२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सिक्न जरूरी महान कार्ल माक्र्सको स्कुलिङ !

सिक्न जरूरी महान कार्ल माक्र्सको स्कुलिङ !

सिक्न जरूरी महान कार्ल माक्र्सको स्कुलिङ !

सिक्न जरूरी महान कार्ल माक्र्सको स्कुलिङ !

सिक्न जरूरी महान कार्ल माक्र्सको स्कुलिङ !
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, माघ २ २०८२
शुक्रवार, माघ २ २०८२
  • एच.के.श्रेष्ठ

    विचारक जीन ज्याक रूषोले इच्छाहरू व्यक्तिगत र विश्वव्यापी-सार्वजनिक÷सर्वव्यापी हुन्छन् भनेका छन् । व्यक्तिगत इच्छा निजी स्वार्थअन्तरगत नितान्त आफू र आफ्ना परिवार केन्द्रित हुन्छ भने सर्वव्यापी वा सामाजिक इच्छाले निःस्वार्थ समाज, देश र दुनियाको सेवामा तल्लिन रहने र खट्ने हुन्छ । यो दोस्रो प्रकारको इच्छा राख्ने मान्छे विश्वमै निकै दुर्लव र एकाद हुन्छ । जो दुनियाको भलो, हित र सेवाको निम्ति जन्मन्छ र सधँै अमर रहन्छ, कार्ल माक्र्स ।


     सबै आमाहरूले कार्ल माक्र्स जन्माउँदैनन् । उनलाई जन्माउने महान आमालाई पनि सलाम टक्र्याउनै पर्छ । कार्ल माक्र्स जस्ता महान व्यक्तिको रूपमा दोस्रो कार्ल माक्र्स सायद विश्वमा नजन्मेला । कार्ल माक्र्स नै त अन्य कोही बन्न सक्ने सम्भावना छैन, तर उनका व्यवहारिक पक्षहरू तथा राजनीतिक मूल्यहरूबाट सिक्ने हो भने समाज समुन्नत, शान्त र न्याय सङ्गत पक्कै बन्दछ । उनलाई मार्ग निर्देशकको रूपमा पछ्यायौँ भने समाजमा न्याय, समानता, सुशासन र शान्ति कायम हुन्छ ।


    मुख्यतः माक्र्सबाट सिक्ने विषय हरेक व्यक्ति ‘खानलाई धर्तीमा जन्म लिने वा बाँच्ने होइन, केही गर्न जन्मने हो । बाँचेर मर्ने होइन मरेर बाँच्ने हो ।’ उनले वेदना, दुःख, कष्ट, मर्म, दर्द, पीडा र यातनासँग कठीन सङ्घर्ष गर्दै विश्व श्रमजीवि समाजका लागि सधैँ अमर हुने काम गरे । तसर्थ काम गर्दा ‘व्यक्तिगत स्वार्थ, सुविधाको निम्ति होइन, समाजको सर्वोत्तम सेवा गर्न सकिने काम गर्नु पर्दछ ।’ सिङ्गो समाजलाई एउटै परिवार सम्झनु पर्ने पाठ उनले सिकाएका छन् । आफ्नो घर–परिवारदेखि सबैलाई अत्यन्त माया र सद्भाव राख्न सिकाउने माक्र्सको विचार महान थियो ।


    माक्र्स जनताको सवाल र सर्वहारा तथा गरिबवर्गको विरुद्ध विचार राख्ने, शोषण, दमन, अन्याय र अत्याचार गर्नेहरूलाई शत्रु ठान्दथे र घृणा गर्दथे । माक्र्सको यही प्रवृत्ति अनुसरण गर्ने हो भने समाजमा हुने गरेका यस्ता मानव विरोधी परिपाटी तथा क्रियाकलाप बन्द वा धेरै कम हुन्छ । कार्ल माक्र्सले उठाएका आर्थिक विषयअन्तर्गत शोषण र अतिरिक्त शोषण हो । यो चीज नै मालिक र दास वा श्रमिकबिच दुरी बढाउने स्रोत हो । उत्पादनका मालिकहरू अत्यन्त धनी हुँदै जाने र कामदार वा श्रमजीविहरू झन्झन् गरीब बनाउँदै लैजाने गर्दछ । यसर्थ व्यक्तिवादी अर्थनीति होइन समाजवाद अर्थनीति लागू गर्नु जरूरी छ । समाजमा आर्थिक समानता कायम गर्न तथा धनी र गरिबबिचको दुरी हटाउन शोषण वा अतिरिक्त शोषण निशेध पार्ने पाटो उनको महत्वपूर्ण योगदान हो ।


    कार्ल माक्र्सलाई सफल बनाउने भूमिका उनका जीवनमा आइपरेका तमाम खाले समस्या तथा कठिनाइहरूले नै खेले । यदि उनलाई ती कठिनाइहरू सामना गर्न नपर्ने हुन्थ्यो भने सायद उहाँ अझ निखारिएको र तिखारिएको माक्र्स बन्दैनथे होलान् । हामीले सिक्न सकिने कुरा यसबाट के भने जीवनमा सङ्घर्ष सफलतातर्फ डोहो¥याउने महत्वपूर्ण पक्ष हो । तसर्थ जस्तोसुकै समस्य सामना गरेर लक्ष्यमा अविरल लाग्नु पर्दछ । माक्र्स जसरी विचलन हुन्थेनन्, त्यसैगरी अविचलित भई मानव विकास र हितमा समर्पित हुनु पर्दछ । लक्ष्यको अगाडि उनी दुःख, पीडा, आर्थिक विपन्नता मात्र होइन कुनै रोग, भोगसँग पनि सम्झौता गर्दैनथे । तर हामी व्यक्तिगत स्वार्थ र हितका निम्ति जे पनि गर्न तयार भई लाचारिपन देखाउँछौँ ।


    राजनीतिक महान् सिद्धान्त प्रतिपादनसँग लक्ष्य पूरा गर्ने सन्दर्भमा अबुझ शासकले दुश्मनबाट सताएर उनलाई लखेटियो । घरमा कहिले गर्भवती, कहिले सुत्केरी श्रीमती छोडेर, कहिले भोक र रोगले ग्रसित बालबच्चा छोडेर हिँड्नु प¥यो । कहिले छोरा–छोरी भोक र रोगले मृत्यु भइराखेको हुन्थ्यो । यस्तो हृदयविदारक परिस्थितिको भागीदार भएर पनि मानव सेवाको लागि निरन्तर खट्ने माक्र्सप्रति हामी संवेदनशील भई सोंच्ने हो भने समाजले ठूलो उपलब्धि हासिल गर्छ ।


    कार्ल माक्र्स एउटै ध्यान गर्थे कि गरिखाने वर्गलाई कसरी मुक्ति दिलाउने ? यसको लागि उनी हर ढङ्गले लागि पर्थे । उनी अत्यन्त गहन अध्यता थिए । २३ वर्षकै उमेरमा निकै टफ विषय ‘एपिक्युरस् र डेमोक्रिटस’ सिद्धान्तबिच फरकमा पी.एच.डी गरे । उनको अध्ययन शैलीबाट तमाम विद्यार्थी वा अध्ययनरत वर्गले सिक्न सक्ने कुरा छन् । हरेक कुरालाई गम्भीर मुद्दा बनाउँथे । दोहो¥याइ पढ्ने, विचारको गहिराईमा पुग्ने, नोट गर्ने, शारांश तयार गर्ने, बुँदा बनाउने आदि उनको तरिका अपनाएर सबै सिकारू सफल बन्न सक्दछन् । विशाल ज्ञान हासिल गरेका माक्र्स उनको सबै बुद्धि, विवेक, क्षमता, योग्यता, दक्षता समस्त परिवर्तनको खातिर समर्पित गरे । जो हाम्रो बौद्धिक जमातलाई ठूलो शिक्षा बनेको छ ।


    शोषित, पीडित, गरिब, निमुखा, निर्धन, मजदुर, श्रमिकवर्गहरूको उनी जहिले पनि वकालत गर्थे । त्यो बोलेर वा लेखेर हुन्थ्यो । उनले पत्रकारिता पेशालाई पनि माध्यम बनाउने क्रममा निकै कठिन सङ्घर्ष गर्नु प¥यो । जनताको पक्षमा लेख्दा वा पत्रकारिता गर्दा पेरिस, जर्मन, लण्डन, ब्रसेल्स आदि तमाम शहरहरूबाट लखेटिनु प¥यो । यसबाट सबै पत्रकार जगतले सिक्न सक्ने कुरा छ । जीवनमा जतिसुकै चुनौती र कठोर यातना सहनु परे पनि जनताको पक्षमा कलम चलाउन दृढ सङ्कल्प गर्नु पर्दछ । न्याय, समानता र स्वतन्त्रताको संवाहक पत्रकारिता गर्नु साहस र इच्छाशक्ति काफी छ ।


    कार्ल माक्र्सबाट वास्तवमा आपूmलाई कम्युनिष्टमा पनि माक्र्सवादी भन्न रूचाउने राजनीतिक दलका नेताहरूले सिक्न अपरिहार्य पक्षहरू छन् । कार्ल माक्र्सको जीवनीप्रति गहन अध्यापन गर्ने हो र मनन गर्ने हो भने हाम्रा नेताहरू वास्तविक माक्र्सवादी हो कि होइनन् भन्ने प्रश्न आफैँले उठाउन सक्छन् । किनकि माक्र्सले जस्तो आर्थिक, पारिवारिक समस्या यो देशका अधिकांश कम्युनिष्ट नेताहरूले भोग्न परेकै छैन होला । उनी कैयौँ दिन रोटी र आलु मात्र एक छाक खाएर टार्ने गर्थे । घर भाडा तिर्ने समस्या, ऋण तिर्ने समस्याले सधैँ घेरिरहनु पथ्र्यो । आफू कतै हिँड्दा भाडासम्म नहुनाले प्रिय साथी एंगेल्सको श्रीमती निधन हुँदा दाहसंस्कारमा जान पाएनन् । घरका परिवार भोक र रोगले आक्रान्त हुँदा उपचार र खानपानको लागि पैसा थिएन । छोरा–छोरी मर्दा समेत कात्रो किन्ने उपाय थिएन । यही दर्दनाक अवस्था खेप्नु र सहज रूपमा लिँदै देश र दुनिया बदल्न अघि बढ्नु नै सच्चा माक्र्सवादी हुनु हो । खाली उनको द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तको घोकन्ते विद्यार्थी हुनु माक्र्सवादी होइन ।


    के हाम्रा सबै नेताले यस्तो कठिन अग्नि परीक्षा पास गरेका छन् ? बरू माक्र्सवाद, लेलिनवादको नाममा पद, प्रतिष्ठा र सत्ताको सिकारमात्र गर्दै आएका छन् । एङ्गेल्स माक्र्सका अतिप्रिय साथी हुन् । उनीहरू एक आपसमा कहिल्यै प्रतिस्पर्धी भएनन् । बरू अत्यन्त मित्रताका साथ सहयोगी भई जोइन्ट भेन्चरको रूपमा काम गरे । हरेक विषयसँग छलफल गर्दै दुबैजना एक–अर्काका विचारहरू र सल्लाहहरूका सम्मान गर्थे । दुवैजना बराबर भेटवार्ता गर्थे । माक्र्सले आफ्ना रचनाहरूका सबै मुद्दाप्रति उनको रायको भागिदार बनाउँथे । कैयौँ पुस्तक सँगै निकालेका छन् । माक्र्सको व्यक्तिगत र पारिवारिक दुःखमा एङ्गेल्सले सहयोग गरेका थिए ।

    समग्रमा दुबैजना एक–अर्काका पुरक भई काम गरे । तर यहाँको विभिन्न पार्टीका राजनीतिक  दलका नेताहरू सहयोगी होइन, अस्वस्थ ढंगले प्रतिस्पर्धी भूमिका खेल्ने गर्दछन् । एक–आपसमा जाल, झेल, तिक्डम, षड्यन्त्र, इष्र्याका कारण देश र जनता बदल्ने लक्ष्य पूरा नगरी पदको होडबाजी गर्दछन् । जसले गर्दा पार्टीमा गुट, उपगुट फैलाएर पार्टी फुटाउने गरेका छन् । माक्र्स र एङ्गेल्सको मिलन र मित्रताबाट किन सिक्दैनन् उनीहरू ? माक्र्सको विचार र व्यवहारलाई समाज र दलका नेताहरूले सही ढंगले पकड्न सके आज मुलुकमा सर्वहित राज्य खडा हुने थियो । विश्व समाजले अहिले भोगिरहेका चरम दुर्दशाबाट मोक्ष र मुक्ति पाउने थिए ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij