२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रूरूक्षेत्र गुरुयोजना कार्यान्वयनमा ढिलाइ नगरौँ

रूरूक्षेत्र गुरुयोजना कार्यान्वयनमा ढिलाइ नगरौँ

रूरूक्षेत्र गुरुयोजना कार्यान्वयनमा ढिलाइ नगरौँ

रूरूक्षेत्र गुरुयोजना कार्यान्वयनमा ढिलाइ नगरौँ

रूरूक्षेत्र गुरुयोजना कार्यान्वयनमा ढिलाइ नगरौँ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, माघ २ २०८२
शुक्रवार, माघ २ २०८२
  •  रूरूक्षेत्र अर्थात् रिडीको धार्मिक र सांस्कृतिक महिमा अतुलनीय छ । हिन्दु संस्कृतिमा  कालीगण्डकी नदीलाई निकै पवित्र मानिन्छ । रूरूक्षेत्रलाई  पनि उत्तिकै पवित्र धामका रुपमा लिइन्छ । पवित्र कालीगण्डकी र रूरूक्षेत्रसहित यहाँको महत्वपूर्ण स्थल ऋषिकेश मन्दिर हो । जनश्रुतिअनुसार, सो¥हौं  शताब्दीमा पाल्पाका राजा मणिमुकुन्द प्रथमले कुनै दिन सपनामा नारायणको मूर्ति कालीगण्डकीमा छिपेको छ निकाल्नु भन्ने जानकारी पाए । कार्तिक शुक्ल एकादशीका दिन कालीगण्डकीमा स्नान गर्न गए । स्नान गर्दै गर्दा उनले कालीगण्डकीको गर्भमा ऋषिकेश भगवानको मूर्ति फेला पारे । फेला पारेको मूर्ति राजाले अहिले मन्दिर भएको स्थानमा प्रतिस्थापन गरे ।  ऋषिकेश मन्दिरको इतिहास पाँच सय वर्ष पुरानो छ ।


    पवित्रस्थल रूरूक्षेत्र कुनै बेला ख्याति निकै फैलिएको थियो । कालान्तरमा ओझेलमा पर्दै गयो । ओझेलमा परेको रूरूक्षेत्रमा योजनाबद्ध विकास  गरी पुनर्उत्थान गर्न जरूरी छ । कुनै बेला भारतदेखि तिब्बतसम्म फैलिएको रूरूको वैभव फर्काउन लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलको पालामा सुरु भएको रूरूक्षेत्र गुरुयोजना कार्यान्वयन सुस्त छ । त्यसबेला  पोखरेलले रूरू क्षेत्रलाई महत्वपूर्ण धार्मिक पर्यटनको गन्तव्य बनाउन सकिन्छ भनेर सुरु गरेको रूरूक्षेत्र गुरुयोजना कार्यान्वयन गर्न त्यसपछिका सरकारले बेवास्ता गरेर रूरूक्षेत्रको महत्वलाई ओझेलमा पारेका छन् ।  ‘ड्रिम प्रोजेक्ट’ कार्यान्वयन गर्न चासो नजानु नेतृत्वको दृष्टिकोणको अभाव हो  । 


    कालीगण्डकी करिडोर निर्माण सम्पन्न हुन लागेको छ । कालीगण्डकी करिडोर निर्माणले मुक्तिनाथ र पोखरासँगको दुरी घटाएको छ । सिद्धबाब सुरुङमार्ग  निर्माण हुँदै गरेको र यो सम्पन्न भएपछि अझ भारतीय पर्यटकको आवागमन बढ्ने निश्चित छ । रूरू क्षेत्र हुँदै मुक्तिनाथ जाने गरी आन्तरिक तथा बाहय पर्यटकलाई आकर्षित गर्न सकिन्छ । रूरू गुरुयोजना कार्यान्वयन हुने बित्तिकै आकर्षक पर्यटकीय गन्तव्य बन्ने निश्चित छ । र, गुमेको चमक फर्काउन सकिन्छ ।


    कुनै बेला भारतबाट धेरै साधुसन्त र तिर्थालुहरु रूरू आए । श्री ३ जुद्ध शमसेर जबरा १३ वर्ष लामो राजकाज त्यागेर रिडी नजिकै अर्गलीमा आएर बसेका थिए । श्री ५ त्रिभुवनको निधनपछि अस्थि सेलाउन रिडी ल्याइएको थियो ।  अठार महापुराण मध्येको एक बराह महापुराणमा  उल्लेख भएअनुसार गण्डकीमा जीवित छदा स्नान गर्ने र निधन भएपछि अस्थि सेलाउने काम निकै महत्वपूर्ण रहेको मानिन्छ । पुराणमा उल्लेख भएकाले पनि रिडीमा नुवाउने प्रचलन धेरै पहिलेदेखि चल्दै आएको छ । पछिल्लो समय शासकवर्गकोे प्राथमिकतामा नपर्दा रिडी ओझेल पर्दै गयो । 


     रिडीका बारेमा जुन मान्यता स्थापित छन्, ती मान्यताका बारेमा प्रचार गरी धार्मिक पर्यटन प्रवर्धन गर्न सकिन्छ । सडक पूर्वाधार गुणस्तरीय बन्दै गएकाले आन्तरिक मात्रै नभई हजारौं भारतीय धार्मिक पर्यटक ल्याउन सकिन्छ । रिडीको पुनर्उत्थानले मुलुकको धार्मिक पर्यटन प्रवर्धनले फड्को मार्ने निश्चित छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij