बुटवल । तिनाउ इङ्लिस बोर्डिङ स्कुलमा खाना महोत्सव तथा विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । कक्षा ६- ९ सम्मका विद्यार्थी सहभागी महोत्सव भव्यताका साथ सम्पन्न भयो जसमा कक्षा ६ ट्रष्टका विद्यार्थी प्रतिनिधि नितेश खड्का र सेलिसा राना रहेकोमा बटुक, चटनी र चियाको स्टल राखेका थिए । ६ फेथका विद्यार्थी प्रतिनिधि प्रियङ्का पाण्डे र सक्षम शाक्यले फ्रेन्च फ्राई र कफिको स्टल राखेका थिए । ६ होपका विद्यार्थी प्रतिनिधि ज्याक्सन दुतराज र कृतिका चौधरीले पकौडा चटनी र समोसा मटरको स्टल राखेका थिए। कक्षा सात होपका विद्यार्थी प्रतिनिधि प्राश्ना बस्याल र आरोन गौतमले स्यान्डविच, चाउमिनको स्टल राखेका थिए । सात ट्रष्टका विद्यार्थी प्रतिनिधि इच्छा आले र आरोही प्रधानले फुल्की, चटपटेको स्टल राखेका थिए । सात फेथका विद्यार्थी प्रतिनिधि सन्ध्या कुँवर र नमिस सुनारले भेज मःमः को स्टल राखेका थिए । कक्षा आठ होपका विद्यार्थी प्रतिनिधि एल्विन श्रेष्ठ र साइन रिसालले भेज रोल, मसरुम चिल्लिको स्टल राखेका थिए । आठ फेथका विद्यार्थी प्रतिनिधि प्रशिद्धि बस्नेत र सुगम अर्यालले चाट, बोइल नुडलको स्टल राखेका थिए । कक्षा ९ होपका विद्यार्थी प्रतिनिधि शुभम् चालिसे र इशा पोखरेलले सेलरोटी अचार, जेरीको स्टल स्टल राखेका थिए । कक्षा ९ फेथका विद्यार्थी प्रतिनिधि खुशी खातुन सिजन सुनारले आलु परौठा र भेज विरयानीको स्टल राखेका थिए । यसैगरी आज भएको विज्ञान प्रदर्शनीमा सहभागी विद्यार्थीहरुले विभिन्न थरिका नयां आविस्कार प्रदर्शन गरेका थिए जसमा प्रथम कक्षा सात ट्रष्टको Fire Fighting Robot जसमा रिदिस गुप्ता, गौरव अर्याल, आदित्य खनाल र सारस राना सहभागी थिए । द्वितीय स्थान कक्षा सात होपको Blind stick जसमा दिव्या ज्ञवाली, सदीक्षा खत्री, समीक्षा न्यौपाने र प्रनिशा श्रेष्ठ सहभागी थिए । तृतीय स्थान कक्षा छ फेथको Water Fountain जसमा आर्जित बराल तथा सान्त्वना स्थान कक्षा सात होपको Blind Smart glass र कक्षा सात ट्रष्ट Periscope भयो जसमा एरोन गौतम, आश्विन सारु, विप्सन लोहनी र दिपलव रसाइली र कृष पराजुली रहेका थिए । ०८२ माघ १६ देखि २३ गतेसम्म सञ्चालन भएको दोस्रो त्रैमासिक परीक्षाको नतिजा यसै समारोहको अवसरमा प्रकाशन गरिएको छ। नतिजा भौतिक एवं डिजिटल माध्यम दुवै तर्फबाट प्रकाशन गरिएको छ। आजको समारोहमा करिब १२०० विद्यार्थी अभिभावकहरूको भव्य उपस्थिति रहेको कक्षा १० का इन्चार्ज अग्निधर पोख्रेलले जानकारी दिनुभयो । खाना महोत्सवमा कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरूले स्वयं आफ्नै अग्रसरतामा खानाका परिकारहरु बनाएका थिए भने अभिभावकहरूले खानाको साथसाथै समग्र कार्यक्रमको प्रशंसा गरेको व्यहोरा विद्यालय व्यवस्थापन समिति अध्यक्ष यज्ञमूर्ति पाण्डेले जानकारी दिनुभयो। विद्यालयकी प्राचार्य सीता पाण्डेले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान दिनका लागि यस किसिमको कार्यक्रम आयोजना गरिएको बताउनुभयो। यसले विद्यार्थीहरूमा नेतृत्व क्षमता वृद्धि गर्नुका साथै समूहमा कार्य गर्न एवं दैनिक जीवनमा खाइने खानाका परिकार बनाउने सिप समेत सिक्ने अवसर यस कार्यक्रमले प्रदान गर्ने शुभेच्छा प्रकट गर्नुभयो।




