२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गुल्मीमा ४० करोड बढि राजश्व संकलन

गुल्मीमा ४० करोड बढि राजश्व संकलन

गुल्मीमा ४० करोड बढि राजश्व संकलन

गुल्मीमा ४० करोड बढि राजश्व संकलन

गुल्मीमा ४० करोड बढि राजश्व संकलन
गुल्मी संवाददाता सुनार सामाजिक विषयमा कलम चलाउछन् ।
शुक्रवार, श्रावण ४ २०८१
शुक्रवार, श्रावण ४ २०८१
  • गुल्मी । गुल्मीका १२  वटा स्थानीय तह बाहेकका सरकारी कार्यालय  , ब्यापार व्यवसाय, सहित विभिन्न क्षेत्रबाट गत आर्थिक बर्षमा ४० करोड बढि राजश्व संकलन भएको छ ।

     जिल्लाको करदाता सेवा कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयमा गरी कुल ४० करोड ११ लाख २५ हजार ६६० रुपैयाँ राजश्व संकलन भएको हो ।

      जिल्लामा  सबै भन्दा ठुलो राजश्व संकलन हुने निकाय करदाता सेवा कार्यालय मार्फत ३९ करोड ८५ लाख ३१ हजार राजश्व संकलन भएको छ । लक्ष्य अनुसार नै गत आर्थिक बर्षमा राजश्व संकलन भएको त्यस कार्यालयकी सुचना अधिकारी ईन्दिरा नेपाल जानकारी दिईन । 

    उनका अनुसार आयकरबाट २८ करोड ८४ लाख २४ हजार राजश्व संकलन भएको छ । भ्याट मार्फत १६ करोड ६२ लाख ९४ हजार र अन्तशुुल्क मार्फत ९७ लाख २६ हजार राजश्व संकलन भएको छ ।

      गुल्मीमा क्रमिक रुपमा  करको दायरामा ब्यक्ति र संघ संस्था आउने क्रम बढेको त्यस कार्यालयको विवरणले देखाएको छ ।   त्यस कार्यालयमा दर्ता भएका  ५७ वटा अन्तशुल्क करदाता रहेका छन । 

      ब्यक्तिगत ब्यबसायिक करदाताहरु ६९८ वटा रहेका छन । ब्यक्तिगत प्यानदाता १ हजार ९७९ जना रहेका छन । मुल्य अभिबृद्धि करदाताको संख्या ८१ रहेको छ भने सरकारी , संघ संस्था २ हजार ८९९ वटा रहेको सुचना अधिकारी नेपालले हामीलाई विवरण दिएकी छिन  ।    

       तर घरेलु तथा साना उद्योग कार्यालयको विवरण हेर्दा सदरमुकामका ब्यापारिहरु दोब्बरको संख्यामा घटेको देखिएको छ । कोही सदरमुकाम बाहिर जाने त कोही रेसुङ्गा नगरपालिकाको करको दायरामा जाने भएकोले त्यस कार्यालयमा करदाता ब्यापारि घटेको पाईएको छ । त्यस कार्यालयमा गत बर्ष कुल २६ लाख ४ हजार ६६० राजश्व संकलन भएको छ ।

       जस मध्ये यातायातबाट ७१ हजार ३८० , उद्योगबाट १० लाख ५२ हजार ८ सय , बाणिज्य अर्थात पसलहरुबाट  १४ लाख २३ हजार २०५ रुपैयाँ राजश्व संकलन भएको त्यस कार्यालयका सुचना अधिकारी जीवन घिमिरेले जानकारी  दिए । 


     त्यस कार्यालयमा गत बर्ष जम्म ७३  वटा होटल तथा पसलहरुले मात्रै दर्ता नविकरण गरेका छन भने त्यसको झण्डै  दोब्बर १५९ वटा होटल पसल बाहिरिएका छन ।  कोरोना महामारी यता सदरमुकाम तम्घासका अधिकांस होटल र पसलहरु छाडेर मानिसहरु कोही बुटवल लगायतका ठुला शहर त कोही स्थानीय तहको केन्द्रतिर पुगेका छन भने कैयौं अन्य पेशामा पलायन भएका छन ।

     कोरोना महामारी ताका  अन्य  स्थानमा  सटर र कोठा भाटा छुट दिईयो तर  तम्घासमा त्यस तर्फ कसैले नसोच्दा यहाँका ब्यापारिहरु भाडा तिर्न समेत नसक्ने अवस्थामा पुगे । अर्को कुरा बुटवल लगायतका ठुला शहरबाट सिधै गाउँ गाउँमा उपभोग्य वस्तु पुग्न थाले पछि सदरमुकामको ब्यापारिक चहल पहल सुक्दो अबस्थामा पुगेको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij