२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवलमा माघ १५देखि चौथो न्यू होराइजन कप जिल्ला स्तरीय छात्र भलिबल

बुटवलमा माघ १५देखि चौथो न्यू होराइजन कप जिल्ला स्तरीय छात्र भलिबल

बुटवलमा माघ १५देखि चौथो न्यू होराइजन कप जिल्ला स्तरीय छात्र भलिबल

बुटवलमा माघ १५देखि चौथो न्यू होराइजन कप जिल्ला स्तरीय छात्र भलिबल

बुटवलमा माघ १५देखि चौथो न्यू होराइजन कप जिल्ला स्तरीय छात्र भलिबल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, माघ १३ २०८२
मंगलवार, माघ १३ २०८२
  • बुटवल । न्यू होराइजन इङलिस सेकेण्डरी स्कूल बुटवल अन्तर्गत न्यू होराईजन स्पोर्ट्सको आयोजनामा माघ १५ गतेदेखि १७ गते चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिता २०८२ हुने भएको छ । आयोजकले पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगितामा जिल्लाका ९ संस्थागत र ७ सामुदायिक गरी १६ टिमको सहभागिता रहने जानकारी दिएको छ ।
    क्लवका कार्यबाहक अध्यक्ष बालकृष्ण बस्यालले बिद्यालय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको बताए । प्रत्येक वर्ष आयोजना हुने प्रतियोगिता अन्तर्गत एक वर्ष छात्रा टिमको र अर्को वर्ष छात्र टिमको सहभागितामा खेल खेलाउने गरिएको बताए ।   
     न्यू होराइजन स्पोर्टस क्लब खेलमैदान बुटवल ११ देवसिद्ध चोकमा आायोजना हुने प्रतियोगितामा प्रथम हुनेले ४० हजार, द्धितिय हुने टिमले नगद ३० हजार, , तृतिय हुनेले नगद २० हजार र सान्त्वना हुनेले नगद १० हजार सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने बस्यालले बताए । सो अबसरमा बोल्दै न्यु होराईजन संस्थाका प्राचार्य लोकनाथ उपाध्यायले होराईजन विद्यालयले शिक्षण क्रियाकलाप मात्र नभई खेलकुद र  अतिरिक्त क्रियाकलापमा समेत लागनी गरी देशमै उत्कृष्ट नतिजा ल्याउने गरेको र अन्तराष्ट्रिय स्तरमा खेल्ने खेलाडि उत्पादन गरेको बताए । प्रतियोगिताले खेलाडीको प्रोत्साहन र विद्यालयहरुबीच आत्मीय सम्बन्धलाई थप प्रगाढ बनाउने बताए । 
    प्रतियोगितामा सैनामैना मावि रानिबगिया, नयाँगाउ मावि बुटवल, नविन औद्योगिक कदर बहादुर रिता मावि बुटवल, कान्ति मावि बुटवल,  त्रिभुवन युनाइटेड मा वि बुटवल, दिप बोर्डिङ्ग हाई स्कूल बुटवल, एभरेष्ट मावि बुटवल, कालिका मानवज्ञान मावि बुटवल,  मणिमुकुन्द मावि बुटवल, न्यू होराइजन मावि बुटवल, होराइजन जिविएस मावि ड्राइभरटोल,  सिद्वार्थ मावि डिड्ङ्गरनगर, ग्रिन पलान्ट मावि देवदह, काशी नोवेल मावि भैरहवा, शान्ति नमुना मावि मणिग्राम र रुपन्देही लिलाराम न्यौपाने मावि भैरहवाको सहभागीता हुने क्लबका सदस्य मिलन रानाले जानकारी दिए । 
    ४ लाख ७२ हजार खर्च अनुमान गरिएको प्रतियोगितामा बेष्ट प्लेयर, सेटर, ब्लकर, स्पाईकर, डिफेन्डर, सर्भर, कोचलाइ नगद सहित सम्मान गरिनेछ । त्यस्तै अनुशाशीत खेलाडि र उदियकान खेलाडी लाई पनि पुरस्कृत गरिनेछ । माघ १७ गतेसम्म चल्ने प्रतियोगिता नकआउटका आधारमा खेलाइने प्रतियोगिता संयोजक एवं क्लबका सहसचिव नरेन्द्र सारुले जानकारी दिए ।  पत्रकार सम्मेलनमा न्यू होराइजनका उपप्राचार्य राजीव श्रेष्ठ, क्लबका संस्थापक अध्यक्ष प्रकाश खनाल, सचिव एलबी खनाल लगायतले आफ्ना भनाई राखेका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij