बुटवल । न्यू होराईजन इङ्लिस सेकेण्डरी स्कूल अन्तर्गतको न्यू होराइजन स्पोट्र्स क्लबको आयोजनामा बुटवलमा जारी चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । शुक्रबार सम्पन्न क्वाटर फाइनल खेलहरुमा विजयी हुंदै आयोजक न्यू होराइजन इङलिस सेकेण्डरी स्कूल, कान्ति मावि,सैनामैना मावि र कालिका मानव ज्ञान मावि सेमिफाइनलमा पुगेका छन् । शनिबार हुने पहिलो सेमिफाइनल खेलमा न्यू होराइजन र कान्ति मावि तथा दोस्रो सेमिफाइनलमा सैनामैना मावि र कालिका मानव ज्ञान मावि फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल र पुरस्कार वितरण पनि शनिबार नै हुने क्लबका उपाध्यक्ष बालकृष्ण बस्यालले जानकारी दिए ।
प्रतियोगितामा जिल्लाका ९ संस्थागत र ७ सामुदायिक गरी १६ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम हुनेले ४० हजार, द्धितिय हुने टिमले नगद ३० हजार, , तृतिय हुनेले नगद २० हजार र सान्त्वना हुनेले नगद १० हजार सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगितामा बेष्ट प्लेयर, सेटर, ब्लकर, स्पाईकर, डिफेन्डर, सर्भर, कोच, अनुशाशित खेलाडि र उदियमान खेलाडीलाई पनि पुरस्कृत गरिनेछ । क्लबले एक वर्ष छात्र भलिबल र अर्को वर्ष छात्रा भलिबल प्रतियोगिता गर्दै आएको छ ।




