२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्यारामाउन्ट बोर्डिङ हाइस्कुलको खेलकुद सप्ताह जारी

प्यारामाउन्ट बोर्डिङ हाइस्कुलको खेलकुद सप्ताह जारी

प्यारामाउन्ट बोर्डिङ हाइस्कुलको खेलकुद सप्ताह जारी

प्यारामाउन्ट बोर्डिङ हाइस्कुलको खेलकुद सप्ताह जारी

प्यारामाउन्ट  बोर्डिङ हाइस्कुलको   खेलकुद सप्ताह जारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, माघ १५ २०८२
बिहिवार, माघ १५ २०८२
  •  तिलोत्तमा ।  प्यारामाउन्ट बोर्डिङ हाइस्कुलमा खेलकुद सप्ताह अन्तर्गत विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन् । कक्षा नर्सरी देखि १२ सम्मका विद्यार्थीहरु सहभागी गराएर सञ्चालित  खेलकुद सप्ताह अन्तर्गत दोस्रो दिन कक्षा ११ र १२ का विद्यार्थीहरूबीच विभिन्न खेलहरु सम्पन्न भएका छन्।
    छात्राहरू बीच भएको टिटी खेलमा कक्षा ११ की सेजल गुरुङ प्रथम, कक्षा १२ की तारा थापा द्वितीय र कक्षा ११ कि प्राप्ति साही तृतीय  भएकी छन्। त्यस्तै 
    छात्र को टिटी प्रतियोगितामा शशांक विक्रम शाही प्रथम, सबेन्द्र राना  द्वितीय र  जेनिस राजकोटी तृतीय भएका छन्। 
    त्यस्तै छात्रा भलिबलतर्फ कक्षा १२ को अनुष्का न्यौपानेको समूह प्रथम र कक्षा ११ को अस्मी राजकोटीको समूह द्वितीय भएका छन्। 
    यस्तैगरी छात्र  भलिबलतर्फ कक्षा ११ को बबिन गाहको समूह प्रथम र कक्षा ११ कै गौरव खरेलको समूह द्वितीय भएका छन्। यसैगरी आज छात्र छात्रातर्फ ४०० मिटर रिले दौड प्रतियोगिता, र २०० मिटर दौड प्रतियोगिता पनि सम्पन्न भएका छन्। प्रतियोगिता शुक्रवार सम्म जारी रहने प्यारामाउन्ट बोर्डिङ हाइस्कुलका  प्लस टु संयोजक लक्ष्मण अर्यालले जानकारी दिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij