२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बाँझो जग्गामा खेती गर्नेलाई नगद अनुदान

बाँझो जग्गामा खेती गर्नेलाई नगद अनुदान

बाँझो जग्गामा खेती गर्नेलाई नगद अनुदान

बाँझो जग्गामा खेती गर्नेलाई नगद अनुदान

बाँझो जग्गामा खेती गर्नेलाई नगद अनुदान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, माघ ४ २०८२
आइतवार, माघ ४ २०८२
  • प्रकाश डोटेल
    स्याङ्जा
    परम्परागत रुपमा अग्रजले गर्दै आएको जग्गामा उही खेती गर्न नसकेर हैरान भएको छ ? जेनतेन गरेको खेती पनि बाँदरले हिनामिना गराउँदा निराश र उदेक लागेको छ ? छ भने अब स्याङ्जाको फेदीखोला गाउँपालिकाका कृषकले यी समस्याबाट छुटकरासँगै नगद अनुदान पाउने भएका छन् । 


    फेदीखोला गाउँपालिकाले बाँझो जग्गाको सदुपयोग गर्दै कृषि उत्पादन बढाउन कृषकलाई प्रोत्साहन स्वरुप अनुदान दिने भएको छ । गाउँपालिकाले प्राविधिकको सिफारिसका आधारमा बाँझो जग्गामा कफी तथा अलैंची खेती गर्ने कृषकहरूलाई प्रतिरोपनी नगद तीन हजार अनुदान दिने भएको हो ।


    गाउँपालिकामा लामो समयदेखि बाँझो रहेको जग्गामा कफी र अलैंची खेती विस्तार गर्ने कृषकलाई प्रतिरोपनी तीन हजारका दरले नगद अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८२-०८३ को कार्यक्रमअनुसार पहिलो चरणमा झण्डै ५ सय रोपनी क्षेत्रफल जग्गमा कफी र अलैंची खेती विस्तार हुने गाउँपालिकाले अपेक्षा गरेको छ ।

     
    बाँझो जमिनलाई उत्पादनसँग जोड्न, खाद्य तथा पोषण सुरक्षा कायम राख्दै कृषकको आयस्तर उकास्ने उद्देश्यले कार्यक्रम कार्यान्वयनमा ल्याएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए । गाउँघरमा जग्गा बाँझो छोडेर बसाइँ सर्ने र विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्न बाँझो जग्गामा नगदेबाली कार्यक्रमलाई प्रोत्साहन गरेको अध्यक्ष सुबेदीले जानकारी दिए । 


    स्थानीयस्तरमै रोजगारी सृजना, कृषि उद्यमशीलताको विकाससँगै कृषि उत्पादन वृद्धिमा टेवा पु¥याउने लक्ष्य राखिएको छ । गाउँपालिकाले तोकेको मापदण्ड र प्राविधिकको रायअनुसार खेती गर्न चाहने इच्छुक कृषक वा कृषि फर्महरूले प्रक्रिया पूरा गरेपछि गाउँपालिकाको कृषि शाखाले सिफारिस गरेअनुरुप कफी र अलैंची खेती गर्ने कृषकले प्रतिरोपनी तीन हजार नगद पाउने छन् । 


    आर्थिक वर्ष २०८१-८२ देखि गाउँपालिकाले कोदो प्रवद्र्धनअन्तर्गत बाँझो जग्गामा कोदो रोपण गर्ने कृषकलाई प्रतिरोपनी बराबर तीन हजार अनुदान दिँदै आएको छ । फेदीखोला गाउँपालिकाले रैथानी बाली, लहरे तरकारी र फलफूल प्रवद्र्धन कार्यक्रम समेत संचालन गर्दै आएको जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij