२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, माघ १६ २०८२
शुक्रवार, माघ १६ २०८२
  • काठमाडौं । नेपाली बजारमा दिनहुँ नयाँ रेकर्ड राखेको सुनचाँदीको भाउ शुक्रबार ह्वात्तै घटेको छ ।

    हिजो बिहीबार २० हजार पाँच सय रुपैयाँले बढेर तीन लाख ३९ हजार तीन सय रुपैयाँ कायम भएको सुनको भाउ आज शुक्रबार २० हजार पाँच सय रुपैयाँले नै घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज शुक्रबार सुनको भाउ तोलामा तीन लाख १८ हजार आठ सय रुपैयाँ कायम छ ।

    बुधबार पनि सुनको भाउ तोलामा नौ हजार पाँच सय रुपैयाँले बढेर तीन लाख १८ हजार आठ सय रुपैयाँ कायम भएको थियो ।

    आज १० ग्राम सुनको मूल्य तोलामा दुई लाख ७३ हजार २२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबारको तुलनामा चाँदीको भाउ आज तोलामा ४४० रुपैयाँ घटेर सात हजार ६५ रुपैयाँ कायम छ ।
    बुधबार चाँदीको भाउ तोलामा सात हजार ५०५ रुपैयाँ कायम थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij