२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पूर्वाधार भए पनि अटोभिलेजले पाएन पूर्णता

पूर्वाधार भए पनि अटोभिलेजले पाएन पूर्णता

गएका व्यवसायी पनि छाडेर शहरमै फर्किएका छन् ।

पूर्वाधार भए पनि अटोभिलेजले पाएन पूर्णता

पूर्वाधार भए पनि अटोभिलेजले पाएन पूर्णता

गएका व्यवसायी पनि छाडेर शहरमै फर्किएका छन् ।

पूर्वाधार भए पनि अटोभिलेजले पाएन पूर्णता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
बुधवार, माघ १४ २०८२
बुधवार, माघ १४ २०८२
  • भैरहवा 
    सिद्धार्थनगरमा यत्रतत्र छरिएर रहेका ग्यारेज, वर्कशप, अटोमेकानिक्सलाई एक ठाउँमा व्यवस्थित गरी नगरको सौन्दर्यता बढाउनका लागि सद्धार्थ अटोभिलेजको अवधारणा आएको दशक वित्दा समेत उनीहरू शहरमै केन्द्रित भई काम गर्दा अटो भिलेजले पूर्णता पाउन सकेको छैन । 


    सिद्धार्थनगर नगरपालिकाले सुन्दर र सफा नगरको रूपमा विकास गर्ने अवधारणाअन्तर्गत नगरक्षेत्रमा छरिएका ग्यारेज, वर्कशप, अटोमेकानिक्सलगायतका व्यवसायलाई एकै स्थानमा ल्याउने भनि २०७० सालमा सम्झौता गरे पनि कार्यान्वयन नगर्दा अटो भिलेजमा चहलपहल बढेको छैन । नगर क्षेत्रका श्रमिक र व्यवसायीहरू अटो भिलेज नजाँदा शहर त कूरूप भएको छ भने अटोभिलेजतर्फ विकासले गति लिन सकेको छैन । 


    सिद्धार्थनगर नगरपालिकाले नेपाल अटो मेकानिक्स ट्रेड युनियन सिद्धार्थनगरसँग एक दशकअघि दुबै पक्षले गर्ने गरी ११ बुँदे, नगरपालिकाले गर्नुपर्नेे १० बँुदे र युनियनले गर्नुपर्ने ३ बँुदे सम्झौता गरे पनि स्थानीय सरकारको दोस्रो कार्यकाल सकिन लाग्दा समेत नगरपालिकाले ध्यानाकर्षण नगर्दा रूपन्देहीको सिद्धार्थनगर–९ गोनहियास्थित सिद्धार्थ अटोभिलेजले पूर्णता पाएको छैन । 
    स्थापना भएर पूर्वाधारहरू बने पनि नगरक्षेत्रका श्रमिक र व्यवसायीहरू मनोमानी रूपमा शहरमै केन्द्रित भई काम गर्दा अटोभिलेजले पूर्णता पाउन नसकेको हो । हामीलाई राम्रो हुन्छ, शहरको पनि सौन्दर्यता बढ्छ भनि नियम मान्ने व्यवसायीहरू पनि अटोभिलेज क्षेत्रबाट पलायन हुने अवस्था छ ।


    अटोभिलेजका लागि श्रमिकहरूले जग्गा खरिद गरे सडक, विद्युत्लगायत आवश्यक सम्पूर्ण पूर्वाधार नगरपालिकाले बनाउने सम्झौता गरेको थियो । जसोतसो ति पूर्वाधारहरू जोडिए पनि नगरका व्यवसायीलाई स्थानान्तरणका लागि नगरपालिकाले कुनै चासो नदेखाएको युनियन र अटोभिलेजका श्रमिकहरूको गुनासो छ ।


    श्रमिकहरूमध्ये अधिकांशले बैंकबाट ऋण लिएर गोनहियामा एकै स्थानबाट ग्यारेज सञ्चालनका लागि १२ बिघा जग्गा खरिद गरे । ‘सम्झौताअनुसार भवन समेत बनायौँ, तर अहिले नगरपालिकाले अटोभिलेज सञ्चालनमा ल्याउनका लागि आनाकानी गरिरहेको छ,’ नेपाल अटोमेकानिक्स टे«ड युनियन सिद्धार्थनगरका अध्यक्ष गुमानसिंह सारू मगरले भने–‘नगरपालिकाले बाध्यात्मक निर्णय गरेर उनीहरूलाई यहाँ ल्याउन सकिन्छ, नगरपालिकाले कडाइ गरेर अटोभिलेज नगएसम्म नविकरण नगरदिने, विद्युत्को लाइन काटेर भए पनि यो समस्या समाधान हुन सक्छ ।’


    ‘पहिलै सञ्चालनमा आइसक्नु पर्ने अटोभिलेज कहिले विद्युत्को अभाव त कहिले बाटो घाटोको कारण सञ्चालनमा आउन सकेको थिएन । अहिले केही भए पनि पूर्वाधारको काम भएको छ, केही व्यवसायी आएर काम सुरू गरे पनि बजार क्षेत्रबाट सबै व्यवसायी यहाँ आएका छैनन् । गएका व्यवसायीहरू पनि पुनः बजारतर्फ फर्किएका छन् र राजमार्गमा राम्ररी व्यवसाय सञ्चालन गरिरहेको अवस्थामा नगरलाई सुन्दर र सफा बनाउने अवधारणाअन्तर्गत आफूलाई बजारबाट अटोभिलेजमा व्यवसाय सञ्चालन गरेको छु, अहिले सबै साथीहरू यहाँ नआउदा चहलपहल छैन, काम पनि कम भएको छ, बजारमै काम हुने भएपछि यति भित्र को आउँछ ।’–धनिराम चौधरीले भने । 


    आएको १२ वर्ष भयो, बजारभन्दा बाहिर परेकोले व्यवसाय नभएको उनले बताए । ‘यहाँ व्यवसायी बढे भने हिम्मत आउँछ हैन भने म पनि यहाँबाट बाहिर जाने सोच बनाएको छु ।’– उनले भने ।


    व्यवसाय धरासय अवस्थामा पुगे पनि भिलेज सञ्चालनमा नगरपालिकाले कुनै वास्ता गरेको छैन । धेरै पीडा छ, तर हाम्रो पीडा नगरपालिकाले बुझेको छैन । व्यवसायीहरू सुनाउँछन् ।


    सिद्धार्थ अटोभिलेज  सञ्चालनमा ल्याउन  खोजेको नगरपालिकाले आफ्नै सम्झौता कार्यान्वयन नगरी उल्टै सम्झौताविपरीत ठुला व्यवसायीहरूलाई लुम्बिनी रोडमा ‘मिनी’ अटोभिलेज सञ्चालन गर्न छुट दिएकोे छ । सम्झौताको बुँदा नम्बर ४ मा अटोमेकानिक्ससम्बन्धी व्यवसाय गर्ने सम्पूर्ण व्यवसायीलाई सिद्धार्थ अटोभिलेजबाहेक अन्यत्र व्यवसाय गर्न नपाउने गरी दुवै पक्ष (नगरपालिकाका र व्यवसायी) ले आवश्यक भूमिका र पहल गर्ने उल्लेख रहे पनि नियमन गर्ने निकाय नगरपालिकाले आफ्नै सम्झौताको उल्लंघन गरी व्यवसायीहरूलाई लुम्बिनी रोड र शहरका अन्यत्र ठाउँमा ग्यारेज वर्कशप सञ्चालन गर्नमा छुट दिएको सचिव दिलबहादुर कुँवरले बताए । 


    ‘हामीलाई यहाँ पठाएर नीतिगत रूपमा निर्णय लिए अरू पनि आउँथे, तर नगरपालिकाले सकेको छैन । सबै छरेर बसेकोले काम गर्न अवस्था आएको छैन । सबै एकै ठाउँ भए ग्राहकले एकै ठाउँमा सेवा सहज रूपले पाउने थिए ।’–उनले भने ।


    भैैरहवाको लुम्बिनी रोड, अञ्चलपुर, पडसरी, वाइपास, हाटबजार र बसपार्क क्षेत्रमा अव्यवस्थित रूपमा अटोमेकानिक्सहरू ग्यारेज सञ्चालन गर्दै आएका छन् । जसले सिद्धार्थनगरको नारा ‘क्लीन ग्रिन इकोफ्रेण्डली’ लाई गिज्याएको छ ।


    अझैँ पुलको समस्या छ, सर्भिस रोड हुँदै आउनु पर्ने बाध्यता रहेकोले हाइवे खोल्नु पर्ने, बाटो र पूर्वाधारको काम अझै व्यवस्थित गर्नु पर्नेलगायतको समस्या रहेको अटोभिलेजमा स्थापित व्यवसायीहरूको माग छ । 


    यता सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापा सिघ्र व्यवस्थापन गर्न हामी लागेको हो,  सिद्धार्थनगरलाई सुन्दर सुरक्षित र सभ्य बनाउनका लागि अटोभिलेज व्यवस्थापन अपरिहार्य छ र सबै एक भएर लाग्नुपर्ने बताउँछन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij