२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कोरियन भाषीले पहिलो पटक एसईई दिँदै

कोरियन भाषीले पहिलो पटक एसईई दिँदै

कोरियन भाषीले पहिलो पटक एसईई दिँदै

कोरियन भाषीले पहिलो पटक एसईई दिँदै

कोरियन भाषीले पहिलो पटक एसईई दिँदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
सोमवार, माघ ५ २०८२
सोमवार, माघ ५ २०८२
  • भैरहवा  
    रूपन्देहीको सिद्धार्थनगर ८ स्थित फ्युचरलाइट इङ्ग्लिस हाई स्कुलले कोरियन भाषा अध्यापन गराएपछि पहिलो पटक एसईईमा सहभागिता जनाउने भएको छ । 


    विगतका वर्षदेखि अनिवार्य विषयसहित कोरियन भाषा अध्यापन गराउँदै आएको विद्यालयले यस वर्ष पहिलो पटक २८ जना विद्यार्थीलाई एसईईमा सहभागिता गराउने भएको हो । नेपालकै पहिलो व्याचको रुपमा रहेको यी विद्यार्थीहरुले कक्षा भैरहवाको फ्युचर लाइट स्कुलमा कक्षा ११ र १२ मा कोरियन विषय पढाइ हुने कक्षा ९ र १० मा ऐच्छिक विषयका रूपमा कोरियन भाषा पढेका हुन् । 


    आइतबार विद्यालयमा दक्षिण कोरियाका प्राध्यापक डा. काङ देइ हुनसँग विद्यार्थीहरुको अन्तरक्रिया भएको छ । विद्यार्थीहरुको उच्च शिक्षा, कोरियन भाषाको भविष्य र कोरियामा नेपाली विद्यार्थीहरुको अवस्थाबारेमा विद्यार्थीले प्रश्नोत्तर गरेका थिए । विद्यार्थीहरुलाई कोरियाको बारेमा जानकारी गराउँदै प्राध्यापक देई हुनले कोरियन भाषा अध्ययनले नेपाली विद्यार्थीहरूको भविष्य उज्यालो हुने बताए । उनले नेपाली विद्यार्थीहरू सिक्न निकै इच्छुक र अनुशासित भएको बताउँदै प्रारम्भिक चरणमै कोरियन भाषा बोल्न सक्नु अत्यन्तै प्रशंसनीय कुरा रहेको जनाए । कोरियन भाषा सीपले उनीहरूलाई कोरिया मात्र होइन विश्वव्यापी अवसरसम्म पु¥याउने जनाए ।  


    एसईईमा सहभागिता जनाएपछि फ्युचरलाइट इङ्ग्लिस हाई स्कुलले नै कक्षा ११ र १२ मा पनि पाठ्यक्रमअन्तर्गत कोरियन भाषा अध्यापन गराउने योजना बनाएको छ । विद्यार्थीले तह वृद्धि गर्दै नेपालमै पहिलोपटक कोरियन विषयलाई उच्च माध्यमिक तहसम्म विस्तार गर्ने शैक्षिक संस्थाका रूपमा स्थापित गर्ने विद्यालयका संस्थापक प्रचार्य गम्भीर  गुरुङले बताए । 


    उनले विद्यार्थीहरूको कोरियाप्रतिको बढ्दो आकर्षण र रोजगारी तथा उच्च शिक्षाका अवसरलाई ध्यानमा राख्दै विद्यालयमा कोरियन भाषा अध्यापन सुरु गरिएको जानकारी दिए । उनले  हाल कक्षा ९ र १० मा ऐच्छिक विषयका रूपमा कोरियन भाषा पढाइ भइरहेको छ र विद्यार्थीहरू खर्र कोरियन बोल्न सक्षम बन्दै गएको बताए ।


    दक्षिण कोरियाका प्राध्यापक डा. काङ देइ हुनले आइतबार विद्यालयमा आयोजित नेपाली विद्यार्थी र कोरियाली प्राध्यापकबिचको अन्तरक्रिया कार्यक्रममा बोल्दै कक्षा ११ र १२ मा पनि कोरियन विषय सञ्चालन हुनुले नेपाल–कोरिया शैक्षिक सहकार्य थप मजबुत हुने विश्वास गरिएको छ ।  


    यस वर्ष विद्यालयका विद्यार्थीहरूले पहिलोपटक एसईई परीक्षामा कोरियन विषयको परीक्षा दिन लागेका छन् । कक्षा १० पछि पनि विद्यार्थीहरूले कोरियन विषय निरन्तर अध्ययन गर्न पाउने सुनिश्चित गर्न विद्यालयले कक्षा ११ र १२ सञ्चालनका लागि अनुमति प्रक्रियामा पहल गरिरहेको छ ।


     एसईई दिएका विद्यार्थीहरूलाई सोही विद्यालयमै कक्षा ११ मा अध्ययन गर्न व्यवस्था मिलाइने प्रतिबद्धता विद्यालय प्रशासनले जनाएको छ ।


    कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि डा. बैकुण्ठ आचार्यले आउँदै गरेको एसईई परीक्षामा कोरियन विषयमा ३.६ जीपीएभन्दा बढी अंक ल्याउने उत्कृष्ट विद्यार्थीलाई आफूसँग कोरिया लैजाने प्रतिबद्धता व्यक्त गरे । 
    यस घोषणाले विद्यार्थीहरूमा थप उत्साह र आत्मविश्वास बढाएको छ । विद्यालयमा कोरियन भाषा अध्यापन सुरु भएसँगै विद्यार्थीहरूलाई भाषा सीप, अन्तर्राष्ट्रिय संस्कृतिको बुझाइ तथा भविष्यमा अध्ययन र रोजगारीका नयाँ सम्भावनाहरू खुल्ने विश्वास गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij