२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लोकतान्त्रिक गणतन्त्रको नाममा नेपाली जनता भाँड्ने काम गरे

लोकतान्त्रिक गणतन्त्रको नाममा नेपाली जनता भाँड्ने काम गरे

लोकतान्त्रिक गणतन्त्रको नाममा नेपाली जनता भाँड्ने काम गरे

लोकतान्त्रिक गणतन्त्रको नाममा नेपाली जनता भाँड्ने काम गरे

लोकतान्त्रिक गणतन्त्रको नाममा नेपाली जनता भाँड्ने काम गरे
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, माघ ५ २०८२
सोमवार, माघ ५ २०८२
  • झपेन्द्र जिसी
    चाहे प्रजातान्त्रिक आन्दोलनमा होस् चाहे लोकतान्त्रिक आन्दोलनमा होस नेपाली जनताका मूल नाराहरू तपसिल बमोजिम थिए–
    – सम्पूर्ण नेपाली जनता होऔं ।
    – सम्पूर्ण जनताको एकता जिन्दावाद ।
    – मजदूर किसान एकता जिन्दावाद ।
    – निरंकुश जहाँनिया राणातन्त्र अन्त्य गरौं । 
    – निरंकुश राजतन्त्रको अन्त्य  गरौं ।
    –निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य गरौं । 
    –लोकतान्त्रिक गणतन्त्रको स्थापना गरौं ।
    – लोकतान्त्रिक संविधानको निर्माण गरौं ।
    – जातीय विभेदको अन्त्य गरौं ।
    – मानव मर्यादा कायम गरौं ।
    – लैङ्गिक विभेदको अन्त्य गरौं ।
    – आन्दोलनकारी जनतामाथिको दमनचक्र बन्द गर !
    – हिमाल, पहाड, तराई कोही छैन पराई ।
    – सम्पूर्ण नेपाली जातजाति सबै एउटै जहान परिवार हौैं ।
    – सबैको समुन्नति हाम्रो लक्ष्य हो ।


    अभीष्ट र गन्तव्य हो ।
    यस्तै नाराहरू २००७  सालदेखि आन्दोलनको २०४६ सालको आन्दोलनमा र ०६२।०६३ को लोकतान्त्रिक आन्दोलनमा घन्केका हुन् । रन्केका हुन् ।


    तर २०६२।०६३ को आन्दोलनको सफलतासँगै तपसिलका नारा उठे
    – जातीय पहिचान र जातीय राज्यको निर्माण ।
    – यो नाराभित्र समावेशिताले लेपन लाइयो । जातीय पहिचान र जातीय राज्यको कुरालाई उरालियो । जातीय राज्य पाइने भयो भनी धेरै जाति जनजातिहरु मख्ख परे । पहिलो निर्वाचनमा नेकपा माओवादीतिर लागे । कमरेड प्रचण्डलाई गड फादर नै ठाने । परिणाम पहिलो संविधानसभाको निर्वाचनमा माओवादी पार्टीको राम्ररी बहुमत आयो । मुख्य काम नेपालको संविधान निर्माण गर्नु थियो । संविधान बनेन् । संविधानसभा नै विघटन भयो । फेरि संविधानसभाको दोस्रो निर्वाचन भयो । १३ भन्दा बढी जातीय पहिचानका राज्य बनाउने कुरा उठे ।


    ठूलो रस्साकसी  पछि ७ वटा प्रादेशिक राज्य निर्माण भए । मधेशतर्फ ठूलै असन्तुष्टि रह्यो, त्यो बखत ।
    संविधानले नेपालमा १२६ जातिले १२३ भाषा बोल्छन् भनेर किटान ग¥यो । तर नेपालमा १२६  जाति भन्दा धेरै जाति छन् भन्ने कुरा यही पंक्तिकारलाई थाहा छँदैछ ।


    जे होस् नेपाल बहुजातीय, बाहु भाषीय, बहुसंस्कृति र बहुभाषिक देश हो ।


    यो कुरा जानकारी हुुँदाहुँदै केही जातिको राज्य बनाउने भन्ने कुरा आजको युगमा कसरी औचित्यपूर्ण हुन सक्थ्यो र हुन सक्छ ?
     स्मरण रहोस् २०८२ कात्तिक २० गते चुम्बकीय थेरापी गर्न यो पंक्तिकार  दार्जिलिङ्गको एउटा शिविरमा गएको थियो । दार्जिलिङ्ग पनि बहुसंस्कृति, बहुभाषा, बहुधर्म सम्पन्न नेपाली बाहुल्य रहेको भूमि हो । र त्यहाँको प्रधान भाषा वा सम्पर्क भाषा नेपाली वा गोर्खा भाषा नै हो ।


    सन् १८१४–१६ मा भएको नेपाल अंंग्रेज युद्ध र त्यसपछि भएको सुगौली सन्धि अनुसार बल मिच्याइँ गरेर भारतमा उपनिवेश जमाएर बसेका फिरङ्गी शासकहरु (ब्रिटिश शासकहरु) अर्थात् कम्पनी सरकारले लुटेको भूमि हो । १५ अगष्ट १९४७ मा भारत छोड आन्दोलन भयो । त्यस आन्दोलनमा नेपालका वरिष्ठ नेताहरु बीपी कोइराला, मनमोहन अधिकारीहरु पनि आन्दोलित भए । आन्दोलित भए बापत हाम्रा नेताहरुलाई बेलायती कम्पनी सरकारले भारतीय जेलमा थुन्यो ।


    भारतलाई उपनिवेश शासनबाट मुक्त गराउन भूमिका खेल्ने नेपाली नेताहरु र नेपाली जनतालाई कदर गरेर मुक्त भारतका शासकहरुले दार्जिलिङ्गको पहाडी भूभाग र दार्जिलिङ्गको तराई ससम्मान नेपाललाई फिर्ता गर्नुपर्ने थियो, तर मुक्त भारतका शासकहरुले बेलायतीको सिको गरे । नेपालको भूमि फिर्ता गरेनन् र अहिलेसम्म पनि गरेका छैनन् । दार्जिलिङ्गका गोरखाहरु (नेपालीहरु) नेपालमा सामेल हुन चाहान्छन् । जति जमिन भए पनि आँखा नअघाउने हन्तकाली भारतीय शासनकहरु र लिम्पियाधुरा, लिपुलेक, कालापानी समेत हडपेका छन् ।  यता सुस्ता महेशपुरमा पनि खुनी बाघ पंजा गाडेका छन् । किन ? यस्तो किन ? यस्तो किन हुँदैछ ? यसकारणले हुँदैछ, हामी नेपालीहरु यो वा त्यो प्रकारले विभाजित छौं । एकताबद्ध हौं भने पनि हाम्रा मनहरु बाँडिएका छन् । २०७२ मा निर्माण भएको संविधानले हाम्रो सामाजिक मूल्य मान्यता र एकता भाँडिएको छ ।
    नेपाली समाजलाई टुटाउन फुटाउन भारतीय एस.डी मुनिको जातीय पहिचान, जातीय राज्यको सिद्धान्तले काम गरेको छ ।

    नेपाली जनतालाई भावनामा उतारेको छ । जातीय, क्षेत्रीय संकीर्णताले घरबास गरेको छ  । तँ बाहुन, तँ क्षत्री, तँ शोषक हामी शोषित मगर, गुरुङ्ग, राई, लिम्बु, मधेशी आदि अमुक जातिलाई नेपालबाट नलेखेटी देशको विकास हुँदैन भनेर नेपाली जनतालाई उचालिएको छ । भाँडभैलो मच्याइएको प्रारम्भमा  नेपालभित्र यो जातीय पहिचानको संवाहक प्रचण्ड नै हुन्  । यस्तो संकीर्णता भावनाको विजारोपण गर्ने क्रान्तिकारी प्रचण्ड नै हुन् । यसो भन्नु अनुचित हुने छैन । तर, अहिले त यो नारा समाजको जराजरासम्म फैलिएको छ । हिमालदेखि तराईसम्म फैलिएको छ । समाज मैलिएको छ । 


    हुनु पर्ने त थियो, हामी सबै नेपाली हौं, हाम्रो र देश नेपाल हो । नेपाल हाम्रो साझा घर हो । साझा घर नेपाल र समम्पूर्ण नेपाली जातजातिको उत्थान प्रगतिमा लाग्नु हाम्रो कर्तव्य हो ।


    तर यहाँ त उल्टो भयो । एक जातिले अर्काे एक जातिलाई सत्तो सराप गर्ने प्रवृत्तिको विकास गरियो ।  अर्काे जाति अर्काे सम्प्रदायलाई गालीगलौज गर्नुमा सीमित रह्यो । र यसैलाई महत्व दियो । गौरवगान गरियो । 


    दश वर्षे राजनीतिक द्वन्द्वले थिलो थिलो भनेको समाजमा फेरि जेनजी नामबाट उठेको अर्काे आन्दोलनले पुनः ठूलो खती भएको छ । फेरि अर्काे कुन चत्रवती आएर ध्वस्त पर्ने हो आशंका बादलहरु मडारिएका छन् ।


    तर दार्जिलिङ्गमा केही दिन रहँदा बस्दा देखियो– अधिकांश पहाडी मूलका नेपाली जाति र भाषीहरु यो जाति त्यो जाति नभनी गोर्खा जातिका हितका लागि हातेमालो गरेर जुलुस प्रदर्शन गर्दै थिए ।


    एकताको माला गाँथ्दै थिए । स्मरण रहोस्, दार्जिलिङ्गको पहाडी भू–भागमा लेप्चा भोटिया, तामाङ, लिम्बु, राई गोर्खा (नेपाली मूलका) गुरुङ, मगर, शेर्पा, सुनुवार आदि जाति छन् । आफ्नो मातृभाषा र संस्कृति भए पनि भूल भाषा संस्कृति नेपाली नै हो ।
    चौरास्तामा आदि कवि भानुभक्त आचार्यको भव्य÷सुन्दर सालिकले नेपाल र  नेपालीको गौरव बढाइरहेको छ । तर यतातिर भने भानुभक्तलाई बाहुन साहित्यकार भनेर गाली समेत गर्छन् । पृथ्वी नारायणशाह जसले नेपाल देशको भौगोलिक  एकीकरणको शिलान्यास गरेको उनको सालिक भत्काउने नर पशुहरु अझै आफूहरुलाई सद्दे मान्छे हौं, भन्दै छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij