२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवलमा हालसम्मकै ठूलो बुलेट बाइक राइड इभेन्ट हुने

बुटवलमा हालसम्मकै ठूलो बुलेट बाइक राइड इभेन्ट हुने

बुटवलमा हालसम्मकै ठूलो बुलेट बाइक राइड इभेन्ट हुने

बुटवलमा हालसम्मकै ठूलो बुलेट बाइक राइड इभेन्ट हुने

बुटवलमा हालसम्मकै ठूलो बुलेट बाइक राइड इभेन्ट हुने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, माघ ३ २०८२
शनिवार, माघ ३ २०८२
  • बुटवल । बुटवलमा हालसम्मकै ठूलो रोयल इन्फिल्ड (बुलेट) बाइक राइड हुने भएको छ । रोयल इन्फिल्ड गैरे प्रतिष्ठान बुटवलको आयोजनामा माघ २४ गते हुने बाइक राइडमा १५१ जना राइडर सहभागी हुनेछन् । बाइक राइडको रुट भने माघ १५देखि २० गते सम्म सार्वजनिक हुने गैरे प्रतिष्ठान बुटवलका एमडी प्रबेशराज गैरेले बताए ।  उक्त इभेन्ट हालसम्मकै ठूलो र व्यवस्थित हुने एमडी गैरेले बताए । हालसम्म १४० जना बढीले नाम दर्ता गरिसकेका गैरे प्रतिष्ठान बुटवल शो रूम म्यानेजर नारायणप्रसाद  खनालले जानकारी दिए । उक्त राइडमा राइडरहरुको क्लब ह्वील्स अफ लुम्बिनी,बुटवल इन्फिल्डर्स,लुम्बिनी इन्फिल्डर्स,यलो रन्च बुटवल र ब्रदरहुड सैनामैना लगायतका क्लबहरुको सहभागिता रहने गैरे प्रतिष्ठानका लेखा प्रमुख कमल घिमिरेले जानकारी दिए । 

    3177b170-1e51-41ba-9626-ef83f7b54726.jpg
    undefined


    कार्यक्रमका विषयमा जानकारी दिन राइडर क्लबहरु र गैरे प्रतिष्ठानबीच शनिबार तिलोत्तमामा भेटघाट र छलफल समेत भएको छ । 
    राइडमा जानु अघि सहभागीहरुलाई ट्राफिक प्रहरीले ट्राफिक नियम पालना लगायतका विषयमा परामर्श दिने छ ।  गैरे प्रतिष्ठान बुटवलका एमडी प्रबेशराज गैरेले यो मेगा इभेन्ट एकदमै अनुशासित र व्यवस्थित हुने, राइड बढीमा साढे दुई घण्टा हुने र त्यसपछि रुपन्देहीका कुनै पांच चारे होटेलमा डिनर पार्टी सहित सहभागी क्लबहरुलाई उपहार वितरण गरेर सांझ ७ बजेभित्र समापन हुने बताए । गैरे प्रतिष्ठानले गत वर्षहरुमा रानीमहल र ढोरपाटन राइड भव्यताका साथ सम्पन्न गरेको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij