तिलोत्तमा । तिलोत्तमा राइडर्स क्लबमा नयां नेतृत्व चयन भएको छ । संस्थाका अध्यक्ष अर्जुन गुरुङ बेलायत जाने भएपछि उनले दिएको राजीनामा स्वीकृत गरेर शनिबार बसेको पूर्ण वैठकले शंकर मल्लको नेतृत्वमा नयां कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा क्याप्टेन केबी कार्की,सचिव सुवास थापा,सहसचिव अनुराग गुरुङ र कोषाध्यक्षमा दीपक भट्टराई चयन भएका छन् ।
यस्तै कार्यसमिति सदस्यहरुमा कपिल गुरुङ,कृष्ण खड्का,अनिल भट्ट र चेतन बस्नेत चयन भएका छन् । संस्थाको वरिष्ठ सल्लाहकारमा सुरज पंगेनी, प्रेस सल्लाहकारमा टिआर शर्मा र सल्लाहकारमा सन्तोष केसी मनोनित भएका छन् । तिलोत्तमा राइडर्सको पूर्ण वैठकले संस्थापक अध्यक्ष अर्जुन गुरुङले संस्था स्थापनादेखि हालसम्म गरेको योगदानको उच्च मूल्याङकन गर्दै धन्यवाद ज्ञापन तथा वैदेशिक यात्राको सफलताको शुभकामना व्यक्त गरेको सचिव सुवास थापाले जानकारी दिए । तिलोत्तमा राइडर्स तिलोत्तमा नगरपालिकाको पहिलो साइकल राइडर्सहरुको साझा संस्था हो । यसले स्थानीय सरकारसंग सहकार्य गरेर पहिलो तिलोत्तमा कोरा सम्पन्न गर्नुका साथै बृक्षारोपण लगायत समाजिक काम गर्दै आएको छ । साइकल राइडलाई प्रवद्र्धन गरी नगरवासीलाई स्वस्थ जीवन जिउन प्रेरित गर्नुका साथै तिलोत्तमाका धार्मिक र पर्यटकीय क्षेत्रको पर्यटन प्रवद्र्धनमा पनि यसले महत्वपूर्ण भूमिका खेलेको छ ।




