२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

वनवाटिकाको १५औं साधारणसभा : उद्यान सम्बन्धी स्पष्ट कानूनको माग

वनवाटिकाको १५औं साधारणसभा : उद्यान सम्बन्धी स्पष्ट कानूनको माग

वनवाटिकाको १५औं साधारणसभा : उद्यान सम्बन्धी स्पष्ट कानूनको माग

वनवाटिकाको १५औं साधारणसभा : उद्यान सम्बन्धी स्पष्ट कानूनको माग

वनवाटिकाको १५औं साधारणसभा  :  उद्यान सम्बन्धी स्पष्ट कानूनको माग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, पौष ३० २०८२
बुधवार, पौष ३० २०८२
  • बुटवल । शंकरनगर बन बिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) को १५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सो अवसरमा बोल्दै प्रदेश सांसद एवं पुर्व मन्त्री भगवती घिमिरेले उद्यानहरुलाई व्यवस्थित बनाउन कानून निर्माणमा प्रदेश सभाले भूमिका खेल्ने बताइन् । नेकपा माओवादीका नेता एवं शहीद पार्क विकास समितिका वसन्त श्रेष्ठ प्रज्ज्वलनले वनवाटिका राष्ट्रिय स्तरमा उत्कृष्ट  पर्यटकीय गन्तव्य बनेको बताए । उनले वनवाटिकामा अब अनुसन्धान केन्द्र को काम अघि बढाउनु पर्नेमा ध्यान केन्द्रित गर्न आग्रह गरे ।
    नेपाल उद्यान महासंघका अध्यक्ष खेम लुइँटेलले शहरी र ग्रामी सबै क्षेत्रको सौन्दर्य बृद्धि, वातावरण संरक्षण र मानव स्वास्थ्यका लागि हरेक वडामा  उद्यान बनाउनुपर्नेमा जोड दिए । उद्यान सञ्चालन गर्ने कानून नभएकाले उद्यानहरुले समस्या भोग्नुपरेको र ७५ प्रतिशत उद्यान बन भित्र रहेकाले अब धार्मिक वन, निजी वन जस्तै उद्यान बन घोषणा गरिनुपर्ने बताए । उनले उद्यान सम्बन्धी कानुन निर्माणका लागि लुम्बिनी प्रदेश सरकारसंग समन्वय गरिरहेको बताए । 
    उद्यानलाई दोहोरो,तेहेरो कर लगाइएको र यो अव्यावहारिक छ भन्दै उनले पर्यटकको बसाई लम्ब्याउन पार्कहरुको भुमिका महत्वपुर्ण हुने
    बताए । संस्थाका अध्यक्ष खिमलाल पाण्डेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गत वर्ष ३ लाख ५६ हजार पर्यटकले भ्रमण गरेकामा यो वर्ष चार लाख बढी पर्यटक भित्राउने लक्ष्य रहेको बताए । अध्यक्ष पाण्डेले वन वाटिकाभित्र सन्ध्याकालीन पार्क बनाउन डीपीआर तयार भएको,बोटानिकल गार्डेन निर्माण लगायतको काम अघि बढाउने बताए ।  यस्तै आगामी वर्षदेखि पर्यटन पत्रकारिता पुरस्कार वितरण गर्ने समेत अध्यक्ष पाण्डेले आफ्नो प्रतिवेदनमा उल्लेख गरे । 
    कार्यक्रममा एमाले नगर अध्यक्ष मीनप्रसाद पोख्रेल,  नेकपा तिलोत्तमा संयोजक बेलप्रसाद शर्मा, शंकर नगर सामुदायिक वनका अध्यक्ष रविन्द्र बस्नेत, आजीवन सदस्य कमला ज्ञवाली,आजीवन सदस्य रमेश बस्याल, लेखा सुपरिवेक्षण समिति संयोजक प्रदीप पराजुली लगायतले विभिन्न सुझाव दिएका थिए । साधारणसभामा उपाध्यक्ष मीनप्रसाद देवकोटाले स्वागत र सचिव विदुर केसीले सञ्चालन तथा कोषाध्यक्षको  प्रतिवेदन कार्य समिति सदस्य शंकर भण्डारीले पेश गरेका थिए । केन्द्रमा ७१५ जना आजिवन सदस्य, ६६ जना साधारण सदस्य गरी कुल ७८१ जना सदस्यहरु रहेका छन । वनवाटिकामा ३३ जना स्थानियले रोजगारी पाएको केन्द्रका सचिव बिदुर केसीले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij