२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आचारसंहिता पालनामा आयोग कठोर बन्नुपर्छ

आचारसंहिता पालनामा आयोग कठोर बन्नुपर्छ

आचारसंहिता पालनामा आयोग कठोर बन्नुपर्छ

आचारसंहिता पालनामा आयोग कठोर बन्नुपर्छ

आचारसंहिता पालनामा आयोग कठोर बन्नुपर्छ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, माघ १३ २०८२
मंगलवार, माघ १३ २०८२
  • निर्वाचन आयोगले आचारसंहिता पालना कार्यान्वयनमा दृढता व्यक्त गरिरहे पनि आचारसंहिताको पालनाप्रति दल र उम्मेदवारहरु जिम्मेवार देखिएका छैनन् । निर्वाचन आचारसंहिताको पालनामा जिम्मेवार नबन्दा निर्वाचनमा तडकभडक देखिएको छ । 
    उम्मेदवारी  दर्ता गर्न जाँदा २५ जनाभन्दा बढी सहभागी हुन नहुने र तडकभडक गर्न नहुने निर्वाचन आचारसंहितालाई दलहरुले पालना गरेनन् । प्रचारप्रसारकै क्रममा दल र उम्मेदवारको झण्डा र व्यानरसँगै बालबालिकाको प्रयोग भएका तस्विर तथा भिडियो सामाजिक सञ्जालमा देख्न सकिन्छ ।  विदेशी सवारी साधनको प्रयोग भएको छ । प्रचारप्रसारका क्रममा उम्मेदवारको मानमर्दन हुने गरी लगाइएका नारालाई सामाजिक सञ्जालमा प्रचार गरिएको छ । उम्मेदवारले मनोनयन दर्ता र प्रचारप्रसारका क्रममा राष्ट्रिय झण्डाको प्रयोग गरेका छन् । अहिले जुन ढंगले आचारसंहिताको उल्लंघन भइरहेको छ, चुनाव नजिकिंदै जाँदा यो रफ्तार अझै बढ्ने देखिन्छ ।


    सामाजिक सञ्जालको दुरुपयोग गरी प्रचारप्रसार गर्ने, अरुको चरित्र हत्या गर्ने र भ्रामक सूचना सम्प्रेषण गर्ने प्रवृत्ति बढ्न सक्छ । निर्वाचनका समयमा प्रवाह हुने मिथ्या सूचना, भ्रामक सूचना, घृणात्मक अभिव्यक्ति निरुत्साहित र नियन्त्रण गर्न प्रभावकारी अनुगमन गर्ने बताए पनि आयोगले अहिलेकै चालढालले आचारसंहिताको पालना गर्न गराउन कडाइ गर्न सक्ने देखिंदैन । अराजक बन्दै गरेको समाज र अटेरी गर्ने दल तथा उम्मेदवारलाई निर्वाचन कानुनअनुसार कारबाही गर्न आयोगको सक्रियता होला भन्ने विश्वास गर्न सकिंदैन । यद्यपि आयोगले सामाजिक सञ्जालको अनुगमन गर्न प्रत्येक जिल्लामा दुई सूचना प्रविधिमा अभ्यस्त प्रहरी खटाउने प्रक्रिया अघि बढाएको छ । प्रहरीको साइबर ब्यूरोको सक्रियताले आयोगलाई आचारसंहिता पालनामा सहयोग पुग्न सक्छ । आयोगले आचारसंहिता पालना गर्न÷गराउन कठोर बन्न सक्दा मात्रै अराजक प्रवृत्तिलाई नियन्त्रण गर्न सक्छ । 


    विद्युतीय सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा पछिल्लो हप्ता फेला परेका आठ वटा हानिकारक सूचना सम्प्रेषण गर्नेलाई कानुनबमोजिम कारबाही गर्न प्रेस काउन्सील नेपाल, नेपाल प्रहरीको साइबर ब्यूरो र आयोगको निर्वाचन आचारसंहिता अनुगमनका लागि गठन गरिएको समितिमा पठाइएको छ । नियामक निकायसँग समन्वय र सहजीकरण गर्न आयोगले स्थापना गरेको सूचना सदाचार प्रवद्र्धन एकाइ पूर्णरुपमा क्रियाशील रहेकाले सामाजिक सञ्जालमा हुने मिथ्या सूचना र चरित्र हत्याका गतिविधि रोक्न सहज हुनसक्छ । यो एकाइलाई काम गर्न सहज बनाउन  इ–मनिटरिङ प्लस सफ्टवेयर प्रणाली ल्याइएको छ । सामाजिक सञ्जालको दुरुपयोग व्यापक हुन सक्ने संकेत देखिइसकेकोले आयोगको सक्रियता बढ्न सक्दा मात्रै दुरुपयोग रोक्न सकिन्छ । मर्यादित चुनावले मात्रै लोकतन्त्रलाई सुन्दर बनाउँछ । चुनावमा हुने तडकभडक र अमर्यादित गतिविधिले लोकतन्त्रको आत्मा हरण गर्छ । लोकतन्त्रको आत्मा जोगाउने दायित्व दल र उम्मेदवार दुवैको हो, आयोगको सक्रियता मात्रै पर्खेर आचारसंहिता पालना गर्ने भन्ने हुनुहुँदैन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij