२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एभरेष्ट कप छात्रा भलिबलमा  एभरेष्ट र न्यू होराइजन विजयी

एभरेष्ट कप छात्रा भलिबलमा  एभरेष्ट र न्यू होराइजन विजयी

एभरेष्ट कप छात्रा भलिबलमा  एभरेष्ट र न्यू होराइजन विजयी

एभरेष्ट कप छात्रा भलिबलमा  एभरेष्ट र न्यू होराइजन विजयी

एभरेष्ट कप छात्रा भलिबलमा  एभरेष्ट र न्यू होराइजन विजयी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, पौष २९ २०८२
मंगलवार, पौष २९ २०८२
  • बुटवल ।   रुपन्देहीको बुटवलमा एघारौ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ । एभरेष्ट इङ्ग्लिस मावि बुटवलको आयोजनामा सुरु भएको एभरेष्ट कप छात्रा भलिबल प्रतियोगितामा जिल्लाभरीका डेढ दर्जन सामुदायिक र संस्थागत विद्यालयका टिमहरुको सहभागिता रहेको छ ।


     सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा न्यू होराइजन र आयोजक एभरेष्ट मावि विजयी भएका छन् । पहिलो उद्घाटन खेलमा देवदह इङ्ग्लिस बोर्डिङ् स्कुललाई सोझो सेटमा हराउँदै होराइजन मावि बुटवलले अघिल्लो चरणमा प्रवेश गरेको छ । 


    यस्तै सोमबार नै भएको दोस्रो खेलमा अक्सफोड मावि बुटवललाई सोझै सेटमै पराजित  गर्दै आयोजक एभरेष्ट इङ्ग्लिस माविले अघिल्लो चरणको यात्रालाई सुरक्षित गरेको खेल संयोजक अर्जुन घिमिरेले जानकारी दिए ।


     यस्तै सोमबार नै भएको तेस्रो खेलमा ग्रीन प्लान्ट मावि देवदह, चौथो खेल र पाँचौ खेलमा देवदह बुद्ध पब्लिक विजयी भएका हुन् । प्रतियोगिताका अन्य खेलहरु मंगलबार र बुधबार हुने छन् भने बुधबार फाइनल खेल हुने उनले बताए ।


    प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख विष्णुप्रसाद पन्थीले खेलकुदले विद्यार्थीको चौतर्फि विकास गर्ने उल्लेख गर्दै संस्थागत विद्यालयहरुले शैक्षिकसँगै खेलकुदको क्षेत्रमा ठुलो लगानी गरेको बताए । 


    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन नेपालका केन्द्रीय उपाध्यक्ष टिकाराम न्यौपाने, हिसानका केन्द्रीय सदस्य दिनेश भुसाल, अभिभावक संघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, प्याब्सनका रुपन्देही अध्यक्ष दीपक खनाल, नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डे, विद्यालयका सह–प्राचार्य भिमसेन गौतमलगायतले खेलकुदको विकासमा निजी विद्यालयहरुको भुमिका महत्वपूर्ण रहँदै आएको उल्लेख गर्दै सहभागी टिमलाई विजयीको शुभकामना दिए । 
    कार्यक्रममा विद्यालयका प्राचार्य कृष्ण न्यौपानले विद्यालयले शैक्षिकसँगै आन्तरिक, नगर र जिल्लास्तरीय विभिन्न कार्यक्रमहरु निरन्तर आयोजना हुँदै आएको बताए ।
     शिक्षक माधव पौडेलको सञ्चालनमा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रमको अवसर पारेर विद्यालयले खेलकुद सप्ताहको पनि शुभारम्भ गरेको छ । कक्षा एकदेखि मावितहका विद्यार्थीहरुले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने सप्ताहमा भलिवल, स्कीपिङ रेश, टायर रेश, बुक रेश, हाइजम्प, लगजम्प, बलुन ब्लाष्ट, म्युजिकल चियरलगायतका प्रतिस्पर्धाहरु हुने छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij