२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

काँग्रेसको सिंहालोकन र भविश्य !

काँग्रेसको सिंहालोकन र भविश्य !

काँग्रेसको सिंहालोकन र भविश्य !

काँग्रेसको सिंहालोकन र भविश्य !

काँग्रेसको सिंहालोकन र भविश्य !
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, माघ १५ २०८२
बिहिवार, माघ १५ २०८२
  • एच.के. श्रेष्ठ
     काँग्रेस आन्तरिक पार्टिभित्र  र राज्यमा पनि नेतृत्व, पद, पदाधिकारी, कुर्सी, सत्ता, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति ओहोदा आदि भनेपछि हुरुक्क र मोरिहत्ते गर्ने अतिवादी पार्टी हो । किन यस्तो हो भने यो नितान्त बुर्जुवा र पुँजीवादी दल हो । बौद्धिक परिक्षण पास नचाहिने केबल संख्याको निर्णयले मान्यता पाउने लोकतन्त्रमा ६३ प्रतिशत हस्ताक्षरको बहुमतको आधार देखाएर महाधिवेशन भएको छ ।  शेरबहादुर देउवा, गगन लविको पछाडि लितारिएका छन् । घिसारिएका छन् । घोक््िरmनु परेको छ । झोक््िरmनु परेको छ । बोक््िरmनु परेको छ । 


     काँग्रेस इतिहास केही मात्रामा बनाएको, वर्तमान बिगारेको, भविष्य समाप्तको दल बन्दैछ । जन्मदेखि अहिलेसम्म कडा  अन्तरद्वन्द्व र आत्मघाति झगडाले आक्रान्त नेपाली काँग्रेसको  याहाँसम्मको यात्रामा राजनीतिक, सैद्धान्तिक चेत खुलेको तर व्यवहारिक चेतनाको ढोका भने उग्रन नसकेको टिप्पणी गर्ने ठाउँ छ । इतिहासका विशेष कालखण्डको विशेष मोड र घुम्तिहरुमा पार्टी आन्तरिक दुर्घटनामा परेको र त्यसको असर सिंगो मुलुकको प्रजातन्त्रमा तरंगित भएको पाइन्छ । 


       काँग्रेस कमजोरीको शिंहावलोकनः 
    विश्वेश्वरप्रसाद कोइरालको सक्रियतामा भारतमा वि.सं. २००३ मा भारतीय नेपाली राष्ट्रिय काँग्रेसको जन्मबाट सन १९४७ मा ‘नेपाली राष्ट्रिय काँग्रेस’ को न्वारन भएको नेपाली काँग्रेसले नेपाललाई मावली होइन घरनै बनाउन पर्छ भन्ने चेतना पूर्ण रुपमा नखुलेकै कारण बेला बेला भारतको लगावले नेपाली प्रजातन्त्रलाई खिच्ने ग¥यो । 


    बीपीले तयार गरिदिएको राजकीय विचारधाराको हैसियतको ‘प्रजातान्त्रिक समाजवाद’  पछिका पुस्तालाई व्याज खान लगानी गरेको राजनीतिक धनको रुपमा प्रयोग भयो । बीपीको राजनीतिक लगानी, त्याग तपस्यालाई साहु महाजनको सम्पत्तिमा छोरानातिले बिना श्रम मोजमस्तीसाथ उपयोग गरे जस्तो गरे, काँग्रेसले । यो दलले तत्कालिन अत्याचारी राणा शासनविरुद्ध लड्न पर्दछ, क्रान्तिको जेहाद छेड्नु पर्दछ र प्रजातन्त्रको स्थापनाको खातिर श्री ५ को नेतृत्वमा उत्तरदायी सरकार गठन गर्नु पर्दछ भन्ने ढंगका चेतनाको विकास ग¥यो । तर क्रान्तिका उपलब्धिहरुलाई व्यवस्थापन गर्दै जाने, प्रजातन्त्रलाई बलियो बनाउँदै लाने र श्री ५ को नेतृत्व तत्कालिन अवस्थामा मात्र ठीक थियो, समाज विकासको परिवर्तन र मागसँगै राजतन्त्र पनि परिवर्तनको विकल्पमै पर्दछ र जनताको चाहना अनुरुप बदलिहाल्नु पर्छ भन्ने भिजनलाई  चांहिदो मात्रामा काँग्रेसले विकसित गरेको थिएन । 


    नेपाली काँग्रेसको जीवनमा प्रजातन्त्रको बुझाइप्रति वृहत् क्षेत्र लिन सकेको देखिंदैन । प्रजातन्त्रप्रतिको यहि साँघुरो घेराले गर्दा काँग्रेसलाई लाग्ने गरेको “पुँजीपतिको पार्टी, सामन्त, दलाल र नेकरशाही वर्गको प्रतिनिधित्व गर्ने, भन्ने आरोप बेलाबेला प्रमाणित आफैले गर्दै आएको छ । २०१५ सालको आम चुनावमा संसदको ७४÷१०९ सिट विजयले दुई तिहाई बहुमत ल्याएको नेपाली काँग्रेसको सत्ता यात्रा विशेषत मातृका र बीपीबिच विवाद र टकरावकै कारण दुर्घटनामा प¥यो । काँग्रेसकै आन्तरिक कमजोरीमा टेकेर तत्कालिन राजा महेन्द्रले काँग्रेसको ढोका बन्द गरेर दलविहीन पञ्चायत घोषणा ग¥यो । तीस वर्ष काँग्रेस पछाडि धकेलियो । 


    २०४६ को जनआन्दोलन तक आइपुग्दा, काँग्रेसले धेरै लगानी गर्नुप¥यो । प्रजातन्त्रको पुनस्थापना गर्न पर्ने चेत खुल्यो । त्यहीअन्तर्गत अन्य वामपन्थी राजनीतिक दलहरुसँग सहकार्य गरेर मात्रै आन्दोलन सफल हुने चेतना काँग्रेसमा छायो । तर प्रजातन्त्रको पुनस्र्थापनापश्चात् राजनीतिक वा वामपन्थी दलहरुसँगको मित्रता र एकताले मात्रै प्राप्त उपलब्धि रक्षा हुने र प्रजातन्त्र सुदृढ तथा बलियो हुने चेत गुम हुँदै गयो । त्यसको लागि राजासँग भन्दा जनता र आन्दोलनको सहयात्री दलहरुसँग दुरी नजिक बनाउनुपर्ने होस त्यत्ति खुलेको देखिएन । त्यसो त प्रजातान्त्रिक पार्टीका आन्तरिक प्रजातन्त्र बलियो बनाउन पार्टीभित्र एकता मजबुत हुनुपर्नेमा ध्यान नखिची सत्ता र गुट, उपगुट मजबुत गर्नेतर्फ काँग्रेस लाग्यो । आफूसँगको सहयात्री वाममोर्चालाई शासित र आफू शासकको हैसियतमा व्यवहार गर्दै दुई गल्ती सँगसँगै गिरिजाप्रसाद कोइरालाको ०४८ पछिको एकलौटी सरकारले गर्दै गयो । सोही गल्तिले आफ्नो नेतृत्व सरकार भड्खारोमा जाक्किएर ०५१ को निर्वाचनमा ८३ स्थानमा ककर्किएर बस्नु प¥यो । 
    ०५६ को आम निर्वाचनमा एकमना सरकार चलाउने गरी जनमत पाएको काँग्रेस कृष्णप्रसाद भट्टराईको  नेतृत्व सरकार सहित अगाडि बढीरहँदा पार्टीभित्र  षड्यन्त्रमूलक मौलाएका गुट, उपगुटको फलस्वरुप छत्तिसे, बहत्तरेमा विभाजन हुँदै आफ्नै नेतृत्व सरकार पूर्णकालिन चल्न पाएन । पार्टीभित्रको यस्तो सत्ता, पद र शक्तिको लुछाचुँडीले प्रजातन्त्र कमजोर बनाउँदै लगे ।

     
    काँग्रेस नेतृत्वका अनुदार र अप्रजातान्त्रिक सोंच र चरित्रकै कारण नेपाली काँग्रेसले नै ०५२ मा माओवादी जनयुद्ध जन्मायो । दरबार हत्याकाण्डले मौका पायो । राजतन्त्र बलियो बन्दै जाने क्रममा हत्याकाण्डपछि तत्कालिन राजा ज्ञानेन्द्रको कु को शिकार मुलुकलाई बनायो । प्रजातन्त्र अपहरण भयो । यति हुँदाहुँदै पनि नेपाली काँग्रेसमा चेत खुलेन, सुध्रेन, सच्चिएर नआएको आजसम्मको द्वन्द्व पुष्टि छ । प्रजातन्त्रलाई सृप कर्मकाण्डीतन्त्र बनाउने, तर भौतिकवादी र वस्तुवादी ढंगले रुपान्तरित हुन गाह्रो हुँदै आयो । प्रजातन्त्र कुनै अमूर्त सिद्धान्त मात्रै नभई व्यवहारमा वस्तुगत ढंगले आउनु पर्दथ्यो र पर्छ । यो समाजको रुपान्तरित तन्त्र हुनु पर्दथ्यो र पर्छ । यो मापनीय, जाँचकीय र परिणाम मुखी हुनु जरुरी छ । २००३ सालको चेतनाबाट जन्मेको प्रजातन्त्र त ०७२ मा यात्रा गर्दा समय परिवर्तनसँगै रुपान्तरित हुँदै अग्रगतिको धावक बन्न सकेन । प्रजातन्त्र आफैँ अउटोमेटिक ढंगले विना चलायमान उत्पादित हुने मसिन पनि होइन । ‘राजनीतिक परिवर्तनमात्र प्रजातन्त्र हो’ भन्ने काँग्रेसको प्रजातन्त्रको बुझाईप्रतिको खोट  देखिन्छ । प्रजातन्त्र त सामाजिक, साँस्कृतिक, आर्थिक शैक्षिक आदि सबै क्षेत्रको रुपान्तरण हो । ती क्षेत्रहरुको परिवर्तनविना प्रजातन्त्र दिगोढंगले जीवन्त भई बाँच्न पक्कै सक्दैन । 


    जनआन्दोलन दुईपश्चात् काँग्रेसको राजासहितको प्रजातन्त्रको धारणा जनताले बदलेर गणतन्त्र स्थापना भइसकेको अवस्था छ । फेरि पनि त्यसलाई लोकतन्त्रको फराकिलो दायरामा स्थापित गर्न नसकेर काँग्रेसले पुनः नाजुक अवस्था व्यहोर्दैछ । केही सीमित धनाढ्यवर्ग, हिन्दुवाद, कथित उपल्लोजात, नातावाद, कृपावाद, गुटवाद र ठेकेदारवादको बार नागेर हिजै समावेशीकरण हुनसकेको भए र समाजका हरेक पक्षलाई दह्रोसँग पकड्न सकेको भए साँच्चै काँग्रेस कहाँ पुग्दथ्यो । प्रजातन्त्रको ओथारोमा भ्रष्टाचार नकोरलेको भए आज कति हाईहाई हुन्थ्यो । 


    यद्यपि संविधानसभाको दोस्रो निर्वाचनले नेपाली काँग्रेसलाई थोरै फुर्किन ठाउँ दिएकोलाई अवसरको आधारको रुपमा उत्तरआधुनिक लोकतान्त्रिक चरित्र देखाउन जरुरीमा पनि फेल खायो । सबै जातीय, भाषीय, लिंगीय, क्षेत्रीय, वर्गीय, पेशागत, उत्पीडित, सिमान्तकित, दलीय आदिसम्म विस्तारित नेपाली समाजको सम्पूर्णताको बाहुल्यता प्रतिनिधित्व र पहुँचले काँग्रेसलाई तागतिलोे भिटामिन बन्ने बुझाईमा क्लियर हुन सकेन ।  हिजोको पुरानो चरित्र, व्यवहार तथा गल्ति कमजोरीलाई पुरै मेटेर जान , सत्ता, कुर्सी र पदको लोभबाट पुरै मुक्त नभई  फेरि पनि काँग्रेस पदीय लुँछाचुँडीमा जीवनमरण लडाई लडेको आभाष मिल्छ । जव सत्ता र महाधिवेशन हात लाग्ने अवस्था आउँछ तब काँग्रेसमा यस्तै हुन्छ । गुटबन्दी सक्रिय हुन्छ । अघिल्लो महाधिवेशनमा पनि  सभापतिलगायत बिभिन्न पदका लागि काँग्रेसमा रँगीविरँगीका ¥यानल खडा थिए । पार्टीको भन्दा पनि मुलुककै नेतृत्व गरेर आफ्नो नेतृत्वमा जनसंविधान कार्यान्वयन गरी मुलुकमा सफलताको ऐतिहासिक रेकर्ड कायम गर्नमा सार्थकता दिन सकेन । केवल पदको भागवण्डा र लडाइमा व्यक्ति र गुटगत नीति  कलह र विवाद मच्चाएर पुरानो गल्तिमै काँग्रेसले तत्काल र कार्यक्रम तथा कार्य योजनाको महाधिवेशन नगरेर पद हसुर्ने महाधिवेशन गरेको थियो ।  त्यतिबेला सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलकाबिच संसदीय दलको नेता र प्रधानमन्त्री बन्ने भन्ने लडाइ चलेको थियो । जो इतिहासदेखिको सत्ता प्रवृत्तिको पनरावृत्ति थियो । पुरानो गल्ति दोहो¥याए काँग्रेसले अब पनि जनमाफि नपाउँला   काँग्रेसलाई चेतना किन भएन ! 


    बीपीको प्रजातान्त्रिक समाजवादः
     बीपीको प्रजातान्त्रिक समाजवादको राजनीतिक कडी त्रिपक्ष राष्ट्रियता, प्रजातन्त्र र समाजवाद तीन सिद्धान्त थिए ।  नको समाजवाद मुख्य लक्ष्य नै समानता थियो । त्यो समानता राजनीतिक र आर्थिक समानता हुन् । राजनीतिक रुपमा बहु र  व्यक्तिगत स्वतन्त्रता, मौलिक अधिकार, चुनाव, पार्टी र संगठन आदि प्रजातन्त्रको अभिन्न अंग ठाने बीपीले । आर्थिक समानताको लागि उत्पादन प्रणालीमा सुधार ल्याएर उत्पादन वृद्धिमा जोड दिएका थिए । सबैको चार कोठाको घर, एक हल गोरु, र एउटा दुहुनो गाई व्यवस्था बीपीको समाजवादको न्यूनतम परिपूर्तिको अवधारणा थियो । बीपीको प्रजातान्त्रिक समाजवादलाई वृहत् ढंगले लागु गरेको भए त्यो आदर्श र मूल्य मान्यतामा काँग्रेसको यात्रा कायम भएको भए सायद नेपालमा कम्युनिष्ट पार्टीहरु नै जन्मन्थेन होलाकि !


    वर्तमान द्वन्द्वको जात्राः
    जेन–जी प्रोटेष्टले ढलेको, जलेको र गलेको मुलुक यतिबेला थिलो थिलो रुपमा पिल्सिएको छ । होनाहार नौजवानको दर्जनौ  र अरबौंको क्षतिले देश डुबिरहेको छ ।  मुलुकले यो दुर्दशा भोगाइको मर्म र भावना पूरा हुने छाँटकाँट छैन । यस्तो ऐतिहासिक नचिताएको राष्ट्रिय दुर्घटनाप्रति अरु लगभग सबै दलको सकरात्मक- नकरात्मक प्रष्ट धारणाहरु आए । तर नेपाली काँग्रेस जस्तो जिम्मेवार दलको यो घट्नाप्रति स्प्रष्ट धारणा आउन सकेन । यो उद्देकको कुरा हो ।  शोक र पीडामा डुबेको देशले उपचार खोजिरहेको बेला काँग्रेस यतिबेला झन महा रोगी छ र आफ्नै उपचारमा छ । ‘कोहिलाई के धन्दा घर जुँवाइलाई खानको धन्दा’ भने झैं  काँग्रेसलाई गुट बलियोको, पदको, कुर्सीको, आफ्नो स्वार्थको आदि तुच्छ धन्दा चल्यो । महाधिवेशनको धन्दा चल्यो । सभापति र पदाधिकारी हडप्ने महायुद्धको गाइजात्रा चल्यो । नौटंकी चलिरह्यो । पार्टी कार्यालय तोडफोडसहित एउटै पार्टी होकि भिन्न हुन मेसोमेलो भएन । गोदागोद र हानाहान भयो । महाधिवेशन÷विशेष अधिवेशन सार्ने र टार्ने मुद्दामा लडाइ चल्यो । सायद यो उनीहरुको प्रजातान्त्रिक  वा लोकतान्त्रिक अभ्यास होला !  यस्तो विभाजित र लुछाचुँडीको भयावह लडाइको नतिजाको महाधिवेशन वा विशेष अधिवेशनबाट आउने परिणमले अर्थ के राख्ला ? यो दलको समस्या र  द्वन्द्व समाधान होला कि  झन विकराल ? अब जगजाहेर छ कि काँग्रेसलाई देशको पीडाको चिन्ता गर्ने मतलब,चासो र फुर्सद होला ?


    गगन र विश्वले शासकीय, दलीय र संवैधानिक आयोगका सुधारको लागि ८ बुँदे जबरजस्ति प्रस्ताव पेस गरेको छ । ती सबै सैद्धान्तिक रुपमा सुन्दा ठिकै हो भन्ने खालका छन् । तर  चलिरहेको संसदीय प्रणाली नै फेल खाइसकेको राज्यलाई पुरापुर उपचार कसरी गर्ने र विकल्पको उपाय भने केही उल्लेख छैन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij