२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नेपालका राजनीतिक पार्टीहरू र पुराना विर्तावालहरूको चरित्र

नेपालका राजनीतिक पार्टीहरू र पुराना विर्तावालहरूको चरित्र

नेपालका राजनीतिक पार्टीहरू र पुराना विर्तावालहरूको चरित्र

नेपालका राजनीतिक पार्टीहरू र पुराना विर्तावालहरूको चरित्र

नेपालका राजनीतिक पार्टीहरू र पुराना विर्तावालहरूको चरित्र
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, पौष ३० २०८२
बुधवार, पौष ३० २०८२
  • झपेन्द्र जिसी

    राजा गिर्वाण युद्धविक्रम शाहको पालादेखि देशभक्तिपूर्ण काम गर्दागर्दै वीरत्व प्राप्त गर्ने योद्धाहरुलाई स्याबासी स्वरूप जग्गा विर्ता दिइन्थ्यो । यसै जग्गाबाट देशभक्त योद्धाहरुको सन्ततिहरुले जग्गा कोरेर भरणपोषण गर्दथे । त्यो बेला सिपाही सेनालाई तलब दिन सकिंदैन्थ्यो । पृथ्वीनारायण शाहले पनि नगद तलब होइन, जग्गा नै दिने गर्दथे । यो प्रचलनलाई राम्रै भनिन्थ्यो र अहिले पनि  मान्नु पर्छ भन्ने लाग्छ ।


    तर पछिल्ला दिनहरुमा राज्य सत्तामा ब्राह्मणहरूको हाली मुहाली भएपछि राजाको चाकडी गरेर ब्राह्मणहरूले थुप्रै जग्गा पाए । जग्गाको मालिक भए । यस्ता जग्गाका मालिकलाई विर्तावाल भनिन्थ्यो । नेपालमा यसरी हजारौं मानिसहरू जग्गाका अधिपति अर्थात् विर्तावाल भए । यी विर्तावालमाथि ढाँड खिदिमका गौतम परिवार पनि विर्तावाला हुन् । देशभक्तिपूर्ण आन्दोलनमा  नलागे पनि वा योगदान नगरे पनि ब्राह्मण भएकै कारण ढाँड खिदिम पोखराथोकका हरिहर गौतमले पूर्वतर्फ पाल्पाको छहरा भुवन पोखरीसम्म, पश्चिममा  कुखुरे देउरालीदेखि धातीवाङ र दक्षिणतर्फ ढाँड मैदान पटौटी बाडुङ्गा दक्षिणतर्फको तलहट्टीसम्म उत्तरमा रिडी खोला, दौघासम्म उनको विर्ता रहेछ । एक दिनको कुरा हो । वामपन्थी वाङ्मयका महारथी मोदनाथ प्रश्रितले मलाई पातलो पुस्तक ‘रैतीको पनि इतिहास हुन्छ ।’ भन्ने पुस्तक दिँदै भन्नुभयो–हेर्नुस् जिसीजी हुन त हामीहरु हरिहर गौतमकै इर्दगिद्धेका मानिस हौं एक खालले उनकै सिता खाएका मान्छे भने पनि हुन्छ । तर विर्तावालहरुको साह्रै स्वेच्छाचारिता र निरंकुशता हुन्थ्यो ।

    माथि उल्लिखित गौतम विर्ताको फेरो भित्र रहने बस्ने रैतीहरु विर्तावालको इच्छा मुताविक चल्नु, बस्नु पर्दथ्यो । अन्यथा गरे गिरफ्तार गरी घरबासविहीन बनाउने, आफ्नै घरको कोठामा थुन्ने गर्दथे । यिनका ज्यादतीका विरुद्धमा बोल्न सक्ने कोही थिएन । बोले त गोर्खे लौरी लाइहाल्थे । गरी खाने जग्गा खोसिहाल्थे विर्तावालले । त्यसैले विर्तावाल भनेपछि ती रैतीहरु तैं चुप मै चुप हुन बाध्य थिए । सामन्ती व्यवस्थाको परकारष्ठा कस्तो हुन्छ भन्ने यो नमूना नै थियो ।


    स्मरण रहोस्– पोखराथोकको हरिहर संस्कृत  पाठशाला उनकै नामबाट स्थापित  र सञ्चालित थियो । र एकखाले भन्ने हो भने उनी यो क्षेत्रका शिक्षा विकासका प्रतिमूर्ति थिएन भनेर पनि मान्नुपर्छ । तै पनि बाघको छोरो डमरूले बाघकै चरित्र देखाउँछ । 
    इलाका क्षेत्रमा यस्ता विर्तावालको राइँदाइँ हाँकडाँक थियो ।


    यहाँ प्रसङ्गवश विर्तावाल र विर्ता प्रथाको कुरा कोट्याइयो । लेखनको विषय यो थिएन । विषय त के हो भने हाम्रा प्यारा राजनीतिक पार्टीहरु र आदरणीय राजनीतिक नेताहरुको प्रवृत्ति वा चरित्र चित्रण ! राजनीतिक पार्टीहरुका आदरणीय नेताहरुको प्रवृत्ति, चिन्तन र व्यवहार तत्कालीन विर्तावालको भन्दा भिन्न देखिएन । वर्तमान नेताहरुको प्रवृत्ति र दम्भले तत्कालीन विर्तावालको दम्भ, निरंकुशता, स्वेच्छाचारिता तत्कालीन विर्तावालहरूलाई माथ गरेको पाइन्छ । नत्पाए तुलो तराजु, मानामाथीले तौलेमा वा नापेमा स्पष्ट हुनेछ ।


    फ्रान्सका वादशाह लुइ १६औं ले (म नै राज्य हुँ) भन्ने र त्यस्तै व्यवहार गर्ने गर्थे रे । यो कुरा इतिहास प्रसिद्ध छ । कपोलकल्पित मिथ्या लाञ्छना वा आरोप होइन । हाम्रा राजनीतिक पार्टीका नेताहरुले भन्न त प्रजातन्त्र, वा लोकतन्त्र र गणतन्त्र भन्दछन् । आफू सच्चा लोकतन्त्रवादी भएको दाबी पनि गर्ने गर्दछन् । तर उनीहरुको दैनिक व्यवहार लोकतान्त्रिक छैन । लोकतान्त्रिक ढाँचामा उनीहरु ढालिएकै छैनन् । उनीहरुले आफ्नो बोलीलाई र व्यवहारलाई नै लोकतन्त्र र प्रजातन्त्र भनेर दाबी गर्छन् । तर उनीहरूलाई लोकले के भन्दैछन् ? र कसरी मूल्यांकन गर्दैैछन् , मतलब छैन । 


    यो दाबी हालै समानुपातिकतर्फको  राष्ट्रियसभाको निर्वाचनको लागि उम्मेदवार छनौटमा  आ–आफ्नो खल्तीबाट मन लाग्दी उम्मेदवार निर्वाचन आयोगमा प्रस्तुत गर्नु र सम्बन्धित पार्टीमा आबद्ध र लामोदेखि क्रियाशील कार्यकर्ताहरुले विरोध गर्नुले नेताहरुको अलोकतान्त्रिक निरंकुश चरित्रलाई उदङ्ग्याएको छ । यहाँनेर स्मरण हुन्छ हेन्स एण्डरसनको बादशाहको नयाँ पोशाक (इम्परस न्यूक्लोथिस) मा बादशाह ÷राजा नाङ्गैबुङ्गै भइसक्दा पनि आफूलाई जान्ने बुझ्ने दिग्गज ठान्नेहरुले महाराजालाई नयाँ कपडा निकै सुहाएको छ । भनेर मिथ्या प्रशंसा गरेको कथा मनीनय र स्मरणीय छ । अंग्रेजी भाषामा ती कथित दिग्गज राजभक्तहरूले भन्दै थिए– स्प्लेण्डिड ! एक्सेलेन्ट !! तर त्यहाँ कपडाको धरो पनि थिएन । सत्य कुरा छिपेर रहेको थियो । राजा रिसाउला भनेर ठूला मान्छेहरु वा आफूलाई दिग्गज ठान्नेहरु चुपचाप थिए वा मौन थिए ? यो मौनतामा दलाली र चाकडी लुकेको थियो ।  यो मौनतालाई क्रमभंग गर्नु वा चिर्नु थियो । 


    यही बेला एउटा सानो निर्दाेष बालकले भनिदियो– 
    कुरी कुरी !!
    बुङ्गै छ नाङ्गै छ लाजा बुङ्गै छ !
    लाजाको शरीरमा नाना कहाँ छ ?
    त्यसपछि एक कान दुई कान गर्दै यो सत्य कुरा मैदान भयो । र सबैले भन्न थाले राजा बुङ्गै छ ! राजा बुङ्गै छ !! 
    प्रिय सज्जनवृन्द ! हाम्रो लोकतान्त्रिक पद्धति यस्तै भएको छ । नेताहरु यस्तै भएका छन् । यस्तै सर्वाङ्ग नाङ्गै बुङ्गै भएका छन् । नेतृत्वले नाङ्गै  बुङ्गै भएकै कारण पोरखामा नेकाका पुराना नेता शुक्रराज शर्माले मनपरि भयो भनी मिडियालाई अन्तरवार्ता दिंदै थिए । आफू जस्तो पुरानो पचासौं वर्षदेखि राजनीतिमा क्रियाशील व्यक्तिलाई राष्ट्रिय सभामा वा समानुपातिकमा समाविष्ट नगरी क्याम्पसमा पढाइरहेको एउटा व्यक्तिलाई राष्ट्रिय सभा वा समानुपातिक लिष्टमा राखेर अन्याय गरेको यथार्थता बक्दै थिए । रास्वपा वा अन्य नयाँ भनिएका पार्टीको पनि हालत उस्तै छ ।


    उता लुम्बिनी प्रदेशमा विगतमा पक्कापक्की हार्ने अवस्था हुँदाहँुदै राष्ट्रियसभाको उम्मेदवार दिएको व्यक्तिलाई हटाएर वा बेवास्ता गरेर अर्काेलाई उम्मेदवार बनाएकोमा घनघोर असन्तुष्टि कार्यकर्ताहरुले प्रकट गरेको पाइन्छ । 


     नेका, एमाले र जसपा मिलेर निर्वाचन लड्दा अगाडि सारिएका उम्मेदवारले पक्कापक्की जित्ने अवस्था हुँदा अकारण उम्मेदवार फेंिरदा असन्तुष्टि मात्र होइन लोकतान्त्रिक पद्धतिमा विर्ता प्रथाको रजाईं भएको ज्वलन्त नमूना यसले प्रस्तुत गरेको किन नभन्ने ? प्रश्नहरु उठिरहेका छन् ।
    प्रश्नहरू उठेर के गर्र्नु ? आनीबानी सबै पुरानै छन् । लोकतान्त्रिक पद्धति भनेर पलपल जपे पनि ती आफूलाई निर्णयकर्ता ठान्ने नेताहरुले ठाड्ठाडै भन्ने गर्दछन्– मैले भनेपछि भयो । मैले जे भन्छु मान्नु पर्छ । यो नै निर्णय गर्ने लोकतान्त्रिक पद्धति हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij