गुल्मी । गुल्मीका १२ वटा स्थानीय तह बाहेकका सरकारी कार्यालयहरुमा संघ र प्रदेशबाट परेको बजेट मध्ये खर्च हुन नसकी ७६ करोड भन्दा बढि रकम फ्रिज भएको छ ।
संघको कुल २५ करोड ८७ लाख ५५ हजार ५३१ र प्रदेशको ५० करोड १९ लाख ४५ हजार १६४ गरी कुल ७६ करोड ७ लाख ६९५ रुपैयाँ खर्च हुन नसकी फ्रिज जाने भएको हो ।
संघको चालु तर्फ ७ अर्ब १७ करोड ३६ लाख ५ हजार ४२० रुपैयाँ मध्ये ६ अर्ब, ९२ करोड , ५८ लाख ८५ हजार ८६४ मात्रै खर्च हुन सकेको छ । जुनको खर्च प्रतिशत ९६.६८ प्रतिशत हो ।
त्यस्तै संघको पुँजिगत तर्फ १ अर्ब १ करोड ३० लाख ६२ हजार १३७ रुपैयाँ बजेट मध्ये ९९ सय करोड २० लाख २६ हजार १८२ मात्रै खर्च हुन सकेको छ । जुन खर्च प्रतिशत ९७. ९२ प्रतिशत हो ।
त्यस्तै प्रदेशको चालु तर्फ ७८ करोड २२ लाख २६ हजार ५५७ रुपैयाँ बजेट परेकोमा ६० करोड ५१ लाख ४६ हजार ५२१ रुपैयाँ मात्र खर्च हुन सकेको छ ।
जुन खर्च ७७.३६ प्रतिशत हो । त्यस्तै प्रदेश पुँजिगत तर्फ १ अर्ब ३५ करोड ५१ लाख ४६ हजार बजेट परेकोमा १ अर्ब ३ करोड १ लाख ८० हजार ८७२ रुपैयाँ मात्रै खर्च हुन सकेको छ । उक्त कुरा जानकारी दिदै कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीका सुचना अधिकारी तथा कोष नियन्त्रक नारायण अर्याल भन्छन , विगतको भन्दा गत बर्षको खर्च प्रतिशत सन्तोषजन नै हो ।
स्थानीय तहको खर्च विवरण आए पछि जिल्लामा अरब बढि रकम खर्च हुन नसकी राज्य कोषमा फिर्ता जाने भएको छ । विकास निर्माण तर्फको बजेट फ्रिज जानुको मुख्य कारण हिउँदभरी कानमा तेल हालेर बस्ने जब आर्थिक बर्षको अन्तिम अर्थात असारे विकास , काम भन्दा पैसा सक्ने प्रवृत्ति हावी हुनु रहेको वुद्धिजिवीहरुको बिश्लेषण छ ।




