२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिता शुरु

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिता शुरु

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिता शुरु

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिता शुरु

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिता शुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, माघ १५ २०८२
बिहिवार, माघ १५ २०८२
  • बुटवल । न्यू होराईजन स्पोट्र्स क्लबको आयोजनामा चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिता २०८२ शुरु भएको छ । 
    न्यू होराइजन माविको खेलमैदान बुटवल ११ देवसिद्ध चोकमा माघ १७ गतेसम्म चल्ने प्रतियोगिताको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले उद्घाटन गरेकी छन् । 
    सो अवसरमा बोल्दै उपप्रमुख अर्यालले बुटवल उपमहानगरले विभिन्न विधाका खेलकुदको विकासका लागि प्रतियोगिता आयोजना गर्न पर्याप्त वजेट विनियोजन गरेको बताइन् । बुटवल नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाले विद्यालय स्तरमा आयोजना हुने प्रतियोगिताले विद्यार्थीको खेल प्रतिभा प्रस्फुटन गरी राष्ट्रिय देखि अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादनमा योगदान पुग्ने बताए । न्यू होराइजन मावि शिक्षामा मात्र नभई खेलकुदमा पनि अब्बल रहेको पियाले उल्लेख गरे ।
    न्यू होराइजन माविका प्राचार्य लोकनाथ उपाध्ययले खेलकुदका विभिन्न विधामा प्रतियोगिताहरू आयोजना गरी खेलकुदको विकास, खेलाडी उत्पादन लागि विद्यालय अन्तर्गत न्यू होारइजन स्पोट्र्स  क्लब  गठन गरी क्रियाशील भएको र खेलकुदमा उल्लेखनीय उपलब्धी हासिल भएको बताए । 
    प्रतियोगितामा जिल्लाका ९ संस्थागत र ७ सामुदायिक गरी १६ टिमको सहभागिता रहेको छ ।
    उद्घाटन कार्यक्रममा विद्यालयका उपप्राचार्य राजीव श्रेष्ठ, विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख बालकृष्ण बस्याल, न्यू होराइजन स्पोर्टस् क्लवका अध्यक्ष चेतन ठकुरी, शिक्षक एवं क्लवका सदस्य मिलन राना, सचिव लिला खनाल लगायतले बिद्यालय स्तरबाट खेलाडी उत्पादन गर्न प्रतियोगिताले सहयोग पुग्ने बताए । 
    प्रतियोगितामा प्रथम हुनेले ४० हजार, द्धितिय हुने टिमले नगद ३० हजार, , तृतिय हुनेले नगद २० हजार र सान्त्वना हुनेले नगद १० हजार सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 
    प्रतियोगितामा बेष्ट प्लेयर, सेटर, ब्लकर, स्पाईकर, डिफेन्डर, सर्भर, कोच, अनुशाशित खेलाडि र उदियमान खेलाडीलाई पनि पुरस्कृत गरिनेछ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij