२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

विश्वकै दुखान्त मानवीय दुर्दशाको प्रतिनिधि विश्व साहित्य

विश्वकै दुखान्त मानवीय दुर्दशाको प्रतिनिधि विश्व साहित्य

विश्वकै दुखान्त मानवीय दुर्दशाको प्रतिनिधि विश्व साहित्य

विश्वकै दुखान्त मानवीय दुर्दशाको प्रतिनिधि विश्व साहित्य

विश्वकै दुखान्त मानवीय दुर्दशाको प्रतिनिधि विश्व साहित्य
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, माघ १२ २०८२
सोमवार, माघ १२ २०८२
  • एच.के. श्रेष्ठ
    परिचयः
    ‘ज्याज एज’ र ‘अमेरिकन डूीमका’ उन्नायक उपन्यासकार फ्रान्सिस स्कट फिजराल्डले तीन सय हजार पिस ‘द ग्रेट गेट्स्बी’ किताब विना विज्ञापन प्रति वष बिक्री गर्दथे । यसरी लाखौं संख्यामा बिक्री भएको कारण तत्कालिन अमेरिकन समाजको जीवन्त फोटो थियो, यो उपन्यास । स्वयम् उपन्यासकार फिजराल्डको आफ्नै श्रीमती न्यायाधीशको छोरी जेल्डा निकै राम्रो लेखिका र अति उत्तम पेन्टर थिइन्, जसलाई उनको लेख-रचनाहरूबाटै प्रभाव पारेर गहिरो प्रेम र विवाह भएको थियो सन् १९१८ मा । यसैबाट प्रष्ट हुन्छ उनको विवाहपश्चात् सिर्जना गरिएको यो उपन्यासको बौद्धिक स्तर कति छ भन्ने । समालोचक ए.इ. डाइसनको टिप्पणी छ–‘यो विश्वकै लिटरेचर हो, यसले केवल अमेरिकन समस्यामात्र नभएर समग्र दुखान्त मानवीय दुर्दशालाई दर्शाउँछ ।’ फिजराल्ड आफँै रोमान्टिक र दुखान्त फिगर थिए ।


    फिजराल्डको जन्म धनि, उच्च मध्यम वर्गको व्यापारीको छोराको रूपमा भएता पनि पारिवारिक आर्थिक क्राइसिसमा परेको हुँदा अधिकांश पात्रहरूमार्फत् आर्थिक लालचउन्मुख चरित्र हावी देखाइनु स्वाभाविक छ । सबै खालका राग तथा क्षोभ र सयलवादी छिनाझम्टी पात्रहरुको प्रवृत्ति देखिनु स्वादिलो परिवेश नै हो । भौतिकवादी भ्रम र वास्तविकताबिच द्वन्द्वको नाटकीकरण उपन्यासको विषय सुहाउँदो छ । 
    पुस्तक समीक्षा
    पुस्तक -रचना :द ग्रेट गेट्स्बी :
    विदा   -   उपन्यास
     उपन्यासकार : फ्रान्सिस स्कट फिजराल्ड (अमेरिकन)
    प्रकाशन : सन् १९२५
    सम्पादन : केन वुश
    पृष्ठभूमिः
    विशेष गरेर प्रथम विश्वयुद्धपछिको तत्कालीन आधुनिक अमेरिकन समाज अमेरिकन ड्रीम, ज्याज युग अनि लस्ट जेनेरेसन स्वरुपीये धरातलमा थियो । त्यसो त सन् १९२० को दशकको अन्त्य अर्थात् सन् १९२९ आर्थिक मन्दीको चपेटामा थियो । आर्थिक मन्दीको पिल्सावटले अमेरिकनहरूमा आर्थिक उपलब्धिसँगै मटेरियल समृद्धिको तीव्र चाहना बढेको थियो ।


    सन् १९७६ मा बेलायतविरुद्ध राजनीतिक रूपमा विद्रोह गरेको अमेरिकी स्वतन्त्रता संग्रामले पूर्णरूपमा स्वतन्त्र पहिचान दिलाउन सफल भएपछि उठेको अमेरिकन ड्रीमको अवधारणा सर्वत्र हावी थियो । सबै अमेरिकनवासीहरू समान जीवन, स्वतन्त्रता र आनन्द वा खुसीको खोजीको थोमस जेफर्सनीय धारणाले अघि बढ्दै थिए । त्यो सँगसँगै सबै काममा व्यस्त रहने, सबैले प्रशस्त पैसा आर्जन गर्ने, धन सम्पत्ति जोड्ने, भौतिक सुख, सुविधाले सम्पन्न जीवन जिउने, उच्च ओहोदा कायम गर्ने र सर्वमान्य बन्ने थिम लिएको अमेरिकन ड्रीमको लिगमा अमेरिकन समाज थियो ।


    अर्कोतर्फ प्रथम विश्वयुद्धपश्चात्को अमेरिकन जिन्दगी नयाँ ढंगको फेरबदलले रंगियो । जसरी विश्वयुद्धहरूले शक्ति केन्द्रलाई तितरवितर बनायो, पुरानो भौतिक संरचना ध्वस्त ग¥यो, अरबौं धनजन सखाप पा¥यो र पूरै उथलपुथल ल्यायो । त्यसैगरी अमेरिकन समाजमा पुरानो सामाजिक मूल्यमान्यता, परम्परा, संस्कृति र आर्थिक अवस्थालाई ध्वस्त पारेर नयाँ रूपमा अगाडि बढ्दै  थियो । पुरानो स्थापित समाज भत्केर नयाँ बन्दै थियो । आधुनिक मिश्रित समाजसँगै तितरवितर भएका लेखक, कलाकार, जनशक्ति तथा अन्य क्षमताका मान्छेहरू, पुनः संगठित भई लागेका थिए । चरम शहरीकरण, औद्योगिकीकरण र भौतिक विकासको फेरोमा आधुनिक–अत्याधुनिक भौतिक वस्तुहरूको तृष्णामा समाज डुब्दै थियो । युवा पुस्ताहरूमा मनोरञ्जन तथा सयलको चरम उपयोग जाग्दै थियो । दैनिक पार्टी, भोज उत्सव, कन्सर्ट तथा म्युजिकको आनन्दित स्वादमा नयाँ पिँढी रमाउन व्यस्त थिए  । प्रेम र सेक्सको चर्तिकला उत्पात थियो । ‘द ग्रेट गेट्स्बी’ तिनै स्वरुपहरूको धरातलको गर्भबाट जन्मेको छ ।


    तत्कालीन अमेरिकी समाजमा विद्यमान सर्वपक्षीय चरित्र र स्वरुपलाई सर्लक्कै फोटोकपी गर्न सफल उपन्यास ‘द ग्रेट गेट्स्बी’ कति सक्दो सिर्जनशिल र नवीन तर जटिल ढाँचाको थियो भन्ने कुरा स्वयम् उपन्यासकार फ्रान्सीस स्कट फिजराल्डले प्रकाशकलाई भनेको ‘आइ मस्ट ट्राइ टु राइट सम्थिङ न्यू, सम्थिङ एक्स्ट्रा अर्डिनरी एण्ड ब्युटीफुल , सिम्पल एण्ड ईन्ट्रिकेट्ली प्याटन्र्ड’ भनाइबाटै पुष्टि हुन्छ । अहिलेसम्मै लेखिएको मध्ये सर्वोत्कृष्ट उपन्यास हो भन्ने दाबी पनि उनै फिजराल्डको थियो ।
    पात्रको हिसाबले प्रमुख र सहायक गरी लगभग बीस संख्यामा रहेको यो उपन्यासमा सम्पूर्ण प्रवृत्ति भेटिन्छ । निक क्यारावे, जे गेट्स्बी, टम बुचानन् र डेजीको भूमिका नै प्रमुख पात्रको देखाइएको छ भने जर्ज विल्सन, मीर्टल विल्सन, दान कोडी, जोर्डन वेकर, मेयर वल्फ्सीम आदि सहायक पात्रहरू मध्येका महत्वपूर्ण हुन् । अमेरिकन ड्रीमको प्यासनमा हुत्तिएका ती पात्रहरू ज्याज युगीन चरित्रको चरम अभ्यासमा रंगिएको देखिन्छ ।


    कथावस्तुको सेटिङ र प्लटिङ
    कथावस्तुको सेटिङ र प्लटिङको नजरियामा नौ च्याप्टरमा विभाजित यस चर्चित उपन्यासमा मिड वेस्ट, वेस्ट एग, ईष्ट एग, लङ्ग आइल्याण्ड, न्युयोर्क र भ्याली अफ आसेशलाई नै स्थानको जोडदार महत्व दिइएको छ । प्रथम व्यक्ति कथन शैलीमा लेखिएको यो उपन्यासको प्रमुख पात्र, कथक र निरीक्षकको समेत भूमिका पकडेका निक क्यारावे सम्पूर्ण घटनाको वृत्तान्त मात्र कहँदैनन् कि सबै पात्रहरूका गतिविधि, क्रियाकलाप, व्यवहार, धारणा र प्रवृत्तिको समेत सूक्ष्म निरीक्षण गर्दछन् । यद्यपि कमेन्ट त्यति धेरै पोख्दैनन् ।


    कथक निकको परिचयात्मक पृष्ठभूमिबाट सुरु भई उनको माइग्रेसन मिड वेस्टबाट भएर वेस्ट एगमा धितो व्यापार सुरु गरेको प्रथम च्याप्टर उनको भतिजी डेजी र श्रीमान् टम बुचाननको ईस्ट एगमा अवस्थित घरमा डिनर खाने घटनामा केन्द्रित छ । त्यो अवसर नै निक क्यारावेको जोर्डन वेकरसँगको भेट र परिचय साथै प्रेमको ढोका खुलेको अवसर हो । निकले गेट्स्बीलाई देख्ने मात्र काम हुन्छ । दोस्रो च्याप्टरले खरानीको उपत्यका (भ्याली अफ आसेश) लाई निकमार्फत् बयान गराउने प्लटिङ समेटेको छ । जहाँ धनाढ्य पात्र टमले आफ्नी प्रेमिका मिर्टल विल्सन (ग्यास कम्पनीको मालिक्नी) लाई निकसँग परिचय गराउँछ । पार्टी खाँदा कारणवश टमले प्रेमिका मिर्टलको नाक फुटाइदिएको पनि छ ।


    तेस्रो च्याप्टरमा गेट्स्बीको भव्य पार्टीको आयोजना जहाँ सबै नानाथरिका सरिक हुन्छन् र निक क्यारावेसँग परिचय पनि त्यहि हुन्छ । निक र जोर्डन वेकरको प्रेमको डोरी बाटिन पुग्छ । निक र गेट्स्बीको राम्ररी कुराकानी चौथो च्याप्टरले गराउँछ । गेट्स्बीले निकलाई आफ्नो अतितको बारेमा वर्णन गर्छ । डेजीसँगको प्रेम वियोगको पीडा गेट्स्बीले निकलाई पोख्ने मात्र होइन निकलाई चिया पार्टीको होस्ट बनेर डेजीसँग उसको पुनर्मिलन हुने व्यवस्थाको अनुरोध गर्छन् । गेट्स्बीको आर्मी जागिरको विषय र डेजीसँग प्रेममा फसेको कुरा जोर्डनले खोलिदिन्छ ।


    च्याप्टर पाँचमा गेट्स्बी र डेजीको पुनर्मिलन समेटिएको छ । गेट्स्बीले डेजीलाई प्रभाव पार्न हदैसम्मको प्रयासको क्रममा उनले बुर्जुवा, पुँजीवादी र देखावटी शैलीको प्रयोग गर्छन् । उनले आफ्नो घर, कोठा, भौतिक सामानहरू महंगो लत्ताकपडा सबैको प्रदर्शनी डेजीको आत्मा जित्ने हतियारको रुपमा गर्छन् । पाहुनालाई म्युजिकको आनन्द दिएर आकर्षण गर्न क्लीपस्प्रिङगरको भूमिका अघि सर्छ । च्याप्टर छमा निकले गेट्स्बीको पूर्व इतिहास र वास्तविक परिचयको वृत्तान्त बताउँछन् । उनको वास्तविक नाम, उनी घर छोडेर हिँडेको र दन कोडी भन्ने समुन्द्री जहाजको मालिक अरबपतिले लगेर पानी जहाजमा यात्रा गराउँदै पाँच वर्षसम्म पालेर शिक्षादिक्षा दिएको प्रसंग उल्लेख छ । गेट्स्बीलाई डेजीसँगको गुमेको प्रेमको चिन्ता र त्यसलाई फेरि प्राप्त गर्ने प्रयास छ । तर उनी त्यति सफल हुँदैनन् भन्ने सन्दर्भको बिसौनी छैटौं च्याप्टर हो ।


    अन्य सबै च्याप्टरको तुलनामा सबैभन्दा लामो सातौं च्याप्टर घटना परिघटनाको हिसाबले पनि निकै ओझिलो मान्न सकिन्छ । उपन्यासलाई भारी पु¥याउन सार्थक घटना यसैमा भेटिन्छ । गेट्स्बी र टम वुचाननको डेजीसँगको आन्तरिक विषयको उद्घाटित, न्युयोर्क होटलमा पार्टी गर्न गएको, डेजीले श्रीमान टमलाई छोडेर प्रेमी गेट्स्बीको कारमा गएको प्रेम विद्रोह, मिर्टलसँगको टमको प्रेममा मिर्टलको श्रीमान् जर्ज विल्सनद्वारा धक्का, टम वुचानलले प्रेमिका मिर्टल र आफ्नै श्रीमती डेजीको माया गुमेको अनुभूति आदि । न्युयोर्ककको होटलमा अत्याधिक मदिरा पिएपछि उनीहरूबीच रिसराग बढ्दै जाँदा झगडा र हानाहानको परिस्थिति बन्यो । डेजीलाई गेट्सीद्वारा प्रेमको अग्नी परीक्षा हुँदा डेजीले टम बुचाननप्रति माया छैन् भन्न नसक्दा गेट्स्बीको भावनामा ठूलो चोटसँगै न्युयोर्कबाट फर्कने योजना बनेको छ ।


    न्युयोर्कबाट फर्कदा गेट्सी र टमले आ–आफ्नै गाडी चलाएकै कारण मिर्टलको दुर्घटनामा मृत्युको घटनाले जर्ज विल्सनलाई थोरै भ्रम सिर्जना गरेको छ । गेट्स्बीको कार डेजीले चलाउँदा मिर्टललाई ठक्कर दिएर मृत्यु हुन जान्छ र पछि यहि निर्दोष ग्रेट्स्बीको जर्जद्वारा हत्याको कारण बन्छ ।


    आठौं अध्यायले अझ क्लाइमेक्सतर्फ घटनालाई चढाएको छ । डेजीले कार दुर्घटनामार्फत् मिर्टलको हत्या गरिसकेपछि उनीमा इमान्दारिताको खडेरीले गर्दा आपराधिक दोषको भागिदार निर्दोष गेट्स्बी हुने परिबन्ध छ । श्रीमती मिर्टलको दुर्घटनामा मृत्युले भावविभोर भएर छटपटाएको जर्ज विल्सन कारवाला हत्याराको खोजीमा टमकहाँ पुग्दा टेमले विश्वासघात र बेइमानीको पराकाष्ठा प्रदर्शन गर्दै गेट्स्बीले मारेको आरोपसहित ठेगाना बताइदिन्छ । जसले गर्दा जर्ज विल्सनले घरको पोखरीमा पौडी खेल्दै गरेको गेट्स्बीलाई गोली हानी मार्छ र आफू पनि आत्महत्या गर्छ, त्यही गोलीबाट । यस मानेमा अध्याय सात र आठ उपन्यासकै केन्द्रीय भाग मान्न सकिन्छ ।


    अध्याय नौ अन्तिम अध्यायको रूपमा सिर्जित छ । गेट्स्बीको दाहसंस्कारको कार्यक्रम, खान, पिउन पार्टीमा सम्पूर्ण सहभागीहरूको नियत परीक्षण, टम र डेजी बुचाननको स्वार्थको अतिवादी व्यवहार र निक क्यारावेको गेट्स्बीप्रतिको इमान्दारिता र नैतिकता, निःस्वार्थता, परिपक्वता तथा व्यवहारिकताको प्रदर्शन जस्ता महत्वपूर्ण पक्षको समाविष्टले अन्तिम अध्याय अर्थपूर्ण रूपमा खडा छ ।


     नोटः  (कृपया याहाासम्म  एउटा र यस मुनिको अर्को अंक गरी दुई  भागमा निकाल्दा ठीक होला कि)
    समीक्षा:
    सन् १९२० को दशकमा विमारले थलिएको अमेरिका पहिलो विश्वयुद्धको चपेटामा परेर घुत्रुक्कै भएको अमेरिकन पुनहः अमेरिकन ड्रीमको नयाँ उत्साह, उमंग र महत्वाकांक्षाले ओतप्रोत हुँदै अघि बढ्दै थियो ।


    तत्कालीन बिमारी अमेरिकाको सामाजिक, आर्थिक र सांस्कृतिक दर्पण प्रतिविम्बित गर्न जीवन्त उपन्यास ‘द ग्रेट गेट्स्बी’ फ्रान्सिस् स्कट फिजराल्डको कला, कौशल, सिर्जनशीलता र बौद्धिकताको चमत्कार मान्न सकिन्छ । बिमारले थलिएपछिको बिमारी भोकले खौलिएझैं प्रथम विश्वयुद्धले थलिएर तङ्ग्रीएको अमेरिकन समाज ‘अमेरिकन ड्रीम’ को तीक्ष्ण भोगको रफ्तारमा हुँइकिएको र सोही डूीमको भ्रष्टाचारमा डुबेको पुष्टी गर्ने उद्देश्य उपन्यासको देखिन्छ । वास्तवमा ‘अमेरिकन ड्रीम’ ‘ज्याज युग’ र  ‘लष्ट जेनेरेसन’ को अतिवादी अभ्यासको आधार हो । आधुनिक अमेरिकन समाजमा व्याप्त बुर्जुवा चरित्र, पुँजीवादी अराजकता, यौन विकृति, भौतिक विलाषी जीवनको चरमता, आर्थिक तथा नैतिक भ्रष्टता, आध्यात्मिक तथा धार्मिक नष्टता र चारीत्रिक जटिलताको कन्टेनर ‘अमेरिकन ड्रीम’ भन्दा प्रतिवाद हुन सक्दैन ।


    यिनै ज्याज युगीन जटिलताको पराकाष्ठालाई भारी हाल्दै सिर्जित उपन्यास ‘द ग्रेट गेट्स्बी’ तत्कालीन अमेरिकन फोटोकपीको रूपमा प्रतिविम्बित गर्न खडा छ । असल चरित्र दुर्लभ तथा अपवाद र खराब चरित्रको बिगबिगी देखाइएको यो प्रख्यात उपन्यासमा निक कारावे, गेट्स्बी, टम बचानन्, डेजीलाई अति महत्वपूर्ण पात्र र जर्ज विल्सन, मिर्टल विल्सन, जोर्डन वेकर, दन कोडी, मेयर वल्फ्सीम आदिलाई महत्वपूर्ण पात्रको रूपमा जिम्मेवार बनाइएको छ । त्यसो त सम्पूर्ण पात्र र प्रवृत्ति बटुलिने गरी अन्य झण्डै एक दर्जन  बढी पात्रहरू सहायक भूमिकामा ल्याइएको छ । उपन्यासमा सेटिङ र प्लटिङ भएका नौवटा अध्यायसम्मका घटनाहरूको कथक अर्थात् वृतान्तकार निक करावे प्रमुख पात्र मात्र होइनन् उनी निरीक्षकको भूमिका बहन गरेका छन् । उपन्यासको धुरी पात्र गेट्स्बी बाहेक एउटा मात्र असल, सकारात्मक र सद्गुणी पात्र निक करावे उपन्यासकार फिजराल्डको प्रतिनिधि मान्न सकिन्छ । कथाको प्रारम्भिकतादेखि अन्तिमसम्म पूराका पूरा घटनामा संलग्न निकले सबै घटनाको बेलिविस्तार त लगाउँछन् नै साथै घटनामा समाहित सम्पूर्ण पात्रहरूका क्रियाकलाप, गतिविधि, व्यवहार, प्रवृत्ति र चरित्रको कुशल तथा परिपक्व निरीक्षण गरी कमेन्ट गर्दछन् । उनलाई यो जिम्मेवारी अति नै सुहाएको छ किनकि उनीमा कुनै चारीत्रिक, नैतिक, आर्थिक, भौतिक र व्ययक्तिक कमजोरी देखिँदैन ।


    टम, डेजी बुचानन्, गेट्स्बी र अन्यभन्दा गरिब निक धितो व्यापारको सञ्चालकको रूपमा भाडामै जीविकोपार्जित छन् । उनी लोभी, पापी भ्रष्ट, अनैतिक र चरित्रहीन सबै पात्रहरूका लागि असल पाठ सिक्न लायक गुरु हुन् भन्दा हुन्छ । नत पार्टीहरूमा अल्कोहल पिएर झल्लिएको पाइन्छ, नत चरित्र गुमाएको नै छ उसले, नत भौतिक लालच नै राखेका छन् । अधर्मी, पाखण्डी, धुर्त, लोभी, पापी, बेइमानी, स्वार्थी र अमेरिकन ड्रीमको भ्रष्ट पात्रहरूको भीडमा अडिग चरित्रको रूपमा खडा हुनु असामान्य र अपवाद हुन्, निक करावे ।


    दुःखान्त हिरो गेट्स्बीसँगै उनलाई हिरोको मान्यता दिँदा न्याय हुन्छ । भौतिक जीवनको अतिभोगी टम–डेजी बुचानन, दन कडि, मेयर विल्फ्सीम आदिको संगतको बाबजुद पनि गेट्स्बीको जीवन–मरणसम्मका दिनहरूमा उनले अति इमानदार ढंगले धर्म निभाए । गेट्स्बीलाई हरेक कुरामा साथ र सहयोग गर्ने निक गेट्स्बीको जर्ज विल्सनद्वारा हत्यापछिको दाहसंस्कार प्रोग्रामसम्म बहुत जिम्मेवार असल मित्रको भूमिका निभाएर सबैलाई मृत्युको खबर गर्दै दाहसंस्कारमा उपस्थितको सूचना दिएर व्यवस्था समेत मिलाए । गेट्स्बीले आयोजना गरेको निरन्तरको विभिन्न पार्टीमा चिनेका र नचिनेका हजारौं मान्छे जम्मा भए । खानपान र रंग रमाइलोको मस्ती लिए तर गेट्स्बीकै दाहसंस्कार कार्यक्रममा ओल्फ आइ,े बुबा हेनरी गेज, हुलाकी र नोकर बाहेक कोही समावेश नहुनु स्वार्थी पुँजीवादी सामाजिक चरित्रको पराकाष्ठा हो । स्वयम् गेट्स्बीको प्रेमिका डेजीले समेत समवेदना र एउटा फूल समेत नचढाउनु आश्चर्यचकित छ । टम बुचानन् त झन् साथीको हैसियत नै बिर्सेर गेट्स्बीको मृत्युमा आनन्द मानेर अमानवीयताको उदाङ्गो नमुना बनेका छन् ।


    प्रेमको नौटंकी
    उपन्यासको अर्को जोडबल महिला चरित्र, पुँजीवादी भौतिक प्रेम र कमजोरीको पर्दाफासमा छ । निक क्यारावेको प्रेमिका जोर्डन बेकरको धुत्याईं, जालझेल र षड्यन्त्रले आफैँमा व्यंग्य गरेको छ । डेजीको धनसम्पतिप्रतिको मोहले गर्दा आफ्नो प्रेमी गेट्स्बीलाई छोडेर धनी टमसँग बिहे गर्नुले प्रेमको नौटंकी कति हुँदो रहेछ भन्ने पुष्टि हुन्छ । गेट्स्बीसँग एक वर्ष प्रेमपश्चात् टमसँग पोइल गए पनि पुनः गेट्स्बीसँग सम्पर्कमा आएर प्रेमको नौटंकी गरेको रहेछ भन्ने कुरा टम र गेट्स्बीको बिच डेजीले खुलेर भन्न नसकेकोबाट थाहा हुन्छ । त्यसो त आफ्नो श्रीमान जर्ज हुँदाहुँदै टमसँग प्रेम गर्ने मिर्टल विल्सन श्रीमानको आलोचनामा आनन्द मान्नु र अति अश्लिल ढंगले प्रस्तुत हुनु आधुनिक छाडा महिलाको द्योतक हो । 


    त्यसो त टम बुचानन्को चरित्र पुरुषकै बेइज्जती प्रतिनिधित्व हो । अति भौतिक समृद्धि, उपभोग, धनसम्पत्ति र मानसम्मानको भोको टम कसैप्रति सिरियस छैनन् । धनसम्पत्तिले जे गरे पनि हुन्छ भन्ने उनको मान्यता अति नै निन्दनीय छ ।


    बुर्जुवा समाजमा कति गतिछाडा, निर्लज्जता र हाकाहाकी उत्ताउलोपनको प्रस्तुति हुन्छ भन्ने उदाहरण हुन् यी । आफ्नो श्रीमती मिर्टल विल्सनको टम बुचानन्सँग प्रेम भएको थाहा पाउँदा पनि त्याग्न नसक्ने बरु कोठामा थुनेर राख्ने जर्ज विल्सनमा आत्मगत कमजोरीको पराकाष्ठा भेटिन्छ । यद्यपी उनले श्रीमती मिर्टलप्रति प्रेमभाव भने गहिरो राखेको हुन सक्छ । त्यसको चुनौतीमा मिर्टल श्रीमानको थुनाइको बन्धनबाट उम्केर प्रेमी टम बुचानन्को गाडीतर्फ अघि बढनुले टमप्रति उनको प्रेम समर्पण मान्न सकिन्छ । टम, डेजी र गेट्स्बीद्वारा आयोजित विभिन्न पार्टीहरूमा सरिक भई रक्सी पिएर असन्तुलित भई अवान्छित क्रियाकलाप देखाउने महिलाहरूले आधुनिक छाडा संस्कृतिको प्रतिविम्ब दिन्छ ।


    गेट्स्बीको दुखान्त हिरोइजम्ः
    उपन्यासकार स्कट फिजराल्डले गेट्स्बीलाई केही कमजोरीका बाबजुद हिरोको रूपमा उभ्याएका छन् । आर्मीको जागिरमार्फत् राष्ट्र सेवामा लागेका गेट्स्बी राष्ट्र सेवककोहैसियतमा र लुइभिलबाट डेजी प्रेमिकालाई छोडेर समुद्र पार सरुवा हुँदा सहानुभूति पाउने ठाउँ छ । उनको असल पक्ष चरित्रमा देखिन्छ जबकि उनले डेजी बाहेक अन्य केटीलाई प्रेम गरेका छैनन् । उनको प्रेमिका डेजी टम बुचानन्सँग पोइल गएपछि पनि निक क्यारावे, जोर्डन वेकर आदिमार्फत् पुनर्मिलन गराई माग्नु डेजीप्रतिकै सच्चा प्रेम हो । त्यति मात्र होइन गेट्स्बीले तमाम पार्टीको आयोजना गर्नुको मुख्य उद्देश्य डेजीको प्रेमलाई पुनः प्राप्त गर्नु नै हो । उनी डेजीप्रति निकै चिन्तित हुनु भावनात्मक प्रेमको जिकिर हो । यद्यपी डेजीले भने उनलाई प्रेम खेलमा भुलाएको मात्र रहेछ ।


    गेट्स्बी निकै सिर्जनशिल, ट्यालेन्ट र विचारशिल देखिन्छन् । प्रेम मामला सफल बनाउनको निम्ति उनको टिूक, चतु¥याईं र योजनाहरूले यसको पुष्टि गर्दछ । डेजीसँगको यहि प्रेम खेल नै उनको जीवनको अभिषाप बन्दछ । उनले धेरै भोज पार्टीहरूको आयोजना गर्नु र ठूलो धन राशी खर्च गर्नुले फजुल खर्चालुको रूपमा टिप्पणी गर्न मिल्दछ । यस मामलामा निक करावेको साथ र सहयोग उनको लागि सकारात्मक पक्ष थियो ।


    गेट्स्बी पनि आधुनिक बुर्जुवा पुँजीवादी ढर्रा र अमेरिकन ड्रीमको सिकार भएका छन् । यसको दूषित हावाको र दूषित जमिनको प्रभाव उनमा पर्नु स्वाभाविक थियो जसले गर्दा उनी देखावटी, तडकभडक, हाइफाइ र भौतिक सम्पन्नताको लालची प्रवृत्तिबाट निष्प्राभावित हुन सकेनन् । डेजीलाई आफ्नो घर, कोठा, आधुनिक सामग्री, महंगो कपडाहरू आदि देखाएर प्रभावमा लिनु सोही प्रवृत्तिको उपज हो । यहि भौतिक सांसारिक आनन्दको भ्रममार्फत् उनी रोमान्टिक लाइफमा व्यस्त छन् । यहाँनिर अमेरिकन डूीम आर्जनको क्रममा उनको कमजोरी भेटिन्छ । दन कडी जस्ता अरबपति पानीजहाज मालिकको पाँच वर्षे स्कुलिङबाट उनले धनसम्पत्तिकै समृद्धिको उपाय सिके । मेयर वल्फ्सीमजस्ता आपराधिक, ग्याङ्गस्टार र स्वार्थी व्यक्तिको संगतले उनले भ्रष्ट ढंगले धन कमाएको पुष्टि हुन्छ ।


    डेजीकै प्रेम विश्वासको रिसर्चार्थ बुचानन्हरूको संगत गर्नु, न्युयोर्कतर्फ पार्टीको लागि यात्रा गर्नु र आफ्नो कार डेजीलाई चलाउन दिएर मिर्टलको दुर्घटना हुनु नै गेट्स्बीको जीवनको दुर्दशा थियो । डेजीले नै प्रेमको नाममा खेलाउनु र डेजीले नै उनको कार दुर्घटना गराएर मिर्टलको हत्या गर्नु नै उनको मृत्युको मार्ग बन्यो । मिर्टलको हत्यारा दोषी डेजीलाई केही नगरी जर्ज विल्सन (मिर्टलको श्रीमान) ले निर्दोष गेट्स्बीलाई बदलास्वरुप गोली हानेर हत्या गर्नु गेट्स्बीको निम्ति सबैभन्दा सहानुभूति प्राप्य छ । जब उनको जीवन समाप्त हुन्छ, सँगसँगै अमेरिकन ड्रीम असफल हुन्छ । गेट्स्बीले नत डेजी श्रीमतीको रुपमा प्राप्त गरे, नत खुशी किन्न सके, नत उनले अमेरिकन ड्रीम नै खरीद गर्न सफल भए ! बरु आशाको कठीन यात्रामा संघर्ष गर्दा गर्दै जीवनबाटै बिदा लिन पर्यो । यसर्थ गेट्स्बी असफल अमेरिकन ड्रीमको दुःखान्त हिरो भएका छन् । गेट्स्बी मिथिकल पात्रको हैसियतमा स्थापित छन् । अमेरिकन रोमान्टिक हिरोको व्ययक्तिकरण गरेका छन्, उनले ।


    अन्तमा :
    थोमस जेफर्सनको दर्शन जीवन, स्वतन्त्रता र आनन्दको खोजीको मार्गमा अमेरिकन देखाइएको छ । नयाँ–नयाँ स्थानमा काम, पेशा, व्यापार र सुखको खोजीस्वरुप निक मिड वेस्ट जन्मस्थल छोडेर वेस्ट एगतर्फ गएका छन् । यद्यपि उनी गेट्स्बीको मृत्युपछि आफ्नै भूमि फर्किए । त्यस्तै वस्ट एग र ईष्ट एगवासीहरूको संस्कार–संस्कृतिमा पृथकता देखाइएको छ । वस्ट एग नवधनाढ्य र बुर्जुवाहरूको अकुपाइ थलो अर्थात नव विकसित शहर बनेको छ भने इष्ट एग पुरानो धनाढ्यहरूको बसोबास स्थल हो ।
    उपन्यासकार फिजराल्डले ती बासिन्दास्थित स्थललाई वस्टल्याण्ड, मतलव दुषित भूमिको संज्ञा दिएका छन् । जहाँ आधुनिक धनाढ्यहरू भ्रष्ट, पतित, स्वार्थी, धुर्त र आपराधिक र निकृष्ट हुनाले वस्टल्याण्ड संज्ञा सार्थक बन्न पुगेको छ । ठिक त्यहि सार्थकतामा भ्याली अफ आसेश माने खरानीको उपत्यकाको संकेत गरिएको छ । यसको मतलव शहरीकरण, औद्योगिकीकरण कथित सभ्यता र आधुनिकीकरण तथा भौतिक विकासले प्राकृतिक भूमि र सुन्दरताको नष्ट, आध्यात्मिक तथा धार्मिक पतन र सांस्कृतिक, सामाजिक, आर्थिक आदि भ्रष्टताको संघम छ । डा. एकलवर्गको आँखाको विज्ञापनले पैसा आर्जनको विज्ञापनले आक्रान्त शहर जनाउँछ । आँखिर सबै चिजको साशक, रेगुलेटर र चापी नै पुँजीवादी धन सम्पति हुँदोरहेछ । उपन्यासमा जति घट्ना, परिघटना, सुखान्त र दुखान्तहरु छन्, ती सबै पुँजीवादकै शक्तिमा रिंगेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij