२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

फर्निचर व्यवसायको अनुगमन कडाई, नगरस्तरीय नगर समिति गठन तिब्र

फर्निचर व्यवसायको अनुगमन कडाई, नगरस्तरीय नगर समिति गठन तिब्र

फर्निचर व्यवसायको अनुगमन कडाई, नगरस्तरीय नगर समिति गठन तिब्र

फर्निचर व्यवसायको अनुगमन कडाई, नगरस्तरीय नगर समिति गठन तिब्र

फर्निचर व्यवसायको अनुगमन कडाई, नगरस्तरीय नगर समिति गठन तिब्र
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, माघ ९ २०८२
शुक्रवार, माघ ९ २०८२
  • बुटवल । फर्निचर उद्योग संघ रुपन्देहीले राज्यका कानुनलाई खुला चुनौती दिँदै घर–घरमा गई मौखिक सम्झौताका भरमा करोडौँ रुपैयाँको गैरकानुनी कारोबार गर्दै आएका व्यक्तिहरूविरुद्ध कडा कारबाही अभियान सुरु गरेको छ। संघले नगर नगरमा अनुगमन समिति गठन गरेर कडाई गर्न लागिएको संघका अध्यक्ष जिकान्त काफ्‌लेले जानकारी दिए ।उनले अवैध गतिविधि नगर्न चेतवनी दिँदै दर्ता भएका तथा कागजात भएका व्यवसायी संग काम गराउनको लागि सेवाग्राहीलाई आग्रह समेत गरे । 

    दर्ता प्रमाणपत्रलगायत आवश्यक सम्पूर्ण कागजात तयार राखेमा दर्तावाला व्यवसायीलाई कुनै घाटा नहुने बताउँदै अध्यक्ष काफ्लेले घुमन्ते टोलीले काम लिँदा व्यवसायीहरू समस्यामा पर्ने गरेको गुनासो आइरहने बताए। फर्निचर नै उद्देश्य नभएका प्रतिष्ठानले फर्निचरसम्बन्धी काम गर्नु गलत भएको उल्लेख गर्दै निरन्तर अनुगमन भए मात्र फर्निचर व्यवसाय सुरक्षित हुने उनको धारणा थियो।

    अध्यक्ष काफ्लेले स्थानीय तह, कर कार्यालय र सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरी अवैध रूपमा सञ्चालन भइरहेका फर्निचर निर्माण तथा बिक्री गर्नेहरूलाई पहिचान गरी तत्काल कारबाहीका लागि सिफारिस, जरिवाना, कारोबार बन्द र कानुनी प्रक्रियामा लैजाने काम तीव्र बनाउने स्पष्ट चेतावनी दिए ।

    स्थानीय पालिका हरुमा अनुगमन समिती विस्तार गर्दै जाने र स्थानीय सरकारको सहयोगमा सयुक्त रुपमा अवैध गतिविधि नियन्त्रण गर्न आक्रामक रूपमा अघि बढने निर्णय गरेको उनले बताए । 

    तिलोत्तमा नगरपालिकास्तरीय अनुगमन समितिको संयोजकमा अनिरुद्र खनाल, सहसंयोजक विष्णु थापा, सचिव केशव ज्ञवाली, सदस्यहरु मोहन शाह, प्रेम गौतम, राज बानिया, गणेश नेपाली रहेका छन् । यस्तै अन्य सदस्यहरुमा प्रकाश न्यौपाने, देबन्द्र शर्मा, गोबिन्द पाण्डे, निरज पराजुली, राजकुमार थापा, रुपेश गौतम, पूजा अग्रहरी, लिलपति भट्टराई, गोबिन्द शारु, शुरेस आचार्य,ईन्द्र थच्की र मोहन चौधरी रहेका छन् । 

    यता देबदहमा पनि ११ सदस्यीय समिति गठन गरिएको छ । जसको संयोजकमा हरि प्रसाद भण्डारी, सहसंयोजकमा सन्दीप ढुंगाना, सचिव कमल बिक तथा सदस्यहरुमा चन्द अधिकारी, दिनेश चौधरी, रमेश विष्ट, लिलामणि रिमाल, सन्तोष रिमाल, सन्तोष थापा, पदम ढुंगाना, नवराज भट्टराई, होम बहादुर सुनार रहेका छन् । यसअघि बुटवलमा समिति गठन भईसककेको छ । संघले उद्योगी भेला मार्फत समिति गठन गरिएको हो । 

    संघका अनुसार दर्ता, कर, श्रम मापदण्ड र गुणस्तरको कुनै पालना नगरी सञ्चालन भइरहेका यस्ता अवैध कारोबारका कारण राज्यलाई लाखौँ रुपैयाँ बराबरको कर छलि भइरहेको छ भने इमान्दार रूपमा कर तिरेर व्यवसाय गर्दै आएका स्वदेशी फर्निचर उद्योगी व्यवसायी धरासायी हुने अवस्थामा पुगेका छन  ।

    संघले यस्ता गतिविधिलाई आर्थिक अपराध र उद्योग विनाशको षड्यन्त्रको रूपमा लिएको जनाएको छ। फर्निचर उद्योग संघ रुपन्देहीले आम सेवाग्राहीलाई सचेत गराउँदै दर्ता र कर नतिर्ने अवैध व्यक्तिबाट सेवा लिँदा उपभोक्ता स्वयं पनि कानुनी जोखिममा पर्ने स्पष्ट पारेको छ। 

    संघले गैरकानुनी गतिविधिमा संलग्न जो–कोहीलाई संरक्षण नगर्न स्थानीय सरकार र सरोकारवाला निकायलाई कडा अपिल गर्दै, अब सहनशीलता समाप्त भएको स्पष्ट सन्देश दिएको छ। संघले स्वदेशी उद्योग जोगाउने यो अभियानमा उपभोक्ता, स्थानीय तह र जिम्मेवार नागरिकको सक्रिय सहयोग नआए अवैध कारोबार अझ मौलाउने चेतावनी दिँदै, गैरकानुनी फर्निचर कारोबारविरुद्ध शून्य सहनशीलताको नीति अपनाइएको जनाएको छ ।

    महासचिव खिमबहादुर खड्काका अनुसार २०५६ सालमा स्थापना भएको संघमा हाल १८३ जना व्यवसायी आबद्ध छन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij