बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित पामिर इन्टरनेशनल एकेडेमीमा आइतबारदेखि खेल महोत्सव–२०८२ सुरु भएको छ । महोत्सव अन्तर्गत आइतबार विभिन्न खेल प्रतियोगिता सम्पन्न भएका छन् ।
शारीरिक, मानसिक तथा सामाजिक विकासलाई प्राथमिकतामा राख्दै आयोजना गरिएको खेल महोत्सवमा जुनियर तथा सिनियर तहका विद्यार्थीहरूको सहभागीता थियो ।
आइतबार सम्पन्न खेलहरूमा सिनियर छात्रछात्रा १५ सय मिटर दौड, जुनियर छात्रछात्रा एथ्लेटिक्स, सिनियर छात्रछात्रा सर्टपुट, जुनियर तथा सिनियर छात्रछात्रा १०० मिटर दौड, छात्रा सन्तुलित दौड, आइसक्रिम दौड तथा गुरिल्ला दौड प्रतियोगिता समावेश थिए ।
खेलका सबै विधामा विद्यार्थीहरूले उच्च आत्मविश्वास, अनुशासन र खेलभावना प्रदर्शन गरेका थिए ।




