२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रेरणाका पात्र प्रशान्त

प्रेरणाका पात्र प्रशान्त

प्रेरणाका पात्र प्रशान्त

प्रेरणाका पात्र प्रशान्त

प्रेरणाका पात्र प्रशान्त
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, पौष २९ २०८२
मंगलवार, पौष २९ २०८२
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधनले संसारभरका नेपालभाषी फ्यानलाई स्तब्ध बनाएको छ । सुरिलो स्वरका प्रिय गायक प्रशान्त तामाङको आइतबार बिहान ह्दयघातबाट निधन भयो । अब उनी आफ्ना करोडौं फ्यानका सामु कहिल्यै फर्कने छैनन् । ४२ वर्षीय प्रशान्तको निधनले नेपाली भाषीलाई स्तब्ध बनाउनुको कारण हो, नेपाली गीत र संगीतमार्फत् उनले पु¥याएको योगदान । उनको निधनले दार्जिलिङसहित संसारभर छरिएका नेपालीभाषीलाई निराश बनाएको छ । अरुणाचल प्रदेशमा कार्यक्रम सकेर दिल्ली  फर्किएलगत्तै उनलाई हृदयघात भएको थियो । ४ जनवरी १९८३ मा पश्चिम बंगालको दार्जिलिङमा जन्मिएका  प्रशान्त संघर्ष र मिहिनेतबाट उदाएका प्रतिभावान व्यक्ति हुन् । सानै उमेरमा बुबा बितेपछि परिवारको जिम्मेवारी सम्हालेका उनी अरूका लागि पनि प्रेरणाका पात्र हुन् ।


    परिवारको जिम्मेवारीको भारीलाई जुरूक्क उठाउन उनी कोलकाता प्रहरीमा कन्स्टेबलको रूपमा भर्ती भए । प्रहरी ब्याण्डमा गीत गाउँदा गाउँदै उनी आफैँलाई सांगीतिक यात्रातर्फ डो¥याउन थाले । जब  ड्युटी सकिन्थ्यो ।  बेलुका ब्याण्डको अभ्यास, सानो कक्षमा गीत रेकर्डिङमा व्यस्त हुन्थे । गीत संगीतप्रतिको लगाबले उनलाई सक्षम गायकको पहिचान दियो । र, आज नेपालीभाषी समुदाय उनको सम्झनामा रोएको छ । श्रद्धाञ्जली दिएको छ । मान्छेको जन्म संयोग हो, मृत्यु निश्चित छ । जन्मेपछि मृत्यु निश्चित भए पनि कहिले भन्ने ठ्याक्कै थाहा हुन्थ्यो भने मान्छेको जीवन गतिशील बन्न सम्भव थिएन् । अनिश्चित समयरेखामा हिंड्दै गर्दा कहाँ गएर मान्छेको जीवन बिराम लाग्छ, थाहा नहुँदो रहेछ । त्यस्तै भयो प्रशान्तको जीवनमा ।


    सन् २००७ मा इन्डियन आइडल सिजन–३ मा अडिसन दिएपछि प्रशान्तको जीवनले निर्णायक मोड लिएको हो । स्टेजमा गाउन उभिँदा उनी एक्ला थिएनन् । करोडौं नेपालीभाषी फ्यान उनको साथमा उभिए । प्रतियोगितामा दर्शकको माया र निर्णायकको प्रशंसाले अन्ततः उनले उपाधि जिते । त्यस दिन उनी गाइरहेका थिए,‘गोर्खालीको छोरो हुँ म, गोर्खे मेरो नाम ।’ उनको यही भावनाले नै हो उनीप्रति नेपालीको माया र स्नेह । भूगोल फरक भए पनि भाषाकै कारण हो, उनलाई नेपालसँग जोडेको । भूगोल फरक भए पनि भाषाले उनलाई नेपालसँग कहिल्यै नमेटिने ढंगले जोड्यो । पहिले इण्डियन आइडल भएपछि उनलाई जति माया दिए त्यत्तिकै अहिले उनको निधनमा नेपाली दुःखी भए । उनको भौतिक अवसान भए पनि नेपाली कला संस्कृति प्रवर्धन र नेपाली भाषी समुदायलाई जोड्न उनले खेलेको भूमिका अतुलनीय छ । नेपाली भाषा र संस्कृति प्रवर्धनमा उनले खेलेको भूमिका हामी सम्झिरहने छौँ । नेपालीको मन–मनमा रहने छौँ । तिमी अजर अमर रहने छौँ । हार्दिक श्रद्धाञ्जली प्रशान्त ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij