२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

चीनको युनान युथसँग खेल्ने महिला यू–२० टोली घोषणा

चीनको युनान युथसँग खेल्ने महिला यू–२० टोली घोषणा

चीनको युनान युथसँग खेल्ने महिला यू–२० टोली घोषणा

चीनको युनान युथसँग खेल्ने महिला यू–२० टोली घोषणा

चीनको युनान युथसँग खेल्ने महिला यू–२० टोली घोषणा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, माघ १३ २०८२
मंगलवार, माघ १३ २०८२
  • काठमाडौं । चीनको युनान यूथ महिला टोलीसँग हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली महिला यू–२० टोलीको घोषणा भएको छ।

    मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले मंगलबार २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन् । मैत्रीपूर्ण खेल माघ १७ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

     


    प्रारम्भिक चरणको प्रशिक्षणमा बोलाइएका ३० जनाबाट ७ जना बाहिरिँदा २३ सदस्यीय अन्तिम टोलीको घोषणा भएको हो ।

    अखिल नेपाल फुटबल संघ ९एन्फा०, युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय तथा नेपाल ओभरसिज चिनियाँ संघको संयुक्त आयोजना मा तथा नेपालस्थित चिनियाँ राजदूतावास र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा खेलको आयोजना हुन लागेको हो।

     

    चिनियाँ नयाँ वर्षको अवसर पारेर आयोजना हुन लागेको यस खेलले नेपाली यू–२० महिला टोलीको तयारी मजबुत बनाउनुका साथै अन्तर्राष्ट्रिय अनुभव अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

    एन्फाले विगत तीन वर्षदेखि नेपाल र चिनियाँ युवा टोलीहरूबीच यस्ता मैत्रीपूर्ण खेलको आयोजना गर्दै आइरहेको छ।

    नेपाल यू–२० महिला टोलीस् अमिता भुल, अनिशा राई, अस्मिता गुरुङ, भावना परियार, बिर्सना चौधरी, गंगा रोकाया, झुमा विश्वकर्मा, कविता गुरुङ, करुणा बुढाथोकी, कुसुम खतिवडा, लिला जोशी, मीना देउबा, पुनम चेम्जोङ, पूर्णिमा राई, सजिना स्याङतान, समिक्षा मगर, संगीता अधिकारी, सानिमा माया लो, सरिता कुमारी नाथ, सेमिहाङ लिम्बु पन्धाक, सिम्रन राई, सुजाता तामाङ र सुक्रिया मिया।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij