

     

    चाँदीको भाउ प्रतितोला ५ हजार १९५ रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदी २०५ रुपैयाँ महँगिएको हो । हिजो प्रतितोला ४ हजार ९९० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

     


    किन बढिरहेको छ भाउ ?

    अन्तर्राष्ट्रिय बजारमा सोमबार कारोबारका क्रममा सुनको भाउ प्रतिऔंस ४ हजार ५५० अमेरिकी डलर नाघेको छ । त्यस्तै चाँदी प्रतिऔंस ८३ डलर नाघेको छ ।

     

    एक औंस बराबर २।४३ तोला हुन्छ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी महँगिनुको कारण अमेरिकाले निम्त्याएको विश्वव्यापी तनाव रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य बताउँछन् ।

     

    ‘जहिले पनि अन्तर्राष्ट्रिय तनाव वा द्वन्द्व बढ्दा सुन र चाँदीको मूल्य पनि बढ्ने गर्छ, अहिले प्रमुख यहीं कारण हो’ उनले भने ।

     

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हर्कतका कारण विभिन्न मुलुकलाई यतिबेला तनाव बढेको छ । हालै भेनेजुएला कब्जा गरेका ट्रम्पले इरान, ग्रिनल्यान्ड लगायत मुलुकलाई समेत धम्की दिँदै आएका छन् ।

     

    त्यस्तै रुससँग तेल खरिद गर्दै आएका भारतसहित विभिन्न मुलुकलाई ५०० प्रतिशत ट्यारिफ लगाउने ट्रम्पले चेतावनी दिएका छन् ।

     

    यसले अन्तर्राष्ट्रिय द्वन्द्व बढ्ने डरले विभिन्न केन्द्रीय बैंक र लगानीकर्ता समेत सुन र चाँदीमा लगानी बढाइरहेका छन् । जसले मागसँगै मूल्य बढिरहेको बज्राचार्य बताउँछन् । अन्तर्राष्ट्रिय कमोडिटी बजारमा मूल्य बढ्दा नेपाली बजारमा त्यसको सिधा असर पर्दछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij