२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जिम्मेवारी भुलेका मन्त्री

जिम्मेवारी भुलेका मन्त्री

जिम्मेवारी भुलेका मन्त्री

जिम्मेवारी भुलेका मन्त्री

जिम्मेवारी भुलेका मन्त्री
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, माघ ९ २०८२
शुक्रवार, माघ ९ २०८२
  • जेनजी आन्दोलन र विध्वंशपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारको काम भनेको चुनाव गराउने हो ।  स्वतन्त्र व्यक्ति भएको नागरिक सरकारका रूपमा चिनिन्छ । तर यो सरकारका चार मन्त्रीले धमाधम राजीनामा दिँदै चुनावमा उम्मेदवारी दिएका छन् । चुनावमा उम्मेदवार नहुने व्यक्ति खोजेर मन्त्रिपरिषद् विस्तार गरेको प्रधानमन्त्रीले बताएकी थिइन् । स्वतन्त्र व्यक्ति रहेको सरकार भएकाले आम नागरिकले सरकारप्रति भरोसा र विश्वास गरेका हुन् । तर अहिले धमाधम राजीनामा दिएर उम्मेदवारी दिएपछि सरकारको विश्वसनीयतामा प्रश्न उठेको छ ।


    राजनीतिमा नैतिकताको विषय प्रधान हुन्छ । नैतिकता भनेको यस्तो विषय हो, जुन कानुनले दण्डनीय मान्दैन्, तर त्यसको मूल्य चर्को हुन्छ । राजनीति भनेको सबै नीतिको मियो हो । राजनीति सुध्रदा सबै चीज राम्रो हुँदै जान्छ । सबै राम्रो हुनका लागि राजनीति सुध्रदै जानुपर्छ । राजनीति सुध्रनका लागि राजनीति गर्ने र पदीय जिम्मेवारी लिएका व्यक्ति इमान्दार हुनुपर्छ । बोली र व्यवहारमा एकरूपता जति आवश्यक छ, जनताप्रति जवाफदेही र जिम्मेवार हुन उत्तिकै जरूरी छ । बोली एकातिर र व्यवहार अर्कोतिर हुँदा अहिले राजनीतिले बाटो बिराएको छ । पछिल्लो उदाहरण हेरौँ, जेनजी विद्रोह र विध्वंशपछि गठन भएको सरकारका मन्त्रीको बोली र व्यवहारमा फरक देखियो ।

    यो सरकारको काम चुनाव गराउने हो । चुनाव गराउने जिम्मेवारी पाएका मन्त्रीहरु अहिले धमाधम चुनावमा उम्मेदवार भएका छन् । उम्मेदवार बन्ने रूची राख्नेहरुले मन्त्री हुन किन गएको ? यो नैतिक प्रश्न खडा भएको छ । स्वतन्त्र व्यक्ति संलग्न र चुनावमा नउठ्ने व्यक्ति मन्त्री रहेको भनिएको सरकारका चार मन्त्री अहिले चुनावी मैदानमा छन् । भौतिक पूर्वाधार र उर्जा मन्त्री कुलमान घिसिङले काठमाडांै–३ बाट चुनाव लड्दैछन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगधीश खरेलले ललितपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावमा उम्मेदवारी दिएका छन् । शिक्षामन्त्री महावीर पुनले राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा म्याग्दीबाट उम्मेदवारी दिएका छन् । खेलुकद मन्त्री बब्लु गुप्ताले सिरहा–१ बाट उम्मेदवारी दिएका छन् ।


    मन्त्रीहरुले धमाधम राजीनामा दिएर दलको आबद्धतामा चुनावी मैदानमा होमिएपछि कतिपयले यो सरकार पनि कुनै दलको आबद्धता रहेको भन्दै प्रश्न उठाउनु अस्वभाविक होइन् । अहिले सामाजिक सञ्जालमा यी चार मन्त्रीले बुझेको तलबभत्ता फिर्ता गर्नुपर्ने बहस भएको छ । राज्यको राजस्व अनाहकमा खर्च भएको र जिम्मेवारी पूरा नगरेकोले फिर्ता गर्नुपर्ने आवाज किन पनि स्वभाविक हो भने मुलुकमा नैतिकता र जिम्मेवार राजनीतिको विजारोपण गर्न आवशयक छ ।  उनीहरुले गल्ती  स्विकार गर्दै राजस्व फिर्ता गर्दा अरुलाई जिम्मेवार बन्न  प्रेरित गर्छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij