२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नयाँ पुस्ताका लागि अनुकरणीय व्यक्तित्व

नयाँ पुस्ताका लागि अनुकरणीय व्यक्तित्व

नयाँ पुस्ताका लागि अनुकरणीय व्यक्तित्व

नयाँ पुस्ताका लागि अनुकरणीय व्यक्तित्व

नयाँ पुस्ताका लागि अनुकरणीय व्यक्तित्व
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, माघ १५ २०८२
बिहिवार, माघ १५ २०८२
  • अविश्रान्त सर्जक रामचन्द्र भट्टराईको ८४ वर्षको उमेरमा मंगलबार निधन भएको छ । भट्टराई पत्रकारिता, साहित्य र राजनीतिका त्रिवेणी हुन् । एउटा व्यक्तिको जीवन बहुआयामिक ढंगले बित्नु यो समाजको लागि महत्वपूर्ण योगदान हो । आफू सक्रिय रहेको जुन क्षेत्रमा पनि उत्तिकै अब्बल रहन सक्नु उनको अब्बल क्षमता हो । पाल्पाको भुवनपोखरीमा जन्मेर भैरहवा, काठमाडौं हुँदै बुटवलमा बसेर पत्रकारिता, साहित्य र राजनीतिमा सक्रिय भट्टराईको निधनले अपुरणीय क्षति भएको छ ।


    विद्यार्थी जीवनदेखि वाम राजनीतिमा झुकाव राखेका उनी साहित्य र पत्रकारिता हुँदै राजनीतिमा पनि खारिंदै अघि बढे । राष्ट्रिय जनसाँस्कृतिक मञ्चमा मोदनाथ प्रश्रित अध्यक्ष हुँदा उनी महासचिव भई साँस्कृतिक आन्दोलनमा महत्वपूर्ण योगदान गरे । सुस्केरा मासिक हुँदै साहित्यिक पत्रकारिताबाट मुलधारको पत्रकारितामा उनको अब्बल भूमिका देखिन्छ । भैरहवाबाट प्रकाशित हुने दैनिक निर्णयको सम्पादकीय नेतृत्व सम्हाल्दा उनले लेखेका सम्पादकीय निकै चर्चित रहेको समकालीनहरू सम्झन्छन् । साहित्य, पत्रकारितामार्फत् राजनैतिक आन्दोलनमा महत्वपूर्ण योगदान गरे । त्यही योगदानको कदर गर्दै नेकपा एमालेले उनलाई राष्ट्रियसभा सदस्य बन्ने अवसर दियो । मुलुकको नीति निर्माण तहमा ६ वर्ष बसेर योगदान गरे । राजनीति, पत्रकारिता र साहित्यका त्रिवेणी भट्टराईको पहिचान मुलतः साहित्यले गरायो । उनका आधा दर्जन साहित्यिक कृतिहरू छन् ।


    कविता लेख्ने कवि धेरै छन्, तर कवितालाई गाउन सक्ने कवि विरलै छन् । आफूले लेखेको कवितालाई गाएर कहिले उनले धेरैलाई रुवाए । कहिले हसाएँ । कहिले जुरुक्क पारे । उनको यही शैलीले उनलाई स्थापित ग¥यो । मुलतः राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र जनाधिकारको पक्षमा उनले कविता लेखे । ती कवितालाई आफनै शैलीमा गाए ।


    कालापानी दुःखेको छ, ओखती गर्न बाँकी छ ।
    यो धारा धाम माराको गुराँस फुल्न बाँकी छ ।।


    यो कविताले उनलाई अब्बल राष्ट्रवादी कविका रूपमा मात्रै चिनाएन् । नयाँ पुस्तालाई राष्ट्रप्रतिको प्रेम गर्न झकझकाएको छ । 
    मुलुकमा २०६२-०६३ को जनआन्दोलन भयो, त्यो आन्दोलनमा उनले सशक्त उपस्थिति जनाए । आन्दोलन सफल भयो उनले लेखे ।
    कालो सर्प म¥यो किन्तु हरियो सर्प बाँकी छ ।।
    उनले भनेझैं लोकतन्त्रमाथिको कालो बादल मडारिरहेको छ । लोकतन्त्र आयो तर लोकतन्त्र संस्थागत हुन कठिन भइरहेको छ ।
    साहित्यकार ऋषिराम भुसालले भनेझैं संसार जिउँदाहरुको हो, जिउँदाले मरेकाको जीवनमा गरेको योगदानबाट सिक्नुपर्छ ।  साँच्चै स्वर्गीय भट्टराईको जीवनबाट धेरै सिक्न लायक विषय छन् । ती विषयलाई नयाँ पुस्तालाई बाँड्न सकौं । उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । हार्दिक श्रद्धाञ्जली प्रिय जनकवि रामचन्द्र भट्टराई ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij