२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रहरी जुरूक्क उठ्दैछ

प्रहरी जुरूक्क उठ्दैछ

प्रहरी जुरूक्क उठ्दैछ

प्रहरी जुरूक्क उठ्दैछ

प्रहरी जुरूक्क उठ्दैछ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, माघ १६ २०८२
शुक्रवार, माघ १६ २०८२
  • जेनजी आन्दोलनमा प्रहरी हिरासतबाट फरार भएर काठमाडौं उपत्यकामा लुटपाट गर्ने १० जनाको एउटा समूहलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । उनीहरुले २७ ठाउँमा लुटपाट गरेको प्रारम्भिक अनुसन्धानमा प्रहरीले पत्ता लगाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले गोली चलाएर बिहीबार बिहानीपख १० जनालाई पक्राउ गरेपछि अनुसन्धान गर्दा यसका मुख्य नाइके नै जेनजी आन्दोलनको मौकामा हिरासतबाट फरार भएको खुलेको हो ।


    विभिन्न अपराधिक कर्ममा सहभागी भई प्रहरी हिरासतमा परेका उनीहरु हिरासत तोडेर फरार रहेका उनीहरु पुनः अपराधिक क्रियाकलापमा संलग्न भएको यो तथ्यले हिरासत र कारागारबाट भागेका अरु कैदी बन्दी समेत अपराधिक क्रियाकलापमा सहभागी भएको हुनसक्ने आँकलन गर्न सकिन्छ । रवि लामिछानेले जेलबाट बाहिर निस्केपछि अरु कैदी बन्दी समेत जेलबाट निस्केका थिए । तीमध्ये अझैं ७ सयको हाराहारीमा कैदी बन्दी जेलमा नफर्केको जेल प्रशासनको भनाइ छ । नख्खु कारागारबाट भागेका एक व्यक्तिले काभ्रेको पनौतीमा श्रीमतीको हत्या गरेका छन् । यस्ता केही घटनाले समाजमा अपराधको डरलाग्दो ग्राफ बढ्न सक्ने देखिन्छ । डाँका चोरी मुद्दामा पक्राउ परी प्रहरी वृत्त महाराजगञ्ज हिरासतमा रहेका काभ्रे भुम्लु गाउँपालिका–३ घर भएका २३ वर्षीय विनय तामाङले जेनजी आन्दोलनको मौकामा हिरासतबाट फरार भए । उनले नै समूह खडा गरी उपत्यकामा लुटपाटको आतंक मच्चाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका सबै विगतमा लुटपाटलगायत विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भएको देखिन्छ । अझ उनीहरु दिउँसो रेकी गरी लुटपाटको योजना बनाउने र राति लुटपाट गर्ने पाइएको छ । एकजना ट्याक्सी चालक रहेको र उनले आफ्ना ग्राहकको घर र अरु गतिविधि निगरानी गरेर लुटपाटको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।


     प्रहरीको मनोबल खस्केको र समाजिक एकता, सद्भाव र हार्दिकता खल्बलिएको मौकामा अपराधीको मनोबल बढ्ने भएकाले समाजमा अपराधिक क्रियाकलाप धेरै हुन्छ । अपराध नियन्त्रणको लागि प्रहरीलाई साधन स्रोतको जति आवश्यक हुन्छ, मनोबल सबैभन्दा ठूलो कुरा हो । मनोबल उच्च भएको प्रहरीले मात्रै समाजमा भरोसा र विश्वास जित्न सक्छ । 


    मनोबल खस्केको भनिएको प्रहरीको मनोबल विस्तारै उठ्दैछ । प्रहरीले काठमाडौंबाट नौ घण्टा लामो अप्रेशन चलाएर लुटपाटको एउटा गिरोह पक्राउन गर्न सफल भएर नागरिकको विश्वास जित्न सफल भएको छ । र , एउटा सन्देश दिएको छ, प्रहरीको खस्केको मनोबल विस्तारै जुरुक्क उठ्दै छ । यो अप्रेशनको सन्देश प्रहरी कमजोर छैन, अपराधी जुनसुकै समयमा पक्राउ पर्न सक्छन् भन्ने पनि हो ।


    काठमाडौंमा लुटपाटमा संलग्न यी व्यक्तिको पक्राउ सामान्य अवस्थामा धेरै चर्चाको कुरा नहुनसक्छ । तर प्रहरीप्रति अविश्वास भएको बेला यो सफल कारबाहीले विश्वास जगाएको छ । प्रहरीलाई अपराध नियन्त्रण गर्न सबैले सहयोग गर्न आवश्यक छ, प्रहरीको एक्लो प्रयासले मात्रै समाजमा अपराध नियन्त्रण सम्भव छैन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij