२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

निर्वाचन प्रयोजनका लागि १९ अर्ब १५ करोड स्रोत सहमति, ६ अर्ब ३५ करोड निकासा

शुक्रवार, माघ १६ २०८२
शुक्रवार, माघ १६ २०८२
  • काठमाडौं । अर्थ मन्त्रालयले निर्वाचन प्रयोजनका लागि कुल १९ अर्ब १५ करोड बराबर स्रोत सहमति प्रदान गरेको छ । यसमध्ये ६ अर्ब ३६ करोड निकासा भइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मन्त्रालयका अनुसार २१ फागुनमा निर्धारित निर्वाचनका लागि निर्वाचन आयोगलाई मात्र १८ कात्तिकमा ४ अर्ब ९६ करोडको स्रोत सहमति दिइएको थियो ।

    २० पुसमा थप १ अर्ब ७७ करोड ९० हजार स्रोत सहमति दिइएको अर्थको तथ्यांक छ । यस अनुसार कुल ६ अर्ब ७३ करोड ६६ लाख ९० हजार बराबरको स्रोत सहमति निर्वाचन आयोगलाई दिइएको छ । निर्वाचन आयोगलाई १२ मंसिरमा ४ करोड ३१ लाख रुपैयाँ बराबर निकासा दिइएको थियो । अहिलेसम्म निर्वाचन आयोगलाई मात्र ६ अर्ब ३१ करोड निकासा दिइसकिएको आयोगको तथ्यांकमा उल्लेख छ ।

    निर्वाचन प्रयोजनका लागि सुरक्षा निकायलाई समेत ठूलो बजेट स्रोत सहमति दिइएको छ । राष्ट्रिय अनुसन्धान विभागका लागि अर्थले १३ कात्तिकमा २ करोड ८० लाखको स्रोत सहमति अर्थले दिएको थियो । नेपाली सेनालाई उपकरण खरिदमा २८ मंसिरमा ४ करोड ४२ लाख ५० हजार बराबर स्रोत सहमति प्रदान गरिएको थियो ।

    गृह मन्त्रालय र मातहतका निकायलाई १० अर्ब ३९ करोड रुपैयाँ बराबर स्रोत सहमति दिइएक अर्थले जनाएको छ । नेपाली सेनालाई २० पुसमा १ अर्ब ९४ करोड बराबरको स्रोत सहमति दिइएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij