२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बिमा बन्द हुँदै !

लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बिमा बन्द हुँदै !

लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बिमा बन्द हुँदै !

लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बिमा बन्द हुँदै !

लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बिमा बन्द हुँदै !
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, माघ ८ २०८२
बिहिवार, माघ ८ २०८२
  • बुटवल 
    लुम्बिनी प्रदेशकै ठूलो सरकारी अस्पताल बुटवलको लुम्बिनी प्रादेशिक अस्प्तालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द हुने अवस्थामा पुगेको छ । अस्पतालले वर्षौंदेखि बिमा प्राधिकरणबाट प्राप्त गर्नुपर्ने भुक्तानी नपाएपछि सेवा बन्द गर्नुपर्ने अवस्थामा पुगेको हो । 
    अस्पतालले स्वास्थ्य बिमा बोर्ड बबरमहल काठमाडौँलाई पत्राचार गर्दै बिमा कार्यक्रम बन्द गर्नुपर्ने अवस्थामा पुगेको जानकारी गराएको छ । अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालका अनुसार अस्पतालबाट दाबी रकममध्ये बिमा बोर्डबाट स्वीकृत भएको रकम २४ करोड ७१ लाख रुपैयाँ प्राप्त हुन नसक्दा औषधि तथा उपकरण खरिदमा समस्या सिर्जना हुनुका साथै कर्मचारीहरुलाई सेवा सुविधा समेत उपलब्ध गराउन नसकिने अवस्थामा सिर्जना भएको छ । दैनिक करिब एक हजार पाँच सय सेवाग्राहीले स्वास्थ्य बिमा कार्यक्रमअन्तरगत सेवा लिने यस अस्पतालमा दाबी रकम भुक्तानी नहुँदा आर्थिक संकट पर्दै गएपछि बिमा कार्यक्रम नै स्थगित गर्नुपर्ने बाध्यात्मक अवस्थामा पुगिको मेसु डा. ढकालले गुनासो गरे । 


    अस्पतालले बिमा कार्यक्रमअन्तरगत उपचार सेवा उपलब्ध गराएअनुसार विभिन्न वर्षहरुमा गरी कूल ७३ करोड ४२ लाख दाबी गरेकोमा बिमा बोर्डले ५० करोड ५४ रुपैयाँमात्रै उपलब्ध गराउन स्वीकृत गरेको छ । जसमध्ये हालसम्म २५ करोड ८३ लाख रुपैयाँ मात्रै रकम प्राप्त भएको छ । अस्पतालका स्वास्थ्य बिमा कार्यक्रम विभागका प्रमुख दिपेन्द्र पौडेलका अनुसार बिमा कार्यक्रममा सेवाग्राहीको आकर्षण बढ्दै गए पनि सरकारले नै समयमा अनुदान उपलब्ध नगराउँदा सेवा प्रभावित हुने अवस्थामा पुगेको छ ।


    बिमा सेवालाई प्रभावकारी बनाउनका लागि फार्मेसी तथा फार्मेसी काउन्टर वृद्धि, अटोमेटिक रिपोर्ट डिस्प्याच मेशिन जडानलगायतका कामहरु भएका छन् । हाल बिमा कार्यक्रमका लागि मात्रै अस्पतालमा ३९ जना कर्मचारीहरु कार्यरत रहेको विभागका प्रमुख पौडेलले जानकारी दिए । विभाग प्रमुख पौडेलकाअनुसार अस्पतालले उपचार सेवा उपलब्ध गराएबापत दाबी गरेर पठाएको रकममा समेत बिमा बोर्डले मानोमानि रुपमा कटौटी गरेर थोरै रकम मात्रै स्वीकृति गर्ने गरेको गुनासो गरे । 


    अस्पताल बिका समितिका अध्यक्ष अजयमान श्रेष्ठले अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्दा गर्दै पनि बिमा बोर्डले स्वीकृत गरेको रकम समेत नपठाउँदा सेवा नै बन्द गर्नुपर्ने अवस्था सिर्जना हुनु दुःखद भएको उल्लेख गरे । सरकार र बिमा बोर्ड गम्भीर हुनुपर्ने बताउँदै उनले जनताको स्वास्थ्यसेवासँग प्रत्यक्ष जोडिएको विषयमा कसैले पनि खेलवाड गर्नु गलत भएको बताए । स्वास्थ्य मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य बिमा सेवाका लागि प्रथम विन्दु (फस्र्ट कन्ट्याक पोइन्ट) घोषणा गरेपछि सेवाग्राहीको चाप थप वृद्धि भए पनि अनुदान रकम समयमा प्राप्त गर्न नसक्दा आवश्यक उपकरणहरु खरिदमा समस्या पर्नुका साथै औषधि आयातकर्तालाई समयमा भुक्तानी दिन नसक्दा संकट उत्पन्न भएको छ । 
    सरकारले समयमा दाबी भुक्तानी नगर्दा देशका अन्य सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुले समेत बिमा कार्गक्रम स्थगित गरेका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र शहीद गंगालाल हृदय रोग केन्द्रले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गतका सेवा बन्द गरिसकेका छन् । ती अस्पतालहरुले पनि स्वास्थ्य बिमा बोर्डबाट दाबी भुक्तानी नपाएपछि स्वास्थ्य बिमा सेवालाई निरन्तरता दिन नसकिएको बताएका छन् । सेवा प्रदायकहरुले स्वास्थ्य बिमा कार्यक्रमबापतको सेवा बन्द गरेपछि बिमितलाई उपचारमा सकस पर्ने देखिएको छ । सरकारले नागरिकको उपचारका लागि ल्याएको कार्यक्रम अस्पतालहरुले बन्द गर्दा यसबाट विपन्न नागरिक सबैभन्दा धेरै मारमा पर्ने छन् ।


    यसैगरी सेवा प्रदायक अस्पतालहरुले स्वास्थ्य बिमा बोर्डको क्षमतामाथि नै प्रश्न उठाएका छन् । विशेषज्ञ चिकित्सकले बिरामी हेरेका केस बोर्डका कर्मचारीले नबुझेर अस्वीकृत गर्ने गरेका कारण दाबी रकममै आधा घाटा बेहोर्न परेको अस्पतालहरको गुनासो छ । बिमा दाबीको भेरिफिकेसन नै रियलटाइम हुनुपर्ने र निश्चित अवधि तोकेर बोर्डले भुक्तानी दिएपछि मात्रै सेवाले निरन्तरता पाउने प्रदायकहरुले बताएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij