२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सिमलताल पहिरोः थप ३ जनाको शव फेला, भेटिएको शवको संख्या २४ पुग्यो, १५ जनाको सनाखत

सिमलताल पहिरोः थप ३ जनाको शव फेला, भेटिएको शवको संख्या २४ पुग्यो, १५ जनाको सनाखत

सिमलताल पहिरोः थप ३ जनाको शव फेला, भेटिएको शवको संख्या २४ पुग्यो, १५ जनाको सनाखत

सिमलताल पहिरोः थप ३ जनाको शव फेला, भेटिएको शवको संख्या २४ पुग्यो, १५ जनाको सनाखत

सिमलताल पहिरोः थप ३ जनाको शव फेला, भेटिएको शवको संख्या २४ पुग्यो, १५ जनाको सनाखत
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
शुक्रवार, श्रावण ४ २०८१
शुक्रवार, श्रावण ४ २०८१
  • नवलपरासी । चितवनको सिमलतालमा पहिरोमा परि वेपत्ता भएका यात्रुहरु मध्ये विहीबार राति र शुक्रबार गरी थप ३ जनाको शव फेला परेको छ ।

    भारतमा (नवलपुरको त्रिवेणी ब्यारेज पुलको बाल्मिकी नहर) मा दुई जना पुरुष र नवलपुरको देवचुली नगरपालिका १ केउरानी घाटमा १ जना महिला गरी ३ थप ३ जना महिलाको शव फेला परेको हो ।

    जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार अहिलेसम्म फेला परेका २४ जना मध्ये १५ जनाको सनाखत भएको छ भने २ जना महिला सहित ७ जनाको सनाखत हुन बाँकी रहेको छ । अहिलेसम्म सर्लाही जिल्लाको बरहुथवा नगरपालिका ३ निवासी १९ बर्षीय रमितकुसर माझी, चितवन माडी नगरपालिका १ बस्ने २२ बर्षीय विकास परियार, भारतको सितामणी बर्गिनिया बस्ने २८ बर्षीय ऋषिपाल शाह, सितामणी बेतिया निवासी ३० बर्षीय जयप्रकाश ठाकुर, भारतको विहार बेतिया निवासी ३० बर्षीय सजाद अन्सारी, बारा जिल्लाको विश्रामपुर निवासी ४३ बर्षीय प्रमानन्द पण्डित, चितवनको भरतपुर महानगरापालिका २२ निवासी २३ बर्षीय सुदिप विकको सनाखत भएको छ ।

    त्यसैगरी सर्लाही जिल्लाको रामनगर गाउँपालिका ३ निवासी २९ बर्षीय जितेन्द्र राम महरा, पर्साको सकुवा प्रसौनी गाउँपालिका २ निवासी २८ बर्षीया महिला चन्द्र प्रभा कुमारी चौधरी, रौटहटको परुहा नगरपालिका ६ निवासी ४० बर्षीय ऋषिकुमार सिंह, रौतहटकै गरुड गाउँपालिका ९ निवासी ९ बर्षीय बालक अशोककुमार यादव, रौतहटकै चन्द्रपु नगरपालिका १० निवासी ४३ बर्षीय किशोरकुमार चौधरी, भारतको सितामणी खाना बैरगनिहा ९ निवासी २७ बर्षीय विवेक कुमार, रौतहटको बोधीमाई नगरपालिका ७ निवासी २९ बर्षीया महिला अमृता कुमारी र रौतहटको यमुनामाइ ५ निवासी २२ बर्षीय पुरुष तुलसी दासको सनाखत भएको छ । यसैबीच नवलपुरका प्रहरीले शव खोजीको लागि स्थानीय माझीलाई समेत परिचालन गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij